नाका कहिले खुल्छ भन्ने प्रश्नमा भारतीय राजूदतले भने-मधेसी मोर्चालाई सोध्नुस्

Ranjit-Raya

११ माघ, काठमाडौं । भारतीय रादजदूत रणजीत रायले नाकाबन्दी कहिले खुल्छ भन्ने आफूलाई नभई मधेसी मोर्चालाई सोध्न आग्रह गरेका छन् । सोमबार राजधानीमा भएको कार्यक्रममा सञ्चारकर्मीहरुले भारतीय राजदूतलाई नाकाबारे प्रश्न गरेका थिए ।

तर, राजदूत रायले मधेसी मोर्चालाई सोध्न आग्रह गरे । उनले भने, मधेसी मोर्चालाई सोध्नुस्, यो प्रश्नका लागि म गलत मान्छे हुँ । राजदूत रायले संविधान संशोधनलाई सकारात्मक विकासक्रम भनेका छन् । तर, मन्त्रिपरिषदले गरेका अन्य निर्णय पनि कार्यान्वयन हुनु पर्नेमा जोड दिएका छन् ।