गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा जोड

पोखरा, साउन १ गते । कास्कीस्थित माछापुच्छ्र«े गाउँपालिकाले त्यस क्षेत्रको समग्र विकासका लागि भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाको आव २०७४/७५ को वार्षिक नीति तथा कार्यक्रम प्रथम गाउँ सभामा प्रस्तुत गर्दै गाउँपालिकाका प्रमुख कर्ण गुरुङले यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनुका साथै भौतिक एवं सामाजिक विकासका लागि योजना अघि बढाइएको जानकारी दिनुभयो ।गाउँपालिकाको आव २०७४÷७५ का लागि रु ३९ करोड ४७ लाख २३ हजार विनियोजन गरिएको बताउँदै उहाँले सबैको सहकार्यमा विकास निर्माणका योजना अघि बढाइने उल्लेख गर्नुभयो ।
सो गाउँपालिकाको नीति तथा कार्यक्रममा विशेष गरी बन्जीजम्प, क्यानोनिङ, ¥याफ्टिङ, प्याराग्लाइडिङ, हनी हन्टिङ र रक क्लाइमिङ्कजस्ता साहसिक खेलको सम्भाव्यता अध्ययन गरी पर्यटन प्रवद्र्धन गर्ने योजना रहेकोछ ।विश्वप्रसिद्ध माछापुच्छ«्रे हिमालको काखमा रहेर पाँच सय ४४।५० वर्ग किमी क्षेत्रफलमा पैmलिएको नौवटा वडा रहेको सो गाउँपालिकामा २०६८ सालको जनगणनाअनुसार २१ हजार ८६८ जनसंख्या रहेको छ ।