Radio Mithila

शुरु भयो डुबानको मौसम : सिरहा जलमग्न (फोटोफिचर)

Share:

सिरहा  । लागातारको वर्षाले मिर्चैयाको विभिन्न चोकमा पानी जमेकाले जनजीवन प्रभावित भएको छ । शनिबारदेखि भइरहेको बर्षाले मिर्चैयाको केन्दुबिन्दु मानिने थाना चौक, बजार एरिया र कटारी चौक लगायतका स्थानहरुमा पानी जमेकाले आवतजावतमा समस्या भइरहेको छ ।

नालाको उचित व्यवस्थापनको अभावमा मिर्चैयामा पानीको निकास नहुँदा पूर्व पश्चिम लोकमार्गमा समेत पानी जमेकोले सबारीसाधन आगमनमा समस्या भईरहेको छ । मिर्चैयामा नाला निर्माणका लागि खनिएका खाल्डोहरु अधुरै रहँदा स्थानीय व्यवसायीहरुको पसलको अगाडी पानी जमेकोले थप सकस भएको छ । मिर्चैयाको थाना चौक एरिया र बजार एरियाको अधिकांश घरमा पानी पसेको छ । वर्षाले मिर्चैयाका सडक तथा बाटोहरु जलमग्न र हिलाम्य भएको छ ।

मिर्चैया नगरपालिका अन्तर्गत रहेका जिर्ण एवम् कच्ची सडक तथा गल्लीको सडकहरु पनि वर्षाले हिलाम्य भएको हो ।

नगरभित्र ढल तथा पानी निकासको लागि नालाको उचित व्यवस्थापन नहुँदा समान्य वर्षा हुँदा पनि पानी सडकमै जम्ने गरेकाले हिलाम्य हुने गरेको छ ।

सडकमा पानी जमेर हिलाम्य हुँदा पैदल हिँडडुल गर्न समेत कठिनाई भएको छ । पटक–पटक यस्ता समस्याहरुले मिर्चैया नगरपालिकाबासी आजित भएपनि नगरपालिकाले समस्या समाधान गर्न खासै चासो देखाएको छैन ।

पानीको उचित निकास नहुँदा सर्बसाधारणको घर–घरमा पानी पसेपनि नगरपालिकाले कुनै चासो नदिएको राजपा नेपालका नेतृ चन्द्रकला साहले आरोप लगाइन् ।

वर्षाले जिल्ला मिर्चैयाको साथै, गोलबजार, लहान, सुखिपुर, कल्याणपुर, बस्तिपुर, धनगढीमाई, सिरहा सदरमुकाम लगायत ग्रामिण क्षेत्रको सडक प्रभावित बनेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *