उदयपुर, भुल्केकी ४३ वर्षीय महिलामा कोरोना सङ्क्रमण देखियो
आइतबार, २८ बैशाख, २०७७ | आज पुनः एक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले उदयपुर, भुल्केका ४३ वर्षीय महिलामा सङ्क्रमण देखिएको जानकारी दिए ।उनका अनुसार ती महिलाको विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षणका क्रममा सङ्क्रमण देखिएको हो ।योसँगै नेपालमा ११० जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ ।ती सङ्क्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको उनले जानकारी दिए ।