लकडाउनका बारेमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

बुधबार, २४ बैशाख, २०७७ |पछिल्लो पटक थपिएको लकडाउनको म्याद सकिनै लाग्दा आज(बुधबार) मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।बैठकले कोरोना नियन्त्रणका लागि जारी लकडाउनका विषयमा थप निर्णय गर्ने बताइएको छ ।पछिल्लो पटक लम्ब्याइएको लकडाउनको समय भोलि सकिन लागेकाले फेरि लकडाउन बढाउने वा नयाँ मोडालिटी अपनाएर सुरक्षित रुपमा जजनीवन सहज बनाउने भन्ने बारेमा आजको मन्त्रिपरिषद्ले निर्णय गर्ने भएको हो ।यसअघि हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरिय समन्वय समिति बैठकले पनि सरकारलाई लकडाउनलाई निरन्तरता दिन सिफारिस गरेको थियो ।प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी बैठकले अहिलेसम्म सरकारले लिएका नीतिले संक्रमण रोकथाममा सफलता प्राप्त भएको निष्कर्ष निकालेको थियो ।विश्व महामारीका रूपमा फैलिएको कोरोनाबाट नेपालमा हालसम्म ८२ जना संक्रमित भएका छन् । जसमध्ये १६ जना उपचारपछि निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *