विराटनगरमा उपचाररत ६ जना कोरोना संक्रमित भारतीय डिस्चार्ज

बुधबार, २४ बैशाख, २०७७ |विराटनगरस्थित कोसी कोबिड १९ अस्पतालमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक डिस्चार्ज भएका छन् ।दुई साता बढीको अस्पताल बसाईपछि उनीहरु निको भएर डिस्चार्ज भएका हुन् ।उनीहरुलाई एक साता विराटगनर १४ स्थित रानी मस्जिदमा क्वारेन्टाइनमा राखिएको छ । कोरोना जितेका ३०, २९, २८, २१, ३४ र २६ वर्ष रहेका छन् ।दुई साताको अस्पताल बसाईमा उपचारमा संलग्न चिकित्सकको सहयोगी व्यवहार र उनीहरुको प्रेरणाले आफूहरु चाँडै स्वास्थ्य हुन आत्माबल मिलेको बताएका छन् । अहिले विराटनगरको कोरोना अस्पतालमा २५ जना उपचाररत छन । दुईजना झापा र एक जना भोजपुरका रहेका छन अन्य सबै उदयपुर र विराटनगरका रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *