एउटै वस्तीका २३ जनामा कोरोना संक्रमण देखिएपछि नेपालगन्जमा ‘कन्टयाक्ट ट्रेसिङ’ सुरु

बुधबार, २४ बैशाख, २०७७ | एउटै वस्तीका २३ जनामा कोरोना संक्रमण देखिएपछि नेपालगञ्जमा विश्व स्वास्थ्य संगठनसहित स्वास्थ्यकर्मीको टोलीले पुनः कन्टयाक्ट  ट्रेसिङ सुरु गरेको छ । संक्रमितको कन्टयाक्ट टे«सिङ गर्दा मंगलबार ५६ जनाको थ्रोट स्वाव संकलन गरिएको थियो ।टोलीले मध्यान्ह १२ बजेसम्म कन्टयाक्ट ट्रेसिङ गरी त्यसको लिस्टिङ गर्ने र दिउँसोदेखि पुनः थ्रोट स्वाव संकलन गर्नेछ ।शुक्रबार ६० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उनैलाई पछ्याउने क्रममा ९४ जनाको स्वाव परीक्षणमा २२ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।तर ती ६० वर्षिय पुरुषको परिवारका कुनै पनि सदस्यमा कोरोना पोजेटिभ नदेखिएपछि विश्व स्वास्थ्य संगठनको विज्ञ टोलीले थप नयाँ ढंगबाट कन्टयाक्ट ट्रेसिङ गरिरहेको छ ।नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ७ का ६० वर्षिय पुरुष वडा नं. ८ जोलहनपुरुवामा रहेको मस्जिदमा नमाज पढ्न जाने र त्यही ठाउँमा रहेको मदरसामा पढाउन जाने गरेको तथ्यका आधारमा उनले नै संक्रमण फैलाएको आंशका गरिएको थियो ।कोरोना रोकथाम तथा नियन्त्रण, संक्रमितको कन्टयाक्ट ट्रेसिङ र स्वाव संकलनलाई प्रभावकारी गराउन स्थानीय प्रशासनले तीन दिनका लागि हिजोदेखि नै नेपालगञ्जलाई निषेधित क्षेत्र लागू गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *