‘लकडाउन’बारे निर्णय गर्न उच्च स्तरीय बैठक बस्दै, प्रधानमन्त्री पनि सहभागी हुने

मंगलबार, २३ बैशाख, २०७७ | कोरोना भाइरस (कोभिड १९) रोकथाम र नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको बैठक मंगलबार आज बस्दै छ ।बन्दाबन्दी ‘लकडाउन’बारे निर्णय गर्न अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सरिक हुने उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले बताउनुभयो।“समितिको हिजो बसेको बैठकले एउटा खाका तय गरेको छ । त्यसमा आज प्रधानमन्त्रीसमेत उपस्थित भएर अझ गहन छलफल हुन्छ ।” श्रेष्ठले भन्छनुभयो, ‘आजको बैठकबाट केही परिमार्जनसहित मन्त्रिपरिषद्को बैठकमा पेश भएर निर्णय हुनेछ ।’बैठकमा प्रधानमन्त्रीको समेत धारणा आएपछि उच्चस्तरीय समितिको बैठकले खाका तय गर्नेछ । उच्चस्तरीय समितिले लकडाउनलाई निरन्तरता नै दिने तयारी गरिसकेको छ ।समितिले देशभर लकडाउन यथावत नराखेर जोखिम देखिएको र कम जोखिम क्षेत्रको अवस्था हेरेर लकडाउनलाई निरन्तरता दिने खाका तय भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *