क्वारेन्टाइनमा लैजादै गर्दा बाटोमै मृत्यु भएकाको कोरोना रिपोर्ट नेगेटिभ

मंगलबार, २३ बैशाख, २०७७ | भारतबाट उद्धार गरि क्वारेन्टाइनमा लैजादै गर्दा बाटोमै मृत्यु भएका बैतडीका एक जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।बैतडीको पुर्चौंडी नगरपालिका–६ मनकालीका ६७ वर्षीय जुने लुहारको थ्रोट स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।भारतीय सीमा नाका झुलाघाटबाट उद्धार गरेर ल्याइएका जुनेको शनिवार पुर्चौडी नगरपालिका–६ को क्वारेन्टाइनमा लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो ।यही वैशाख १८ गते झुलाघाट र धार्चुला नाकाबाट २ हजार ६ सय ९५ नेपाली स्वदेश फर्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *