रक्सीमा ७० प्रतिशत कोरोना शुल्क, दिल्लीको रक्सी पसलमा किन्ने लामो भीड

मंगलबार, २३ बैशाख, २०७७ | भारतमा रक्सीमा ७० प्रतिशतसम्म कोरोना कर लगाइएको छ । यद्यपि, रक्सी पसलमा किन्ने मानिसको ठूलो भीड लागेको छ  ।करिब ४० दिनपछि रक्सी पसल खुल्दा किन्नेहरुको भीड लागेको हो । रिदकर्ताहरुले भौतिक दूरी कायम नगर्दा नयाँदिल्लीका रक्सी पसलमा भीड नियन्त्रण गर्न प्रहरीले लाठी प्रहार नै गर्नुपरेको थियो ।रक्सी किन्नेहरुको भीड लागेपछि दिल्ली सरकारले मंगलबारदेखि रक्सीको खुद्रा मूल्यमा ७० प्रतिशतसम्म कोरोना शुल्क तिर्नु पर्ने नयाँ नियम लागू गरेको हो । मार्च २५ देखि देशव्यापी लकडाउनमा रहेको भारतमा तेस्रो पटक थपिएको लकडाउन मे १७ सम्म जारी छ ।लकडाउन गरेपनि भारतमा कोरोना संक्रमितको संख्या निकै बढ्दैछ । मंगलबारसम्म भारतमा ४६ हजार ४ सयभन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ भने १ हजार ५ सय ७१ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *