कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ५१ हजार नाघ्यो, ११ लाख ९३ हजार उपचारपछि निको भए

मंगलबार, २३ बैशाख, २०७७ | कोरोना महामारीका कारण विश्वभर २ लाख ५१ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ ।३६ लाख ४१ हजार २ सय ४ जना संक्रमित मध्ये ११ लाख ९२ हजार ९ सय ५९ जना उपचारपछि निको भएका छन् ।पछिल्लो तथ्यांक अनुसार कोरोनाका कारण अमेरिकामा ६९ हजार ७ सय ९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १२ लाख ११ हजार ८ सय ३८ पुगेको छ ।इटालीमा २ लाख ११ हजार ९ सय ३८ संक्रमितमध्ये २९ हजार ७९ जनाको मृत्यु भएको छ ।स्पेनमा २ लाख ४८ हजार बढी कोेरोना संक्रमित मध्ये २५ हजार ४ सय २८ जनाको मृत्यु भएको छ ।बेलायतमा संक्रमितको संख्या १ लाख ९० हजार ५ सय नाघ्दा २८ हजार ७ सय बढीको मृत्यु भएको छ ।फ्रान्समा संक्रमितको संख्या १ लाख ६९ हजार ४ सय नाघेको छ । जसमध्ये २५ हजार २ सय जनाको मृत्यु भइसकेको छ ।यस्तै जर्मनीमा १ लाख ६६ हजार १ सय ५२ संक्रमितमध्ये ६ हजार ९ सय ९३ जनाको मृत्यु भएको छ ।टर्कीमा संक्रमितको संख्या १ लाख २७ हजार ६ सय ५९ पुगेको छ । भारतमा पनि कोरोना संक्रमणको दर उच्च छ ।४६ हजार ४ सय ३७ जनामा संक्रमण देखिएको छ भने १ हजार ५ सय ६६ जनाको मत्यु भएको छ ।(एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *