Breaking-News

आज धनतेरस, बजारमा बिहानैदेखी भिड

Please follow and like us:

जनकपुरधाम, कार्तिक १९। लक्ष्मी पुजा अन्तर्गतको आज पहिलो दिन धनतेरस मनाइँदै छ । दीपावलीको पहिलो दिन अर्थात् कात्तिक कृष्ण त्रयोदशीका दिन नयाँ वस्तु किनेर त्यसको पूजाअर्चना गर्ने हिन्दु परम्परा अनुसार आज जनकपुर सहितका स्थानहरुमा ‘धनतेरस’ पर्व मनाईदैँ छ ।
यस पर्वका अवसरमा खासगरी धातुका भाँडा, खेलौना र गरगहना जोड्ने परम्परा अनुसार आज बिहानैदेखि जनकपुरको बजार क्षेत्रमा किनबेच गर्नेहरुको चहलपहल बढेको छ ।धनतेरसको दिनमा किनिएको वस्तु टिकाउ, नाफादायक र शुभ हुने धार्मिक मान्यता रहेकाले तिहार पर्वको पहिलो दिन आफ्नो गच्छे अनुसार सबैले केही न केही किन्ने गर्ने गर्दछन् । तिहार सुरु भएपछि मिथिला क्षेत्रमा यो पर्व भाइटिकाका दिन सम्म सम्पन्न नहुन्जेल कृषि, व्यापार , मजदुरी र अन्य लेनदेन क्षेत्रमा उधारो कारोबार पूरै बन्द गरिने परम्परा रहदै आएको छ ।

तिहार पर्व बत्तीको उज्यालो र धनधान्यको पर्व भएकाले यस पर्वमा जताततै उज्यालोको चहलपहल हुने गरेको छ । पर्व विशेषमा धातुका समान जोड्ने परम्परा भए पनि नयाँ पुस्ताका मैथिल युवायुवती भने कम्प्युटर, मोबाइल सेट र आधुनिक समान जोड्ने तयारीमा देखिएका छन् ।

तिहार पर्वको पहिलो दिन काग तिहार मनाउने तराईमा बसोबास गरेका नेपाली मातृभाषी समुदायले पनि अहिले मैथिल परम्पराको घुलमिलले ‘धनतेरस’ मनाउन लागेका छन् । पर्वको अवसरले धनुषा, महोत्तरी, सिरहा, सप्तरि सहितका अन्य स्थानहरुमा पनि चहलपहल बढेको छ ।

Have your say