स्थानीय

शिशुको अपहरणपछि हत्या भएको विरोधमा स्थानीयबासीद्वारा सडक खण्ड अवरुद्ध

Please follow and like us:
महोत्तरी  । महोत्तरीमा आठ महिने शिशुको अपहरणपछि हत्या भएको विरोधमा स्थानीयबासीले महोत्तरीको बर्दिबास-औरही-जलेश्वर सडक खण्ड अवरुद्ध पारेका छन् । अवरोधको कारण गाडीहरु पनि चल्न सकेका छैनन् । हत्याको बिरोधमा स्थानीयहरुले सम्पुर्ण बजार पनि बन्द गराएका छन् । औरही नगरपालिकाका १ का सन्तोष चौधरीको ८ महिने छोरी सोनाली कुमारी गत आइतबार हराएकी थिइन् । सन्तोषको पसलबाटै भंगाहा नगरपालिका ६ जमुनियाका भरत साहले शिशुलाई चोरेर लगेको र हत्या गरेको प्रहरीले जनाएको छ । आइतबार रक्षाबन्धनको दिन पसलमा सामान किन्ने मान्छेहरु आएको मौका छोपी भरतले सन्तोषलाई चिन्छु, भन्दै छोरीलाई काखमा बोकेको र खेलाउँदा खेलाउँदै लगेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । सीसीटिभी फुटेजमा साहले नै शिशुलाई बोकेर लगेको देखिएको प्रहरीको भनाइ छ । शिशुको शव भोलिपल्ट भंगाह नगरपालिका र औरही नगरपालिका १ को सिमानामा हत्या भएको अवस्थामा फेला परेको थियोे । तर, प्रहरीले भरतलाई पक्रन नसकेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । स्थानीयहरुले दोषीलाई पक्राउ गरी कडा कारवाहीको माग गर्दै आएका छन् ।

Have your say