News

‘महिला सशक्तीकरण राज्यको मेरुदण्ड’

काठमाडौँ, असोज १८ गते । यौनिक तथा लैङ्गिक पहिचान र शक्ति सन्तुलनका लागि महिला सशक्तीकरण राज्यको मेरुदण्ड हुने बताइएको छ ।मितिनी नेपालको युवा महिला नेता समूहले बुधबार आयोजना गरेको ‘पितृसत्ता, लैङ्गिक पहिचान र शक्ति’ विषयक अन्तरक्रियामा राजनीतिक परिवर्तनका लागि महिलाले खेलेको भूमिका महत्वपूर्ण रहेकाले अब पितृसत्ता प्रवृत्तिलाई परिवर्तन गर्नुपर्नेमा जोड दिइएको छ ।महिला अधिकारकर्मी सरु जोशीले संविधानले महिला र पुरुषबीच समानता कायम गरे पनि समलिङ्गी समुदायलाई नसमेटेको बताउँदै आगामी दिनमा संविधान संशोधनको माध्यमबाट उक्त समुदायको माग सम्बोधन हुनुपर्ने बताउनुभयो ।मितिनी नेपालको अध्यक्ष लक्ष्मी घलानले मानव–मानवबीचको समानतालाई कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

Read More »

संविधानको मर्मअनुसार कानुन निर्माण

काठमाडौँ, असोज १८ गते । संविधानको अनुसूचीमा उल्लेखित सङघ, प्रदेश र स्थानीय तहको साझा अधिकारका सूचिलाई कानुन निर्माण गर्दा तीनवटै तहको सरकारको सहकार्य, समन्वय र सहअस्तित्वमा आधारित भएर कानुन निर्माण गर्नुपर्ने बताइएको छ ।उक्त अनुसूचीमा शिक्षा, कृषि खानेपानी, सेवा सुल्क बन जङगल लगायत स्थानीय स्रोतको बाँडफाँट आदि संयुक्त अधिकारका विषयमा समेटिएको छ । तीन तहमध्ये कुनै एक तहलाई बाहेक गरी साझा अधिकारका सूचीमा समेटिएका विषयमा कानुन निर्माण गरे संविधानको मर्म विपरित तीन तहका सरकारबीच आन्तरिक द्वन्द्व निम्तन सक्ने खतरा समेत उहाँहरूले औंल्याउनुभयो ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सङघ, प्रदेश र स्थानीय तहका सरोकारवालाहरूसँग बुधवार गरेको अन्तक्रिया कार्यक्रममा उहाँहरूले संविधानको मर्मअनुसार तीनै तहको भावना समेटिने गरी साझा अधिकारका सूचीको कानुन निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
संविधानको अनुसूची ७ मा सङघ र प्रदेशको साझा अधिकारका सूची उल्लेख गरिएको छ भने अनसूची ९ मा सङघ, प्रदेश र स्थानीय तहको साझा अधिकारका सूची उल्लेख गरिएका छन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले संविधानमा उल्लेख भएका तीन तहका साझा अधिकारका सूचीका बारेमा कानुन निर्माण गर्ने क्रम सुरू भएको भन्दै मन्त्रालयले सरोकारवाला सबैसँग छलफल गरी संविधानको मर्मअनुसार कानुन निर्माण गर्न तयार भएको बताउनुभयो ।
उहाँले साझा अधिकारका सूची र सत्य निरुपण तथा मेलमिलाप सम्बन्धित कानुन निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
राष्ट्रिय सभाको प्रत्योजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति राामनारायण विडारीले संविधान लेख्ने क्रममा नै कतिपय विषयसँग सम्झौता गएिकाले साझा अधिकारका बारेमा कानुन निर्माण गर्दा तीन तहसँग सम्झौता गर्नुको विकल्प नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “साझा अधिकारका बारेमा कानुन निर्माण गर्दा मेरो मात्र एकल अधिकार हो भनेर कुनै तहले कानुन बनाउने प्रयास भयो भने त्यसले द्वन्द्व निम्त्याउन सक्ने भएकाले तीन तहसँग समन्वय गर्नुपर्छ ।’
प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर यादवले प्रदेश तहको एकल अधिकारका बारेमा कानुन निर्माण गर्दा पनि संघीय कानुनसँग बाझिन सक्ने भएकाले कतिपय कानुन संघले नबनाउँदा प्रदेश तहलाई कानुन निर्माण गर्न असहज भएको बताउनुभयो ।
सुदूर पश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले राजनीतिक नेतृत्वले तत्काल परिणाम खोज्ने तर कर्मचारीले प्रक्रियामा अल्झाउने भएकाले प्रदेशले काम गर्न नसकेको बताउनुभयो । क्रम भङ्ग गरेर भए पनि विकासको गतिलाई अगाडि बढाउन साझा अधिकार सूचीमा समेटिएका विषयमा तत्काल कानुन निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले संघले साझा अधिकारका बारेमा कानुन बनाउँदा स्थानीय तहसँग पनि समन्वय गरेर अगाडि बढ्न सुझाव दिनुभयो ।
जिल्ला समन्वय समिति महासंघ नेपालका महासचिव कृष्णचन्द्र न्यौपानेले जिल्ला समन्वय समिति सञ्चालनका लागि छुट्टटै ऐन आवश्यक भएको भन्दै संविधानले जिससलाई प्रदान गरेको अधिकार अनुगमन र समन्वयको कार्य गर्न जिसस सक्रिय रहेको बताउनुभयो ।
नेपाल नगरपालिका संघका कार्यक्रम अधिकृत हरगोबिन्द पाण्डेले २९३ वटै नगरपालिकाको भावना पनि साझा अधिकार सूचीका बारेमा कानुन निर्माण गर्दा तीन तहबीच समन्वय हुनुपर्ने भन्ने हो भन्नुभयो ।
कार्यक्रममा सङ्घीय सरकारको विभिन्न मन्त्रालयका सचिव, सहचिव, प्रदेश सरकार मुख्यमन्त्री कार्यालयका सचिव, प्रदेश सांसद लगायतका सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
मन्त्रालयले आवश्यक्ता अनुसार साझा अधिकारका बारेमा कानुन निर्माण गर्दा आगामी दिनमा पनि सरोकारवालाहरूसँग छलफल गर्ने जनाएको छ ।

Read More »

प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै

काठमाडौँ, असोज १८ गते । । अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७३ औँ महासभामा भाग लिन जानुभएका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वदेश फर्कदैँ हुनुहुन्छ । प्रधानन्त्री ओली पत्नी राधिका शाक्यसहित २१ जना उच्च पदस्थ अधिकारीको नेतृत्व गर्दै असोज ६ गते त्यसतर्फ जानुभएको थियो ।
उहाँ बिहीबार अपराह्न ३ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
अमेरिकामा रहँदा प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुका साथै विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकारका प्रमुखसँग औपचारिक एवं अनौपचारिक भेटवार्ता गर्नुभएको थियो ।
सोही अवसरमा उहाँँले संयुक्त राष्ट्रसङ्घको स्थायी नियोगको पनि भ्रमण गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले कोष्टारिकाको समेत भ्रमण गर्नुभएको थियो । त्यस अवसरमा उहाँले त्यहाँको शान्ति विश्वविद्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन समेत गर्नुभएको थियो ।
प्रधानमन्त्रीको त्यस टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार विष्णु रिमाल, स्वकीय सचिव राजेश बज्राचार्यलगायत परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरुको सहभागिता रहेको छ ।

Read More »

बलात्कार घटनामा स्ववियु सभापतिलाई दश वर्ष जेल कैद

पर्वत, असोज १८ गते । बालिका बलात्कारको आरोपमा कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति शिशिर क्षेत्रीलाई जिल्ला अदालत पर्वतले १० वर्ष कैद सजायको फैसला सुनाएको छ । क्षेत्रीसहित अन्य युवालाई विसं २०७४ सालको चैत १५ गते बागलुङको चैते दशैँ मेला अवलोकन गरेर फर्किँदै गरेकी १६ वर्षीया युवतीलार्ई सामूहिक बलात्कार गरेको अभियोग लागेको थियो ।कुश्मा नगरपालिका–१ पाङ सहस्रधारा घर भई नेपाल विद्यार्थी सङ्घबाट स्ववियु सभापति बनेका २३ वर्षीय क्षेत्रीलाई न्यायाधीश सूर्यबहादुर थापाको एकल इजलासले बुधबार पैmसला सुनाएको हो । क्षेत्रीलाई मुलुकी ऐनअन्तर्गत कसुर ठहर गरी पाँच वर्ष र साङ्गठनिक अपराधमा संलग्न रहेको ठहर गरी पाँच वर्ष गरी १० वर्ष कैद सजाय सुनाइएको छ ।क्षेत्रीसहित पक्राउ परेका दुई बालकहरूको उमेर नपुगेका कारण एक जनालाई पाँच वर्ष कैद र एक जनालाई डेढ वर्ष सुधारगृहमा राख्ने गरी फैसला भएको छ । अदालतले घटना भएको होटलका सञ्चालक शेरबहादुर हमाललाई भने सफाइ दिएको छ । अभियुक्तलाई बागलुङको चैतेदशैँ मेला अवलोकन गरेर फर्किँदै गरेकी युवतीलार्ई सामूहिक बलात्कार गरेको अभियोग लागेको थियो ।

हत्यामा जन्मकैद

पर्वतको फलेवास नगरपालिकाका सूर्यबहादुर सुनारको हत्या गरेको अभियोगमा अभियुक्त विनोदविक्रम कुँवरलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । जिल्ला न्यायाधीश सूर्यबहादुर थापाको बुधबारको इजलासले आरोपित कँुवरलाई अभियुक्त ठहर गरी जन्मकैदको फैसला सुनाएको हो ।फलेवास नगरपालिका–२ थापाठानाका ३४ वर्षीय कुँवरले फलेवास नगरपालिका–३ शङ्करपोखरीका ३३ वर्षीय सूर्यबहादुर सुनारको हत्या गरेका थिए । गत जेठ २५ गते कुँवरले मदिराको झोकमा सुन व्यवसाय गरेर पसलमा बसिरहेका सुनारलाई कुटपिट गरी घाइते बनाएका थिए । सुनारसँगै उनकी श्रीमती सरस्वती सुनारसमेत कुँवरको कुटाइबाट घाइते भएपछि दुवैलाई गण्डकी क्षेत्रीय अस्पताल पोखरामा लगिएको थियो । उपचारकै क्रममा सूर्यबहादुरको मृत्यु भएको थियो भने सरस्वतीको अवस्था सामान्य छ ।

Read More »

दुई अमेरिकी र एक बेलायतीलाई रसायन शास्त्रतर्फको नोबेल पुरस्कार

स्विडेन । सन् २०१८ रसायन शास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई संयुक्तरूपमा प्रदान गरिनेभएको छ ।विश्व चर्चित र प्रतिष्ठित यो नोबेल पुरस्कार प्राप्त गर्ने व्यक्तिहरूमा दुई जना अमेरिकी र एक जना बेलायती नागरिक हुनुहुन्छ । ‘द रोयल स्वीडिस् एकेडेमी अफ साइन्सले बुधबार ती तीन व्यक्तिलाई उक्त पुरस्कार प्रदान गर्ने घोषणा भएको जानकारी दिएको छ । सो पुरस्कार प्राप्त गर्नेमा अमेरिकी वैज्ञानिक फ्रान्सिस् अर्नोल्ड र जर्ज स्मिथ हुनुहुन्छ । त्यसैगरी बेलायती अनुसन्धानकर्ता ग्रेगरी विन्टर रहनुभएको छ ।
जैविक इन्धनदेखि औषधिसम्मका हरेक वस्तुको निर्माणमा प्रयोग हुने प्रोटिनको विकास गर्ने उत्पत्तिको सिद्धान्त प्रतिपादन गरेकोमा उहाँहरूलाई यो पुरस्कार दिइने भएको हो । उहाँहरूले ‘डिरेक्टिड इभ्युलुशन’ नाम दिइएको प्रविधि प्रयोग गरेर नयाँ प्रोटिन बनाउनु भएको थियो । यस विधिबाट उत्पादित एन्टिबडी सन् २००२ मै औषधीय प्रयोगका लागि स्वीकृत भएको थियो । बाथ, सराइअसिस भनिने चर्मरोग र पेटमा हुने विभिन्न रोगको उपचारमा त्यसको प्रयोग हुने गरेको छ । पुरस्कार पाउनेमध्ये अर्नोल्डले ९० लाख स्वीडिश क्रोनर अर्थात् झन्डै १० लाख अमेरिकी डलर पुरस्कार राशिको आधा भाग पाउनुहुनेछ भने स्मिथ र विन्टरले बाँकी रकमको आधा आधा पाउनुहुने छ । यसअघि गत सोमवार चिकित्साशास्त्र विधातर्फको नोबल पुरस्कारको घोषणा भएको थियो भने पर्सि शुक्रबार शान्तितर्फ र आगामी सोमबार अर्थशास्त्र तर्फका विजेताको नाम घोषणा गरिनेछ । यस वर्ष साहित्य विधाको नोबल पुरस्कार विजेताको नाम भने घोषणा नगरिने भएको छ । त्यो पुरस्कार अर्को वर्ष सन् २०१८ र २०१९ का विजेताको घोषणा एकैचोटि गर्ने निर्णय भइसकेको छ ।

Read More »

दशैंको तयारीमा जुट्यो जनकपुर

जनकपुरधाम- नेपालीहरुको महान चाड विजया दशमी आउन केहिदिन मात्र बाँकी रहेको अवस्थामा जनकपुरमा तयारीलाई तीव्रता दिइएको छ। यहाँका स्थानीय युवा क्लबहरुले दशैंलाई भव्यता दिन तयारीमा जुटेका हुन्।प्रमुख शक्तिपीठ राजदेवी मन्दिरसहित एक दर्जनभन्दा बढी स्थानमा शक्ति स्वरुपा दुर्गाको मूर्ति स्थापना गरी यहाँ दशैँमा पूजाअर्चना गर्ने गरिन्छ। दशैँमा पूजा हुने राजदेवी मन्दिरसहित अन्य स्थानको सरसजावटमा जनकपुरका युवा क्लबहरुले तयारी शुरु गरेका छन्।दशैं आउन एक महिना बाँकी रहँदै युवा क्लबहरु सरसजावट लगायतका कार्यमा सक्रिय हुने गरेका छन्। राम मन्दिर परिसर भित्र रहेको राजदेवी मन्दिरसहित मूर्ति स्थापना गरी पूजा गरिने ठाउँहरुमा आकर्षक पण्डाल, रंगीचंगी बल्ब लाइट लगाउने कार्य शुरु भइसकेको छ।राजा जनकका कुलदेवता भनिएको प्रसिद्ध राजदेवी मन्दिरमा आकर्षक पण्डाल र भिलिमिली बत्तीहरु जडान गर्ने कार्य शुरु भइसकेको त्यहाँ पूजाको समन्वय गर्दै आइरहेका महावीर युवा कमिटीका अध्यक्ष रोशन शेखर जयसवालले बताए। पण्डाल, बत्ती लगायत पूजा व्यवस्थापन गर्न १० लाखभन्दा बढी खर्च हुने अनुमान रहेको उनको भनाइ छ।यसैगरी स्थानीय रामानन्द युवा क्लबले हरेक वर्ष झैँ यस वर्ष पनि माटोको मूर्ति निर्माण गरी पूजाको तयारीमा जुटेको छ। पूजालाई भव्यता प्रदान गर्न क्लबले रामानन्द चोकमै पण्डाल निर्माण थालेको छ। घटस्थापनादेखि शुरु हुने पूजाअर्चना विजया दशमीसम्म चल्ने बताउँदै क्लबका अध्यक्ष मनमोहन साहले दशैँलाई भव्यता प्रदान गर्न नियमित पूजाका साथै भजन संध्या लगायतको कार्यक्रम गरिने जानकारी दिए। पूजा सम्पन्न गर्न १० लाख खर्च लाग्ने अनुमान रहेको बताउँदै साहले टोल छिमेक, नगरवासीको सहयोगले १९ वर्षदेखि पूजा सम्पन्न हुँदै आएको बताए।यसका साथै जनकपुरको मुरली चोक, भ्रमरपुरा चोक, पिडडीया माइस्थान, रजौल लगायतको क्षेत्रका युवा क्लबहरु दशैँमा दुर्गा पूजालाई भव्यता प्रदान गर्न सरसजावटमा जुटेका छन्।यहाँका युवाहरुले दशैँलाई भव्यता प्रदान गरेर धर्मसंस्कृति जोगाउन सक्रिय योगदान गरेको राम युवा कमिटीका पूर्व अध्यक्ष प्रमोद चौधरीले बताए। जनकपुरको दशैँको आफ्नो अलग पहिचान रहेको बताउँदै युवाहरुले परिश्रम गरेर भव्यता प्रदान गर्दै आइरहेको चौधरीले बताए।नेपालमै प्रसिद्ध रहेको दशैँमा जनकपुरको दुर्गा पूजा हेर्न पर्यटकहरुको समेत घुइँचो रह्ने गरेको छ। अन्य दिन सबेरै साँभ बन्द हुने जनकपुर दशैँ लागि सकेपछि अबेर रातीसम्म खुल्ला रहने गर्दछ। विभिन्न पूजास्थलहरुमा हुने भजन किर्तन तथा धार्मिक कार्यक्रममा स्थानीय तथा पर्यटक रमाएका हुन्छन्।

Read More »

पाँच बलात्कारीलाई दश बर्ष जेल

गाईघाट- उदयपुरको कटारी नगरपालिका–४ का एक १४ वर्षीय बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई जिल्ला अदालतले मङ्गलबार दश वर्ष ६ महीना जेल सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले बालिका बलात्कार गर्ने पाँचै जनालाई जेल सजायसँगै रु दुई लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो । दण्ड सजाय पाउने चारै जनाको उमेर १५ वर्षदेखि १८ वर्ष रहेको छ ।

जिल्ला अदालतका नायब सुब्बा कमला निरौला १६ वर्ष नपुगेका एक जनालाई तत्काल सुधारगृहमा पठाउने तथा १६ वर्ष माथिकालाई कारागार पठाउने तयारी भइरहेको छ । पन्ध्र वर्षीय अभियुक्तलाई भने सात वर्ष जेल सजायको फैसला भएको हो ।

विसं २०७४ भदौ १६ गते पाँचै जनाले कटारीको खेलकूद मैदानमा १४ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । बालिकाको अभिभावकको उजुरीको आधारमा गत भदौ १७ गते चार जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय कटारीले बलात्कारसमबन्धी मुद्दा दर्ता गरेको थियो । एक जना अझै फरार रहेका छन् ।

Read More »

सातै प्रदेशमा यात्रु सहायता कक्ष

काठमाडौँ, असोज १७ गते । ट्राफिक प्रहरीले चाडबाडको समयमा सुरक्षित रुपमा गन्तव्यस्थलसम्म पुग्ने वातावरण बनाउन सातै प्रदेशमा यात्रु सहायता कक्ष स्थापना गर्न लागेको छ ।
नेपालीको महान् पर्व दशैँ नजिकिएसँगै ट्राफिक प्रहरीले सातै प्रदेशका सवारीसाधन धेरै आवतजावत गर्ने विभिन्न जिल्लाका स्थानमा यात्रु त्यस्तो सहायता कक्ष राख्न लागेको हो । प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयका प्रहरी उपरीक्षक जनक भट्टराई चाडबाडमा यात्रुलाई सहज, सुरक्षित र व्यस्थित तवरले गन्तव्यसम्म पु¥याउन विशेष अभियान सञ्चालन गर्न लागेको बताउनुहुन्छ ।
“लामो दूरीका सवारीसाधनमा दुईवटा चालक भए नभएको, ‘रिफ्रेस’ सेन्टरमा सवारीसाधन लगे नलगेको, चालकबाट सवारीसाधन चलाए नचलाएलगायतका जाँच गर्छौं”, उहाँ भन्नुहुन्छ । त्यस्तै मादकपदार्थ सेवनबाट दुर्घटना धेरै हुने गरेको भन्दै ट्राफिक प्रहरीले देशभर दिउँसोको समयमासमेत मादक पदार्थ सेवन गरेको नगरेकोबारे परीक्षण गर्न लागेको छ । निर्देशनालयले देशभरका १४ सडकखण्डमा टाइम कार्डसमेत लागू गरिसकेको छ । टाइम कार्ड लागू हुँदा निश्चित समयमा गन्तव्यस्थलसम्म पुग्नुपर्ने भएकोले दुर्घटना न्यूनीकरण हुनेछ ।
नागढुङ्गा–चितवन, बल्खु–हेटौँडा, काठमाडौँ–सिन्धुलीलगायतका क्षेत्रमा आउँदै गरेका पर्वलाई लक्षित गरेर थप जनशक्ति खटाइएको निर्देशनालयले जनाएको छ । लामो दूरीका सवारीसाधनलाई भने अनिवार्यरुपमा रिफ्रेस सेन्टरमा सवारीसाधन लैजानुपर्ने व्यवस्था गरिएको छ ।
काठमाडौँमा भने १३ स्थानमा यात्रु सहायता कक्ष यसअघि नै स्थापना गरेर सेवा प्रदान गरिएको छ । कलङ्की, स्वयम्भू, नयाँ बसपार्क, सातदोबाटो, गौशाला, चाबहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानो बसपार्क, नागढुङ्गा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिसकिएको छ ।
यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन् त्यीमध्ये काठमाडौँ उपत्यकामा मात्र झण्डै १२ लाख सवारीसाधन रहेका छन् । महानगरीय ट्राफिक महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त चाडबाडलाई लक्षित गरेर महाशाखाले विभिन्न कार्यक्रम सञ्चालन गरेको बताउनुहुन्छ ।
महाशाखाले थानकोट, नागढुङ्गा, जगाती, फर्पिङ, बालाजुलगायतका नाकामा उपत्यका बाहिरिने सवारीसाधनलाई मापसे जाँच गर्ने, तीव्र गतिका सवारी चालकलाई कारवाही गर्ने र क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई कारवाही गर्ने जनाएको छ ।
यसैगरी टिकट काउण्टरमा सादा पोशाकमा प्रहरी परिचालन गर्ने, टिकट काउण्टरमा हुने ठगी नियन्त्रण, टिकटअनुसारको मूल्य भए नभएको हेर्ने, दोहोरो टिकट काट्नेलाई कारवाही गर्ने, नागढुङ्गामा सवारीसाधन बिग्रेर घण्टौँ हुने सवारी चापलाई हटाउन ४० टन क्षमताको क्रेन नागढुङ्गामा राख्ने भएको छ । हाल देशभर ट्राफिक दरबन्दी दुई हजार ४०० को हाराहारीमा रहेकोमा काठमाडौँ उपत्यकामा मात्र एक हजार ८५ रहेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरको ट्राफिक व्यवस्थापनको जिम्मा पाएको महानगरीय ट्राफिक प्रहरी महाशाखामा उक्त जनशक्ति रहेको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला यात्रुलाई सहजरुपमा गन्तव्यस्थलसम्म पु¥याउनका लागि महासङ्घले सबै समिति तथा चालक सहचालकलाई निर्देशन दिइसकेको बताउनुहुन्छ । “सवारीसाधनलाई कमी हुन नदिनका लागि महासङ्घले नयाँ बस थप्ने योजना बनाएको छ”, उहाँ भन्नुहुन्छ ।
महाशाखाले यस वर्ष दशैँमा झण्डै २२ देखि २५ लाख यात्रु बाहिरिने भन्दै सोहीअनुसार ट्राफिक व्यवस्थापन मिलाएको जनाएको छ । उपत्यकामा सवारीसाधनको तुलनामा ट्राफिक जनशक्ति अपुग हो । उपत्यकामा एउटा ट्राफिक प्रहरीले एक हजारभन्दा बढी सवारीसाधनको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको छ ।

Read More »

ज्येष्ठ नागरिकलाई अपहेलना गरे सुविधाबाट वञ्चित

भक्तपुर, असोज १७ गते । ज्येष्ठ नागरिकलाई अपहेलना गर्ने परिवारका सदस्यलाई सूर्यविनायक नगरपालिकाले दिने सेवा सुविधाबाट वञ्चित गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सूर्यविनायक नगरपालिकाले मंगलवार प्रतिबद्धता पत्र सार्वजनिक गर्दै सो घोषणाा गरेको हो ।
नगरपालिकाले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा भनिएको छ, ‘नगरपालिकाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकलाई परिवारका सदस्यबाट कुनै अपमानजन्य व्यवहार भएको प्रमाणित भएमा त्यस्तो अपमानजन्य व्यवहार गर्ने परिवारका सदस्यलाई नगरपालिकाबाट प्रदान गरिने सबै प्रकारका सेवा सुविधाबाट वञ्चित गरिनेछ ।’
प्रतिबद्धता जनाउनेमा सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत नगरपालिकाको १० वटै वडाका वडाध्यक्ष, नगरपालिका क्षेत्रभित्र बस्ने प्रतिनिधि सभाका सदस्य महेश बस्नेत, प्रदेशसभाका सदस्य शशीजंग थापा, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुँवर, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट लगायतका रहेका छन् । उक्त प्रतिबद्धता व्यवहारमा कार्यान्वयन गरिने नगरपालिकाका प्रमुख बासुदेव थापाले बताउनुभयो ।

Read More »

सरकार र जनताको पहलमा नयाँ अभियान – गृहमन्त्री थापा

चितवन, असोज १७ गते । गृहमन्त्री रामबहादुर थापाले घरेलु हिंसा अन्त्यका लागि सरकार र जनताको संयुक्त पहलमा नयाँ अभियान शुरु गर्ने बताउनुभएको छ ।
प्रेस सेन्टर र प्रेस चौतारी चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अपराध नियन्त्रणका लागि जनस्तरबाट अभियान शुरु गर्ने बताउनुभएको हो ।
देशभरमा ३६ हजारभन्दा बढी विद्यालय र सात हजारभन्दा बढी वडा कार्यालय रहेको भन्दै उहाँले विद्यालय र वडा कार्यालयको माध्यमबाट लाखौँ युवा परिचालन गरेर घरेलु हिंसा नियन्त्रण अभियान सञ्चालन गरिने बताउनुभयो । घरेलु हिंसाको मुख्य कारण मदिरा र लागुऔषध रहेको भन्दै उहाँले मदिराको नियमन, अनुगमन र नियन्त्रण गर्नुका साथै लागुऔषध उन्मूलन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “घरेलु हिंसा अन्त्यका लागि आन्दोलनका रुपमा अभियान सञ्चालन गर्छाैं ।”
गृहमन्त्रीले सरकार गठन भएपछि समृद्ध नेपाल र सुखी नेपाली अभियानअन्तर्गत महत्वपूर्ण काम भएको दाबी गर्नुभयो ।सरकार गठन अघि भएका चन्दा आतङ्क र विष्फोटका घटनामा कमी आएको भन्दै उहाँले एकाधिकार, भ्रष्टाचारजस्ता गतिविधि न्यून भएको बताउनुभयो । उहाँले भन्नुभयो “गुण्डा प्रायजसो भूमिगत अवस्थामा छन्, तस्करी निस्तेज गरेर परिणाम राजश्वमा गुणात्मकरुपमा वृद्धि भएको छ ।” गृहमन्त्री थापाले निर्मला पन्त प्रकरणमा अनावश्यक राजनीतिकरण भएको बताउनुभयो । उहाँले गृह प्रशासनले सुक्ष्म ढङ्गबाट अनुसन्धान गरिरहेको भए पनि घटनामाथि विभिन्न तरिकाले राजनीतिकरण भएको छ भन्नुभयो ।
पन्तको हत्या भएको भोलिपल्टै उच्चस्तरीय अनुसन्धान टोली त्यसतर्फ पठाइएको भन्दै गृहमन्त्री थापाले अपराधीलाई कानूनको कठघरामा ल्याउन गृहमन्त्रालय गम्भीर भएर अघि बढिरहेको जानकारी दिनुभयो ।
छानबिन टोलीले बुझाएको प्रतिवेदनको निष्र्कषको आधारमा दोषीलाई कारवाही प्रक्रिया अघि बढाउने र अनुसन्धानलाई जारी राख्ने उहाँले बताउनुभयो ।यसअघि निर्मला पन्तजस्ता धेरै नारी बलात्कृत हुँदै आएको र ९५ प्रतिशत अपराधीलाई पक्राउ गर्न प्रहरी सफल भएको उहाँले बताउनुभयो ।
अर्काे एक प्रसङ्गमा उहाँले ३३ किलो सुनको अनुसन्धानको क्रममा चार हजार किलो सुनको तस्करी पत्ता लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “३३ किलो सुन मात्रै नभएर चार हजार किलो सुन यो सरकार आउनु अघिदेखि तस्करी भइरहेको थियो भन्ने कुरा पत्ता लागेको छ । सुन तस्करीको सञ्जाल ध्वस्त भएको छ ।”
साना ठूला माछा जालमा आउन बाँकी रहेको भन्दै उहाँले जबसम्म तिनीहरु कानूनको कठघरामा आउँदैनन् तबसम्म अनुसन्धान चलिरहने बताउनुभयो ।

Read More »