News

आपराधिक गतिविधि गरेका कारण विश्वकर्मा पक्राउ – गृहमन्त्री थापा

चितवन, साउन २५ गते । गृहमन्त्री रामबहादुर थापाले नेकपाका नेता खड्गबहादुर विश्वकर्माले आपराधिक गतिविधि गरेका कारण पक्राउ गरिएको बताउनुभएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता विश्वकर्मा चन्दा आतंक र हिंसात्मक गतिविधिमा लागेका कारण पक्राउ गरिएको स्पष्ट पार्नुभयो । Read More »

Read More »

‘प्रधानन्यायाधीश अस्वीकृतको विषय सदनमा’

samsad by shekhar1

काठमाडौँ, साउन २२ गते । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई संसदीय सुनुवाइबाट उचित आधार र कारण बिनानै अस्वीकृत गरिएको भन्दै प्रमुख विपक्षी दल नेपाली काँग्रेसले संसदीय समितिको निर्णयलाई सदनको पूर्ण बैठकमा प्रवेश गराएको छ । सामान्यतयाः समितिका निर्णय पूर्ण बैठकमा प्रतिवेदन प्रस्तुत गरेको अवस्थाबाहेक अन्य बेला छलफल हुँदैन । तर, विपक्षी दलले सदनको पूर्ण बैठकमा विषय प्रवेश गराएको हो । Read More »

Read More »

तल्लो समितिको एकतानिम्ति नेकपाका अध्यक्षबीच छलफल

काठमाडौँ, साउन २२ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का भ्रातृ सङ्गठन, मोर्चा, विभाग, प्रदेश, जिल्ला तथा स्थानीय समितिबीच चाँडै एकता टुङ्गो लगाउन छलफल गरेको छ ।
पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तल्लो समितिहरूको एकीकरण चाँडो टुङ्गो लगाउने निष्कर्ष निकालिएको हो । केन्द्रीय समितिको मात्र एकीकरण भएको छ र बाँकीको एकीकरण नहुँदा पार्टी क्रियाशील जस्तो नदेखिएको भन्दै यसलाई चाँडै टुङ्गो लगाएर अगाडि बढ्नुपर्ने विषयमा दुवै अध्यक्षले छलफल गर्नुभएको अध्यक्ष प्रचण्डका निजी सचिवालयले जनाएको छ । Read More »

Read More »

प्राविधिक वार्ता टोली भोलि भारत जाने

काठमाडौँ, साउन २२ गते । भारतसँगको वाणिज्य सन्धि पुनरावलोकन गर्नका लागि नेपाली प्राविधिक वार्ता टोलीे बुधबार भारत जाने भएको छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रवीशङ्कर सैँजुको नेतृत्वको टोलीले सन् २००९ मा भएको नेपाल भारत वाणिज्य सन्धि कार्यान्वयन गर्दा हालसम्म देखिएका कमी, कमजोरी तथा आगामी दिनमा गर्नुपर्ने सुधारका बारेमा कार्यसूची तय गरेर भारत जाने भएको छ । Read More »

Read More »

‘मिनी पार्लियामेन्ट’ सक्रिय

काठमाडौँ, साउन २२ गते । सङ्घीय संसद् अधिवेशन सुरु भएको पाँच महिनापछि गठित संसद्का विषयगत समितिहरू सक्रिय भएका छन् ।  गत बिहीबार गठित प्रतिनिधिसभाका १० वटै समितिले सोमबारदेखि औपचारिक रूपमा काम थालनी गरेका हुन् । Read More »

Read More »

प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ, साउन १८ गते । प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको छ ।संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले विशेष कारणवश आज १३ः०० बजेका लागि तय भएको बैठक स्थगन भएको जानकारी दिनुभयो । आजको बैठक बस्न नसक्ने भएकाले यही साउन २० गते बिहान ११ः०० बजे बस्ने गरी बैठक स्थगन भएको जनाइएको छ । Read More »

Read More »

गाडिको ठक्करबाट साइकल यात्रुको मृत्यु

धनगढी- पुर्व पश्चिम राजमार्ग अन्तरगत कैलालीको लम्कीचुहा नगरपालिका ८ गोप्कामा गाडिको ठक्करबाट १ जनाको घटना स्थलमै मृत्यु भएको छ ।
नेपालगन्ज देखी धनगढी जादै गरेको से १ ज ६३५ नंम्बरको ९भ्यान ०विङ्गर ले ठक्कर दिदा अन्दाजी ५५ वर्षिय साइकल यात्रीको घटना स्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ । Read More »

Read More »

परीक्षा सकिएको ८१ औ दिनमा कक्षा १२ को नतिजा प्रकाशित

काठमाडौं–राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । ग्रेडिङप्रणालीबाट प्रकाशित नतिजा परीक्षा सम्पन्न भएको ८१ औ दिनमा सार्वजनिक गर्न सफल भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
यो पटक कक्षा १२ का सबै समूहको परीक्षाफल एकै पटक सार्वजनिक गर्न बोर्ड सफल भएको छ । परीक्षामा नियमित तर्फ सहभागी दुई लाख ९९ हजार ६ सय ७५ विद्यार्थी सहभागी थिए । नियमित परीक्षामा सहभागी भएका मध्ये एक हजार एक सय ६९ विद्यार्थीले ३.६ देखि ४.० जिपिएस ल्याएका छन् भने ११ हजार दुई सय २१ विद्यार्थीले ३.२ देखि ३.६ सम्मको नतिजा पाएका छन् ।
त्यस्तै २७ हजार ६ सय ४३ विद्यार्थीले २.८ देखि ३.२ सम्मको जिपिएस प्राप्त गरेका छन् । २.४ देखि २.८ सम्मको विपिएस ल्याउने विद्यार्थीको संख्या ५८ हजार तीन सय ४५ रहेको छ । परीक्षामा सहभागी भएका विद्यार्थी मध्ये ९० हजार दुई सय ९९ परीक्षार्थीले २.० देखि २.४ सम्मको जिपिएस प्राप्त गरेका छन् ।
१.६ देखि २.० सम्म जिपिएस पाउने परीक्षार्थीको संख्या ६६ हजार चार सय ३८ छ । २२ हजार सात सय ३४ परीक्षार्थीले १.२ देखि १.६ सम्मको जिपिएस प्राप्त गरेकोका छन् । चार हजार चार सय ८७ परीक्षार्थीले ०.८ देखि १.२ सम्मको जिपिएस प्राप्त गरेका छन् । Read More »

Read More »

सरकारलाई आर्थिक र राजनीतिक रुपान्तरण गर्न समय दिनुपर्ने – अध्यक्ष थापा

विराटनगर, साउन १७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण गर्नका लागि अझै समय दिनुपर्ने बताउनुभएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश समितिको प्रदेश नं १ विराटनगर महानगरपालिका–७ स्थित कार्यालय उद्घाटनपछि आज पत्रकारसँगको भेटघाटमा उहाँले सो कुरा बताउनुभएको हो । Read More »

Read More »

प्रधानन्यायाधीशको सुनुवाइ पेचिलो बन्दै

काठमाडौँ, साउन १७ गते । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको अनुमोदनसम्बन्धी निर्णय बुधबार पनि गर्न सकेन । सत्तापक्ष र प्रतिपक्षले जोशीको पक्ष र विपक्षमा दलीय अडान राखेपछि निर्णय प्रक्रिया पेचिलो बन्दै गएको छ । निर्णय प्रक्रिया लम्बिँदा समितिको काम कारबाहीमाथि समेत प्रश्न उठुन थालेका छन् । बुधबारको निर्णय प्रक्रिया रोकिएपछि बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ ।
यसअघिको रुलिङअनुसार बुधबार समिति निष्कर्षमा पुग्ने अपेक्षा गरिएको थियो । तर, समिति दलगत अडानमा अल्झिएपछि निर्णय प्रक्रिया नै प्रारम्भ भएन । निर्णय प्रक्रिया प्रारम्भ नहुनुमा दलहरूले एक अर्कालाई आरोपित गरेका छन् । विशेषगरी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख विपक्षी दल नेपाली काँग्रेसबीच निर्णय प्रक्रिया प्रारम्भ गर्ने वा नगर्ने नै विवाद छ । बुधबारको बैठकमा विपक्षी दल काँग्रेसले बुहमतीय प्रक्रिया अघि बढाइए समिति बहिस्कार गर्ने चेतावनी नै दिएको थियो । Read More »

Read More »