News

एउटै वडाबाट रु १० लाखको बन्दा निर्यात

बैतडी, कात्तिक ३ गते । तरकारीका लागि पकेट क्षेत्रका रुपमा परिचित बैतडीको दशरथचन्द नगरपालिका–१ बाट रु १० लाख बढीको बन्दा निकासी भएको छ ।

दुई महिनाको अवधिमा वडा नं १ बाट रु १० लाख बढीको बन्दा तराइतिर निकासी भएको किसान कृष्णदत्त भट्टले जानकारी दिनुभयो । तरकारी खेतीबाट राम्रो आम्दानी भइरहेकोले कृषक तरकारी खेती तर्फ आकर्षित छन् ।

पछिल्लो समयमा किसान व्यावसायिक तरकारी खेतीमा आवद्ध भएपछि उनीहरुको जिविकोपार्जनमा सहज भएको जेटीए पुस्करराज भट्टले बताउनुभयो । अन्य खेतीको तुलनामा तरकारी खेतीबाट फाइदा हुने भएकाले वडा नं १ का अधिकांश किसानले तरकारी खेती गरिरहेका छन् ।

किसान कृष्णदत्त भट्ट, चन्द्रदेव भट्ट, जयसिंह टेर, कृष्ण बोहरा, भरत टेरलगायलतले रु एक लाख बढीको बन्दा बिक्री गरेका छन् ।

अन्नबालीबाट आम्दानी हुन छाडेपछि किसानले पछिल्लो समय तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेकाले तरकारी खेतीमा आर्कषण बढेको शिखर बिउ प्रवर्धन केन्द्रका प्रोपाइटर देब दत्त भट्टले बताउनुभयो ।

अहिले उपभोग्य सामान किन्नका लागि तरकारी बेचेरै किन्न सकिन्छ भने नजिकैको बजारभन्दा पनि जिल्ला बाहिरसमेत किसानको तरकारी गइरहेको छ ।
प्रतिकिलो रु २० का दरले किसानले बन्दा बिक्री गरेको दशरथचन्द नगरपालिका–१ का कृषि जेटीए सविता चन्दले बताउनुभयो ।

बन्दा लगाउने किसानलाई वडा न १ को कार्यालय ५० प्रतिशत अनुदानमा बन्दाको बीऊ उपलब्ध गराइएको थियो । किसान तरकारी खेतीमा आत्मनिर्भर बन्दा उनीहरुलाई जिविकोपार्जन गर्न सहज भएको छ भने उपभोक्ताले पनि सजिलै तरकारी किन्न पाएकाछन् ।
दशरथचन्द नगरपालिका १ का अन्य धेरै किसानमेत तरकारी खेतीबाटै आत्मनिर्भर बनेका छन् ।

Read More »

दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

कावासोती, कात्तिक ४ गते । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा गुल्मी हस्तचौर गाउँपालिका–२ बस्ने ३५ वर्षीय तिलक विष्टको ज्यान गएको हो । आज बिहान सोदुर्घटना हुँदा दुर्घटनास्थलमा पाँचजनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा जिल्ला मोरङ सुन्दरहरैचा–१२ बस्ने ११ वर्षीय सुहन कार्की, भोजपुर हतुवागढी–६ बस्ने २७ वर्षीय रामजीत राई, सुनसरी घर भई जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासी पश्चिममा कार्यरत ३२ वर्षीय अब्दुल अन्सारी, भारत विहार बस्ने विद्यानन्द यादव रहेका छन् । मृत्यु हुने अर्का एक पुरुषको नाम, ठेगाना खुल्न बाँकी रहेको छ ।

इटहरीबाट भैरहवाका लागि छुटेको लु१ख ८४५४ नंको बस बिहान ५ बजेको समयमा दुर्घटनामा परेको हो । बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण बस दुर्घटनामा परेको यात्रुलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक रमेश थापाले बताउनुभयो ।

दुर्घटनामा परी घाइते भएका ३७ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । सामान्य घाइते भई स्थानीय मेडिकलमा उपचाररत छ जना उपचारपछि घर फर्किएका छन् ।

Read More »

पन्‍जाबमा रेलले भीडलार्इ किच्‍दा कम्तीमा ६२ जनाको मृत्यु

काठमाडौं, कार्तिक ३: भारतको उत्तरी राज्य पञ्‍जाबस्थित एक शहरमा रावणको पुतला दोहन गर्ने कार्यक्रममा दुर्घटना हुँदा कम्तीमा ६२ जनाको ज्‍यान गएको छ।अमृतसर शहर नजिकै पर्ने जोडाफाँटमा शुक्रबार साँझ हिन्दू धर्मका पौराणिक पात्र रावणको पुत्ला जलाइने वार्षिक दशहरा पर्व हेर्न रेलको लिक नजिकै भेला भएको भीडलार्इ रेलले किच्दा ६२ जनाको ज्‍यान गएको बीबीसीले जनाएको छ। समाचारअनुसार तीब्र गतिको सो रेल पठानकोटबाट अमृतसर जाँदै थियो ।प्रत्यक्षदर्शीले पुत्ला जलाइन लागेको भिडको आवाजले रेल आफूतिर आउँदै गरेको नसुनेको बताएका छन्। भीडलार्इ किच्दा उक्त चापले रेल पनि पल्टिएको जनाइएको छ।रावणको पुत्लामा आगो लगाउने वित्तिकै मञ्‍चबाट मानिसहरुलाई पछाडि हट्न आग्रह गरिएको थियो। त्यही वेला पछाडिबाट आएको रेलले उनीहरुलाई किचेको बताइएको छ । दुर्घटनामा एक सय पचासभन्दा बढी घाइते भएका छन्। घटनामा ज्यान गुमाउनेहरूको सङ्ख्या अझ बढ्न सक्ने बताइएको छ।भारतको उत्तरी राज्य पञ्जाबस्थित अमृतसर शहरमा एउटा रेल मानिसहरूको भिडमा पुगेपछि ६० जनाभन्दा बढीको ज्यान गएको त्यहाँको प्रहरीले जनाएको छ।

Read More »

एकीकृत नमूना मुसहर बस्तीमा सामूहिक टीका

३ कात्तिक, बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका दलितले पहिलो पटक सामूहिकरूपले दशै मनाउँदै टीका लगाएका छन् ।बस्तीकी अगुवा ७० वर्षीया मानकी सादाको हातबाट टीका र जमरा लगाउँदै ५० घर मुसहरले शुक्रबार सामूहिक दशैँ मनाएका हुन् । यसअघि कहिल्यै टीका लगाएर दशैँ नमनाएका मुसहरले यसपालि सांस्कृतिक सद्भाव र आपसी मित्रता मजबुत बनाउने उद्देश्यले सामूहिक टीका लगाइएको बस्तीका दलितको भनाइ छ ।धुर्मुस–सुन्तली फाउण्डेसनले आफूहरुका लागि पक्की घर बनाइदिँदा वरपरका अन्य समुदायले पनि सहयोग गरेकाले अहिले ती समुदायले मनाएको महान चाड बडादशैँ आफूहरूले पनि मनाएकोे नमूना मुसहर बस्ती व्यवस्थापन समितिका अध्यक्ष बिल्टु सादाले बताए ।घटस्थापनाका दिन ५० घर मुसहरले एकैठाउँमा सामूहिक जमरा राखेका थिए । यसअघि मुसहर भनेर आफूहरुसँग छोइछिटो गर्ने बाहुन क्षेत्री परिवारका नयाँ पुस्ताका युवायुवती आफूहरूको सामूहिक भोजमा सरिक भएका र सँगै बसेर खान पाउँदा आफूहरु पनि अब समाजका सदस्य भएको महसुस भएको यहाँका दलित बताउँछन् ।सामूहिक टीकामा बर्दिवास–३ गौरीवासका बासिन्दा, बर्दिवास नगरपालिकाका पूर्वकार्यकारी अधिकृत रामकुमार कार्की र सञ्चारकर्मी राजकरण महतोलगायतको सहभागिता थियो ।

Read More »

बैतडीमा दुई वर्षमा ७७ महिला तथा बालबालिका हराए

३ कात्तिक, बैतडी । दुई वर्षको अवधिमा बैतडीमा ७७ महिला तथा बालबालिका हराएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा ३८ महिला तथा बालबालिका हराएकामा २१ महिला १७ बालबालिका छन् । आव २०७४/७५ मा ३९ महिला तथा बालबालिका मध्ये २८ महिलासहित ११ बालबालिका हराएका प्रहरीको तथ्याङ्कले देखाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार जिल्लामा दुई वर्षको तथ्याङ्क हेर्दा महिला हराउने क्रम बढ्दै गएको छ । हराउनेमध्ये केहीले भागेर अर्कै बिहे गर्ने तथा सानै उमेरमा बिहे गरेर भारततिर गएको हुनसक्ने प्रहरीले जनाएको छ। सीमा नाकामा कडाइ गरे पनि प्रभावकारी हुुन नसकेको प्रहरीको अनुमान छ ।आव २०७३/७४ हराएका ३८मध्ये १० महिला र ११ बालबालिका र आव २०७४/७५ हराएका ३४ मध्ये दुई महिला र दुई बालबालिका घरपरिवारको सम्पर्कमा आएका छन् । यस्तै चालू आवमा पाँच जना हराएकामा एक बालिकामात्रै परिवारको सम्पर्कमा रहेकी छिन् ।हराएपछि खोजबिनका लागी प्रहरीलाई खबर गरेपनि फेला परेपछि धेरैले जानकारी नगराएकाले फेला पर्नेको यकिन तथ्याङ्क नआउने प्रहरीले जनाएको छ ।

Read More »

टर्कीस्थित साउदी दूतावासमा पत्रकारको मृत्यु, दुई सरकारी अधिकारी बर्खास्त

३ कात्तिक, काठमाडौं । टर्कीको स्तानाबुलस्थित साउदी वाणिज्य दूतावासमा पत्रकार जमाल खशोगगीको मृत्यु भएको त्यहाँको राज्य टीभीले जनाएको छ । प्रारम्भिक अनुसन्धान रिपोर्टलाई हवाला दिँदै टिभीले खशोगगीको मृत्यु भएको जनाएको हो ।बीबीसीले दिएको विवरणमा भनिएको छ, ‘घटनामा खुफिया एजेन्सीका उपप्रमुख अहमद अल असिरी र राजकुमार मोहम्मद बिन सलमानका वरिष्ठ सहयोगी सौद अलकहटानीलाई बर्खास्त गरिएको छ ।’पत्रकार खशोगगीलाई २ अक्टुबरमा इस्तानाबुलस्थित साउदीको वाणिज्य दूतावासमा प्रवेश गरेपछि बेपत्ता भएका थिए । उनी त्यहाँ हैटिस सेन्गिजसँग विवाह गर्ने अनुमतिका लागि कागजी प्रक्रिया पूरा गर्न गएका थिए ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् कि जे भयो त्यो ‘अस्वीकार्य’ छ तर, साउदी एक ‘सहयोगी’ थियो । खशोगगी पछिल्लो समय अमेरिकामा बस्दै अाएका थिए ।खशोगगीको मृत्यु भएको साउदीले स्वीकारेको यो पहिलो पटक हो ।साउदीका राजा सलमानले खुफिया एजेन्सीको पुनर्गठन गर्नका लागि राजकुमार मोहम्मदको अध्यक्षतामा एक मन्त्री स्तरीय समिति पनि गठन गर्न आदेश दिएको जनाइएको छ ।टर्कीका अधिकारीहरुले दिएको सूचनालाई साउदी अरबले आफ्नो जाँचको एक हिस्साको रुपमा लिएको थियो । सोही आधारमा कयौं संदिग्धमाथि छानबिन पनि भएका थियो ।त्यसअघि बेनामे अधिकारीले पत्रकारको शव बेलग्रेड वन या खेतको भूमिका गाडेको हुन सक्ने भनि दिएको सूचनाको आधारमा खोजीलाई व्यापक बनाइएको थियो ।

को हुन् खसोगगी ?

खसोगगी साउदी अरबको अल अरब न्यूज च्यानलका पूर्वप्रधानसम्पादक थिए । उनले त्यहाँको अल वातान पत्रिकाका लागि सम्पादकको रुपमा पनि काम गरे ।उनले सन् २०१७ मा साउदी अरब छाडेर स्व-निर्वासनमा हिँडेका थिए । साउदी सरकारले उनलाई ट्वीटरमा बन्देज लगाएको खसोगगीको आरोप थियो । पछि उनले साउदी सरकारविरुद्धमा आलोचनात्मक टिप्पणीहरु लेखेका थिए ।उनले साउदीका राजकुमार मोहम्मद विन सलमान र राजा सलमानप्रति तिखो आलोचना गरेका थिए । उनले यमनमा साउदी अरबको नेतृत्वमा भएको हस्तक्षेपको पनि विरोध गरेका थिए ।उनले आफ्नो जीवनमा पटकपटक ओशामा विन लादेनको अन्तरवार्ता पनि लिएका थिए । उनले लादेनलाई अफगानस्तानको तोरा बोरा र सन् १९९५ मा सुडानमा भेटेर अन्तरवार्ता लिएका थिए । उनलाई त्यसवेला खुफिया एजेन्सीले साउदी शाही परिवारको साथमा सम्झौता गर्नका लागि लोदनलाई प्रभावित पार्ने काम समेत दिएको थियो ।अल अरबियाले भनेको छ कि खशोगगीले एकपटक विन लादेनलाई हिंसा छाड्नका लागि मनाउने कोशिश पनि गरेका थिए ।उनी एक मात्र गैर–शाही साउदी अरबिया नागरिक थिए, जसलाई ११ सेप्टेम्बरमा भएको आतंकवादी हमाला पछाडि रहेको राजपरिवार र अलकायदाबीचको सहमतिबारे जानकारी थियो । उनी सोही घटनापछि विन लादेनबाट टाढिएका थिए ।

Read More »

राष्ट्रपतिद्वारा टीका ग्रहण

काठमाडौँ, कात्तिक २ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक श्री नवदुर्गा भवानीको टीका ग्रहण गर्नुभयो ।राष्ट्रपतिले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका पुरोहित हेमचन्द्र ढकालबाट टीका–प्रसाद, तिलक, जमरा र रक्षासूत्र ग्रहण गर्नुभएको हो ।स्वस्तिवाचनसहित मूल पुरोहित अर्याल र अन्य पुरोहितहरुले आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आह्वान गरी स्थापना गरिएको पूर्ण कलशको जलले राष्ट्रपतिमा अभिषेक गर्नुभएको थियो ।शास्त्रोक्त विधिपूर्वक प्रतिपदाका दिनदेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाअर्चना तथा सप्तशती पाठ गरिएको हनुमानढोका दशैघरबाट पूर्णकलशको जल, जमरा, तिलक र रक्षासूत्र ल्याइएको थियो ।राष्ट्रपति भण्डारीले मूल पुरोहित, राष्ट्रपति कार्यालयका पुरोहित र अन्य ब्राह्मणलाई टीका, जमरा र दक्षिणा प्रदान गर्नुभयो ।त्यसअघि राष्ट्रपतिले दीप, कलश र गणेशको पूजा गर्नुभएको थियो । राष्ट्रपति भवनको प्रेक्षालयमा टीका मङ्गलटीकाको कार्यक्रम भइरहँदा नेपाली सेनाको एक टोलीले मन्द तर मधुर ध्वनिमा मङ्गलधुन बजाइएको थियो ।राष्ट्रपतिले आफ्ना पूजनीय माता मिथिला पाण्डेबाट टीका–जमरा र दक्षिणा ग्रहण गर्नुभयो । साथै उहाँले काका डेकेन्द्र पाण्डेबाट पनि नवदुर्गा भवानीको प्रसादस्वरुप टीका–जमरा ग्रहण गर्नुभयो ।राष्ट्रपति भण्डारीले छोरीज्वाँइ उषाकिरण र उमेश थापा तथा निशाकुसुम र अभिषेक यादवलाई टीका–जमरा लगाइदिनुभयो । उहाँले परिवारका अन्य सदस्यका साथै राष्ट्रपति कार्यालयका कर्मचारी, सुरक्षाकर्मी र समाचार सङ्कलन गर्न पुगेका सञ्चारकर्मीलाई पनि टीका जमरा लगाइदिनुभयो ।

Read More »

२३ लाख यात्रुले राजधानी छाडे

काठमाडौँ, असोज २९ गते । दशै मनाउनका लागि आइतवार साँझसम्म करीव २३ लाख सर्वसाधारणले काठमाडौं उपत्यका छाडे पनि राजधानीको मुख्य शहरमा भीड भने घटेको छैन । घटस्थापनादेखि घर फर्किने यात्रुको चाप बढ्न थालेको थियो । उपत्यकाका छिमेकी जिल्ला तथा हवाई सुविधा भएका यात्रु ३० गतेसम्म घर फर्किने अनुमान महानगरीय ट्राफिक प्रहरी महाशाखाले गरेको छ ।
महाशाखाले यो वर्ष दशै मनाउन काठमाडौंँ उपत्यकाबाट ४० लाख सर्वसाधारण बाहिरिने अनुमान गरेको छ । महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले कात्तिक १ गतेपछि मात्र काठमाडौं उपत्यकामा ट्राफिको चाप घट्ने बताउनुभयो ।
त्यस्तैं, उपत्यकाबाट बाहिरिने सवारी साधनको संख्या बढे पनि भित्रिने साधनको सङ्ख्या भने कम हुदै गएको छ । ट्राफिक प्रहरी प्रवक्ता राजकुमार लम्सालले भित्रिने सवारी साधनहरुको संख्या दैनिक दुई हजारमा झरेको जानकारी दिनुभयो ।
काठमाडौं उपत्यकाका छ वटा नाकामध्ये सबैभन्दा धेरै यात्रु नागढुङ्गा र जगाते साँगा भक्तपुरबाट बाहिरिएका छन् । त्यसपछि फर्पिङ, मुड्खु र टोखाबाट यात्रु बाहिरिएका छन् । ती नाकामा कुकु सहितको सुरक्षा चेकजाँचको ब्यवस्था गरिएको जानकारी प्रहरीले दिएको हो ।
घटेन न्यूरोडको चाप
काठमाडौं उपत्यकाको मुख्य ब्यापारीक केन्द्र न्यूरोड, खिचापोखरी, भोटाहिटी, वटु, महाबौद्ध, असन र इन्द्रचोक क्षेत्रमा सर्वसाधारणको चाप भने अझै घटेको छैन । दशैको सरसामान किनमेल गर्नेको बाक्लो भीडसँंगै यसक्षेत्रमा ट्राफिक जामका अतिरिक्त सर्वसाधारणको आवागमनमा समस्या देखिएको छ ।
भाडा दरमा चर्को गुनासो
यसैबीच, भाडादरका विषयमा धेरै गुनासो आएको प्रहरीले जनाएको छ । यातायात ब्यवसायीले बढी भाडा लिनुका साथै सिट ब्यवस्था नगरेको गुनासो गरेका छन् । महाशाखाका प्रहरी निरीक्षक जितेश दाहालले बढी भाडा लिने र सिट ब्यवस्थापन गर्न नसक्ने १८ वटा सवारी साधनलाई कारवाही गरेको जानकारी दिनुभयो ।
यात्रुको गुनासोपछि विभिन्न टिकटकाउण्टरको अनुगमन खटिएको प्रहरीले बढी भाडा अशुल्ने सफलता यातायात र काठमाडौंबाट कोटेश्वर हँुदै विराटनगर जाने विभिन्न बसलाई कारवाही गरेको उहाँले बताउनुभयो । सर्वसाधारणको गुनासो सुनुवाईका लागि १४ स्थानमा नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ ।

Read More »

उपत्यकामा टीकाको दिन निःशुल्क बस सेवा

काठमाडौंँ, असोज २९ गते । नेपाली सेनाले दशैँको टीकाको दिन सर्वसाधारणका लागि काठमाडौंँ उपत्यकाको विभिन्न रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।आगामी कात्तिक २ गते दशँैको टीकाको दिन उपत्यकामा सार्वजनिक यातायातका साधन सञ्चालन नहुने भएकाले सर्वसाधारणको सुविधाका लागि आठवटा रुटमा निःशुल्क बस सेवा सञ्चालन गरिने नेपाली सेनाले जनाएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, रुट १ अन्तर्गत भद्रकाली, माइतीघर, कोटेश्वर, एकान्तकुना, बल्खु, कीर्तिपुर, कलङ्की कालिमाटीबाट रत्नपार्कसम्म, रुट २ मा भद्रकाली, जमल, लैनचौर, महाराजगञ्ज, बालाजुचोक र सोह्रखुटट्े हँुदै रत्नपार्कसम्म रहेको छ । Nepal-Army-Bus
त्यस्तैं, रुट ३ मा भद्रकाली, माइतीघर, थापाथली, कालिमाटी, कलंकी, छाउनी, ताहचल स्वयम्भु हुदै टेकु, रत्नपार्क, रुट ४ भद्रकाली, बानेश्वर तिनकुने, गौशाला, चावहिल, महाराजगञ्ज, लैनचौर हँुदै रत्नपार्क, रुट ५ मा भद्रकाली कुपण्डोल, चापागाँउ, सातदोवाटो, तिनकुने हुदै भद्रकाली, रुट ६ मा भद्रकाली, दरवारमार्ग, चावहिल, बौद्ध साँखु हुदै सोही रुटमा रत्नपार्क र रुट ७ मा भद्रकाली भक्तपुर सूर्य विनायक र सोही रुटमा फिर्ता हुने छ ।
रुट ८ भद्रकाली माइतीघर कोटेश्वर , सातदोवाटो, कलंकी हुदै रिङरोड परिकर्मा गरी पुन तिकुने पुगेर रत्नपार्क आउने ब्यवस्था मिलाईको छ । सैनिक कर्मचारी तिनका आश्रित परिवारको सुविधाका लागि सेनाले २५ गतेबाट उपत्यका वाहिरका १३ स्थानमा निशुल्क सब सेवा सञ्चालन गरेको छ ।

Read More »

सरकारले काम गरेन भन्ने भ्रम फैलाइयो : मन्त्री बस्नेत

असोज २९ गते । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले सरकारले काम गरेन भनेर भ्रम फैलाइएको बताउनुभएको छ ।
गोरखाको भिमसेन थापा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी नेकपाले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री बस्नेतले सरकारका विरुद्ध भ्रम फैलाउने काम भएको बताउनुभएको हो । “अहिले केही सञ्चारमाध्यम र राजनीतिक दलले सरकारले काम गरेन भनेर लान्छाना लगाउने काम भएको छ”, उहाँले भन्नुभयो, “बजेट आएको भर्खरै मात्र हो, विकासको काम प्रक्रियामा हुन्छ ।”
मन्त्री बस्नेतले स्थानीय तहले ल्याएका बजेट कार्यान्वयनको प्रक्रिया रहेको बताउनुभयो ।
पछिल्लो समयमा सरकारले जथाभावी कर वृद्धि गरेको भन्ने चर्को आलोचना भइरहेको भन्दै मन्त्री बस्नेतले कर उठाउने काम नियमित र कानून सङ्गतनै भएको दाबी गर्नुभयो ।

Read More »
1 10 11 12 13 14 25