News

एघारौं राष्ट्रिय सूचना दिवस आज, सूचनाको हक कार्यान्वयनमा वृद्धि

काठमाडौंँ, भदौ ३ गते । नेपालमा सूचनाको हकसम्बन्धी संवैधानिक र कानुनी व्यवस्था भएपछि सार्वजनिक चासोको सूचना माग्ने र पाउने हकको कार्यान्वयन क्रमिकरूपमा वृद्धि भइरहेको छ ।विगत ११ वर्षको अवधिमा सूचना प्राप्तिमा महत्वपूर्ण उपलब्धिहरू हासिल भएका छन् । एघारौं राष्ट्रिय सूचना दिवस आइतबार विभिन्न कार्यक्रमका साथ मनाइरहँदा सूचनाको हकसम्बन्धी व्यवस्था, यस अवधिमा हासिल भएका उपलब्धि र यसका चुनौतीका विषयमा विभिन्न दृष्टिकोणबाट बहस र छलफल पनि भइरहेका छन् ।वि.सं. २०६५ साल भदौ ३ गते सूचनाको हकसम्बन्धी ऐन लागू भएपछि हरेक वर्ष विभिन्न कार्यक्रमका साथ राष्ट्रिय सूचना दिवस मनाउन थालिएको हो । आइतबार ११ औँ राष्ट्रिय सूचना दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले आम जनतालाई आफ्नो सरोकार र सार्वजनिक चासोको सूचना माग्ने र पाउने अभियानमा लाग्न आह्वान गर्नुहुँदै यस अवधिमा केही महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो । Read More »

Read More »

संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव अन्नानको निधन

kofi

काठमाडौँ, भदौ २ गते । संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव तथा नोबेल शान्ति पुरस्कार विजेता कोफी अन्नानको निधन भएको छ । ८० वर्षीय अन्नानको शनिबार निधन भएको हो ।सामान्य बिरामकै क्रममा उहाँको शनिबार निधन भएको हो । कोफी अन्नान फाउन्डेसनले छोटो समयको बिरामपछि शनिबार अन्नानको निधन भएको जनाएको छ ।उहाँ संयुक्त राष्ट्रसंघको नेतृत्व गर्ने पहिलो अफ्रिकन हुनुहुन्छ । । उहाँले सन् १९९७ देखि २००६ सम्म सफलतापूर्वक महासचिवको नेतृत्व गर्नुभएको थियो।उहाँले  सिरियाको शान्ति स्थापनाका लागि राष्ट्रसंघको विशेष दूतका रुपमा समेत काम गर्नुभएको थियो ।

Read More »

वाजपेयीको अन्त्येष्टिमा नेपालका मन्त्रीदेखि नेतासम्म सहभागी हुने

भदौ १,काठमाडौं–भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको आज अपराह्न ४ बजे अन्त्येष्टि गरिने भएको छ । उनको अन्त्यष्टिमा नेपालका मन्त्रीदेखि नेतासम्म सहभागी हुने भएका छन् ।वाजपेयीको अन्त्येष्टिमा सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् । यस्तै नेपाली कांग्रेसले कार्यबाहक सभापतिसमेत रहेका उपसभापति विमलेन्द्र निधिलाई अन्त्यष्टिमा सहभागीका लागि पठाउँदैछ ।तीन पटक भारतको प्रधानमन्त्री बनेका वाजपेयीको ९३ वर्षको उमेरमा बिहीबार अपराह्न निधन भएको थियो । वाजपेयीको पार्थिव शरीर बिहीबार रातभर उनको कृष्ण मेनन मार्गस्थित निवासमा राखिएको थियो । श्रदाञ्जलीका लागि  बिहान ९ बजे उनको पार्थिव शरीर भारतीय जनता पार्टीको मुख्यालयमा राखिएको छ । शवयात्रा दिउँसो १ बजे शुरु हुनेछ । वाजपेयीको अत्येष्टि राजघाटस्थित महात्मा गान्धीको नजिक गरिने बीबीसीले जनाएको छ । उनको निधनमा भारत सरकारले सात दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । दिल्लीसहित मध्यप्रदेश, उत्तरप्रदेश, राजस्थान, बिहार, झारखण्ड, पञ्जाबका विद्यालय तथा कलेजमा छुट्टी दिइएको छ ।
Read More »

पुनःनिर्माणलाई तीव्रता दिने प्रतिबद्धता

Sushil-Gyawaliकाठमाडौँ, भदौ १ गते । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बिहीबार पदभार ग्रहण गर्नुभएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई दोस्रो पटक प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । मंगलबार उहाँलाई प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीलगायतका कर्मचारीले स्वागत गर्नुभयो । पदवहाली गरेसँगै उहाँले पुनर्निमाणका सबै कार्यलाई तोकिएको समयसिमाभित्रै सम्पन्न गर्ने गरी तीब्रता दिइने प्रतिवद्धता ब्यक्त गर्नुभयो । त्यसका लागि उहाँले आफ्नो कार्याकालमा सुरु गरिएको पञ्चवर्षीय योजनाकोे मध्यावधि समीक्षा गरी निर्णय लिने जानकारी दिनुभयो । Read More »

Read More »

मुलुकी ऐन आजदेखि प्रतिस्थापन जन्मदेखि मृत्युसम्म प्रभावित हुने नयाँ कानुन लागू

काठमाडौँ, भदौ १ गते । जन्मदेखि मृत्युसम्मको कार्यविधि समेटिएको नागरिकको चुलोचौको प्रभावित हुने मुलुकी ऐन १६५ वर्षपछि प्रतिस्थापन भई भदौ १ (आज) देखि कार्यान्वयनमा आउन लागेको छ ।
योसँगै एकीकृत र बृहद् कानुनको अभाव परिपूर्तिका लागि तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुरको कार्यकालमा बनेको मुलुकी ऐन इतिहास बन्दैछ । बि.सं. १९१० पुस ७ मा लालमोहर लागेपछि औपचारिकता पाएको मुलुकी ऐन २०२० मा समय सापेक्ष सुधारपछि पूर्ण कार्यान्वयनमा आएको थियो ।
अहिले कार्यान्वयनमा आउन लागेका चार संहिताका झण्डै ६० प्रतिशत प्रावधान मुलुकी ऐनमै आधारित छन् । दण्ड संहिता नेपालका लागि विल्कुलै नयाँ व्यवस्था हो । संहितामा थप भएका नयाँ व्यवस्था पछिल्लो चरणमा सर्वोच्च अदालतबाट प्रतिपादित नजीर र अन्तर्राष्ट्रिय कानुनले अंगीकार गरेका नवीनतम सिद्धान्तमा आधारित छन् । Read More »

Read More »

सरकार सहकारी मैत्री छ- प्रधानमन्त्री

काठमाडौँ, साउन ३१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी क्षेत्रको प्रवद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
सहकारी क्षेत्रको प्रवद्र्धनका लागि १५ बुँदे सुझावसहित गएको राष्ट्रिय सहकारी महासङ्घ लिमिटेडको प्रतिनिधिमण्डलसँग आज आफ्नै कार्यकक्ष सिंहदरबारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले संविधानको भावनाअनुसार सहकारी तीनखम्बे अर्थनीति भएकाले यसलाई सबल बनाउन सरकार तयार रहेको उल्लेख गर्नुभयो ।“वर्तमान सरकार पूरै सहकारीमैत्री छ, सहकारीले पनि सहकारी दर्शन, सिद्धान्त, मूल्य र मान्यताअनुसार अगाडि बढ्नुपर्दछ । सबैभन्दा धेरै आयात प्रतिस्थापन र उत्पादन वृद्धि गर्न साना हैन ठूला क्षमताको उत्पादनका निम्ति मिलेर काम गर्नुस्,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै महासङ्घका अध्यक्ष केशव बडालले बताउनुभयो ।उल्लेखित सबै विषयमा कसरी समाधान गर्ने भन्नेबारे विस्तृतरुपमा छलफल गरी कुन विषयमा कस्तो ऐन संशोधनलगायत विषयको टुङ्गो लगाइने प्रधानमन्त्रीको भनाइ थियो ।छलफलमा कृषि तथा पशुपक्षीमन्त्री चन्द्रप्रकाश खनाल , शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्याकुमारी अर्याल सहभागी हुनुहुन्थ्यो ।
महासङ्घको सुझावका सम्बन्धमा प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीहरु सकारात्मक हुनुभएकाले सहकारी क्षेत्रका समस्या चाँडो समाधान हुने अध्यक्ष बडालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “शिक्षा क्षेत्रमा सहकारी जानेबारे केही कानूनी बाधा थिए त्यसलाई समाधान गर्न प्रधानमन्त्री तथा मन्त्रीज्यूहरु सकारात्मक बन्नुभएको छ ।”
बडालका अनुसार अहिले ज्वलन्त समस्या भनेको नयाँ संरचना आइसकेपछि ७५३ वटा स्थानीय तह र सात प्रदेशमा डिभिजन सहकारी कार्यालय छैन । जहाँ दर्तादेखि अनुगमन अगाडि बढाउने आधार भएन । त्यसका निम्ति जतिसक्दो चाँडो ७५३ वटै र सातै प्रदेशमा अधिकृतको व्यवस्था गर्ने र ती अधिकृतलाई सहकारी दर्शन, सिद्धान्तबारे प्रशिक्षण गरेर पठाउनुपर्नेमा आफूहरुले ध्यानाकर्षण गराएको बडालको भनाइ थियो ।
अन्तर्राष्ट्रिय सहकारी प्रशिक्षण केन्द्र स्थापना गरिनुपर्ने
 सहकारी महासङ्घले तालीम, प्रशिक्षण, पूर्वाधार र प्रविधिको कमीले सहकारी क्षेत्रमा समस्या आएको भन्दै काठमाडौँमा अन्तर्राष्ट्रियस्तरको सहकारी तालीम प्रशिक्षण केन्द्र स्थापना गर्न सुझाएको छ । उक्त तालीम एक वर्षे, तीन महिने र १५ दिनसमेतको तथा सातै प्रदेशमा प्रशिक्षणको व्यवस्था हुनुपर्ने सुझावमा भनिएको छ । सहकारी उत्पादनमूलक क्षेत्रका सबै ठाउँमा जान चाहे पनि त्यसका निम्ति कानूनी अड्चन रहेकाले कानूनीरुपमा जे जति अड्चन छन् त्यसलाई छिटो सच्चाएर जानुपर्छ भन्नेमा आफूहरुको जोड रहेको उहाँले उल्लेख गर्नुभयो ।
 महासङ्घले बुझाएको सहकारी क्षेत्रको प्रवद्र्धनका लागि तत्काल कार्यान्वयन गर्नुपर्ने कार्यसम्बन्धी सुझावमा सङ्घीय सहकारी ऐनसँग नबाँझिने गरी सात वटै प्रदेशमा सहकारी ऐन निर्माणका लागि प्रदेश सरकारलाई निर्देशन दिनुपर्ने, ७५३ वटै स्थानीय तहमा सहकारीमैत्री स्थानीय ऐन निर्माण गरिनुपर्नेलगायत सुझाव छन् । 

Read More »

Read More »

निर्देशक यादवको निधन

राजविराज, साउन ३० गते । मैथिली चलचित्रका निर्देशक धर्मेन्द्र यादव ‘धर्मात्मा’को निधन भएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मोहनपुरका २७ वर्षीय यादवको उपचारको क्रममा मंगलबार काठमाडौँस्थित सिभिल अस्पतालमा निधन भएको कलाकार भुपेन्द्रकुमार मण्डलले जानकारी दिनुभयो । उहाँ मधुमेह र रक्तचापको रोगी हुनुहुन्थ्यो । पछिल्लो समय उहाँ ‘कलंक’ नामक मैथिली चलचित्रको निर्माणमा व्यस्त हुनुहुन्थ्यो । Read More »

Read More »

बस र ट्रक एकापसमा ठोक्किँदा सोह्र घाइते

accident

तनहुँ, साउन ३० गते । बस र ट्रक आज एकापसमा ठोक्किँदा १६ जना घाइते भएका छन् । दमौलीबाट काठमाडौँतर्फ जाँदै गरेको ना४ख ५४९१ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ३२९३ नं को ट्रक पृथ्वीराजमार्गको व्यास नगरपालिका– १२ बेलभञ्ज्याङ दुर्घटना भएको हो । Read More »

Read More »

मौलिक हक कार्यान्वयन विधेयक धमाधम संसद्मा

काठमाडौँ, साउन २९ गते । मौलिक हक कार्यान्वयनसम्बन्धी विधेयक पारितको समयसीमा नजिकिँदै गर्दा सरकारले धमाधम विधेयक संसद्मा पेस गर्न सुरु गरेको छ । नियमित प्रक्रियाबाट विधेयक पारितको समयसीमा निकै साघुरो भइसकेको छ । डेढ महिनाभन्दा कम अवधिमा संघीय संसद्का दुवै सदनबाट ती विधेयक पारित भइसक्नु पर्नेछ ।कुल ३१ मौलिक हकमध्ये १५ विषयमा नयाँ कानुन बनाउनुपर्ने कानुन मन्त्रालयको निक्र्योल छ । केही विषय हालकै मौजुदा ऐनबाट सम्बोधन हुने सरकारको निष्कर्ष छ । संघीय संसद्मा सोमबार मौलिक हक कार्यान्वयनसम्बन्धी चार विधेयक पेस भएका छन् । यस्तै अन्य थप पाँच विधेयक पनि पेस भएका छन् । Read More »

Read More »

साउनको अन्तिम सोमबार पशुपतिमा भिड

काठमाडौँ — साउनलाई हिन्दू धर्मअनुसार शिवको महिना पनि भनिन्छ । साउनको सोमबार विशेषगरी महिलाहरु व्रत बसेर शिवको पूजा गर्छन् । आज यो वर्षको साउनको अन्तिम सोमबार त्यसैले देशभरका शिवका मन्दिरहरुमा विशेष भीड लागेको छ । पशुपति मन्दिर भने साउनको हरेक सोमबार विशेष हुने गर्छ ।

Read More »

Read More »
1 2 3 5