खेलकुद

रोनाल्डो भित्रिएलगत्तै किन ठप्प भयो युभेन्टस क्लबको वेबसाइट ?

रियल मेड्रिडबाट इटालीको क्लब युभेन्टसमा भित्रिएका सुपरस्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको नयाँ जर्सीबारे मानिसहरुमा भारी उत्साह छ । युभेन्टसले बुधबार रोनाल्डोको जर्सी नम्बर–७ आफ्नो अनलाइन सपिङ साइटमा राखेको केही बेरपछि नै साइट क्र्यास भएको छ ।

३३ वर्षका यी स्ट्राइकरले नौ वर्ष रियल म्याड्रिडमा बिताएपछि युभेन्टसमा पनि नम्बर सातलाई आफूसँगै राखे । उनलाई युभेन्टसले ८.८ करोड पाउन्डमा पाँच वर्षका लागि सम्झौता गरेको बताइन्छ ।

युभेन्टसको साइट ठप्प भएपनि प्रशंसकले टुरिनस्थित क्लबको आधिकारिक स्टोरबाट रोनाल्डाको जर्सी खरिद गर्न सक्नेछन् । पोर्तुगाली स्ट्राइकरले सन् २०१७ को च्याम्पियन्स लिगको फाइनलमा मेड्रिडको तर्फबाट युभेन्टसविरुद्ध दुई गोल गरेका थिए र म्याड्रिडले यो खेल ४–१ ले जितेको थियोरोनाल्डो सन् २००९ मा म्यान्चेस्टर युनाइटेडबाट रियल म्याड्रिड आएका थिए । रियल म्याड्रिडले त्यतिबेला विश्व रेकर्ड ८० मिलियन पाउन्डमा रोनाल्डोलाई आफूसँग अनुबन्ध गरेको थियो । रियल म्याड्रिडले भनेको छ, ‘रोनाल्डो हाम्रो लागि सधैं एक दिग्गज रहनेछन् र अबको पिढिका लागि आदर्श हुनेछन् । रियल म्याड्रिड सधैं उनको घर रहनेछ । ’

 

Read More »

विश्वकप–सेमिफाइनलमा आज बेलुकी क्रोएसिया र इङ्ग्ल्याण्ड भिड्दै

काठमाडौँ– फिफा विश्वकप–२०१८ अन्तर्गतको दोस्रो सेमिफाइन खेलमा क्रोएसिया र इङ्ग्ल्याण्ड आमने सामने हुँदैछन् ।

रसियामा जारी विश्वकपमा दुवै टोली विजय लक्ष्यका साथ आज राति ११ः४५ बजे भिड्दैछन् । सेमिफाइनलसम्मको यात्रा तय गर्दा क्रोएसिया अपराजित छ भने इङ्ग्ल्याण्ड समूह चरणमा बेल्जियमसँग पराजित भैसकेको छ ।

क्वाटरफाइनलमा क्रोएसियाले आयोजक रसियालाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गरिसकेको छ भने इङ्ग्ल्याण्डले स्विडेनलाई २–० ले पाखा लगाउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

सन् १९९८ को विश्वकपमा प्रवेश गरेको क्रोएसिया त्यतिबेला नै सेमिफाइनलसम्म पुगेको थियो । त्यसयता क्रोएसिया सेमिफाइनलमा पुग्न सकेको छैन । विश्वकपमा क्रोएसियाले दोस्रो पटक सेमिफाइनल खेल्दैछ ।

सन् १९९० मा पछिल्लो पटक सेमिफाइनल खेलेको इङ्ग्ल्याण्ड सन् १९६६ को विश्वकप विजेता हो भने इङ्ग्ल्याण्डको यो तेस्रो सेमिफाइनल खेल हो ।

अहिले विश्वकपमा क्रोएसिया र इङ्ग्याण्ड पहिलो पटक भिड्न लागेको हो । यसअघि सन् २००४ को भएको युरोकपमा इङ्ग्ल्याण्डले क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गरेको थियो ।

यी दुई टोलीले अहिलेसम्म सात खेल खेलेकामा इङ्ग्ल्याण्डले ४ खेल जितेको छ भने क्रोएसियाले दुई खेल जितेको छ ।

मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा फ्रान्सले बेल्जियमलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ । यी दुई टोली क्रोएसिया र इङ्ग्लयाण्डका विजेताले फाइलनमा फ्रान्ससंग सामना गर्नेछन् ।

 

Read More »

कामपाले विद्यालयको अभिलेख अझै पाएन, शिक्षा कार्यालय भन्छ दिन तयार छौँ

शर्मिला पाठक 

काठमाडौँ– जिल्ला शिक्षा कार्यालय, काठमाडौँले अहिलेसम्म पनि महानगरपालिकालाई विद्यालयको अभिलेख हस्तान्तरण नगर्दा विद्यालय क्षेत्रको अध्ययन गर्न समस्या भएको छ ।  अघिल्लो वैशाखमा स्थानीय तहको निर्वाचन भएसँगै माध्यमिकस्तरको शिक्षा हेर्ने जिम्मा स्थानीय तहलाई दिइए तापनि शिक्षा कार्यालयले कामपालाई अहिलेसम्म पनि अभिलेख हस्तान्तरण गरेको छैन ।  यसका कारण विद्यालयसम्बन्धी दैनिक कामकाज गर्न र समग्र पक्षको जानकारी राख्नका लागि कामपालाई समस्या भइरहेको कामपाको शिक्षा विभागका प्रमुख प्रह्लाद अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार विद्यालयका बारेमा समग्र जानकारी, आवश्यक दरबन्दी, विद्यार्थी संख्या शिक्षकको संख्या, गाभिएका विद्यालयको जानकारीजस्ता समग्र विषय अभिलेखमा हुनुपर्छ । कामपा शिक्षा विभागले पटक पटक शिक्षा कार्यालयलाई अभिलेख दिनका लागि आग्रह गरे पनि सुनुवाइ नभएको बताउँछन् ।

उता जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेल भने कामपा विद्यालयको अभिलेख लिन आए आफूहरु दिन तयार रहेको बताउँछन् ।  ‘कानूनले नै यस विषयमा स्थानीय तहलाई जिम्मा दिएकाले शिक्षा कार्यालयले रोक्ने त कुरै भएन, अभिलेख धेरै छन्, त्यसैले राख्नका लागि प्रशस्त स्थानको आवश्यकता पर्छ, लिन बोलाउँदा कामपा प्रतिनिधि आउँदैनन्’, अधिकारी पौडेलले भने ।

पौडेल भन्छन्, ‘कामपाले शिक्षा कार्यालयको भवनमा नै आफ्नो शिक्षा विभागको कामकाजका लागि स्थान मिलाइदिनुपर्यो भन्दै आएको छ, त्यो सम्भव छैन । अभिलेख दिन्छौँ, व्यवस्थापन गर्ने काम कामपाको हो । जिम्मेवारी हस्तान्तरण गर्न नपाउँदा हामीलाई पनि समस्या भएको छ ।’

हाल कामपामा १०० सार्वजनिक र करीब ७०० निजी विद्यालय सञ्चालन हुँदै आएका छन् । तिनमा एक लाख ६५ हजार बालबालिकाले अध्ययन गर्दै आएकामा ३८ हजारले सामुदायिक विद्यालयमा अध्ययन गर्छन् भने अन्य निजी विद्यालयमा छन् ।

गोर्खा भूकम्पका कारण विद्यालयको भौतिक संरचनामा क्षति पुगेपछि कतिपय विद्यालय एउटै भवनमा बिहान र दिउँसो गरी दुई समयमा सञ्चालन हुँदै आएका छन् ।  निजी विद्यालयले जुन समयमा पनि विद्यार्थी भर्ना लिने गरेको र सार्वजनिक विद्यालयका हकमा हरेक वर्ष चैत १५ गतेअगावै विद्यालयको विज्ञापन गर्न नपाइने र वैशाख पहिलो साता अर्थात् नतिजा प्रकाशन भइसकेपछि मात्र भर्ना लिन पाउने नीतिका कारणले पछिल्लो समय सार्वजनिक विद्यालयमा विद्यार्थीको संख्यामा कमी आएको छ ।

वि.सं २०११ देखि नक्साङ्कनका आधारमा विद्यालय खोल्न दिनुपर्छ भन्ने अवधारणाका साथ विद्यालय सञ्चालन हुँदै आए तापनि वि.सं २०२८ मा आएको शिक्षा ऐनको आधारमा विद्यालयको अनुमति दिने गरिँदै आएको छ ।

गतबर्ष २०७४ असोजदेखि विद्यालय गाभ्ने र नयाँका लागि अनुमति दिने विषयलाई लिएर विद्यालय निरीक्षक र स्रोतव्यक्तिले अनुगमन गरिरहेका छन् । सो कार्यका लागि पनि अभिलेख नहुँदा समस्या भएको छ ।

प्रचलित शिक्षा ऐन, नियमावली र निर्देशिकामा रहेर कामपाले नयाँ विद्यालय खोल्न आवश्यक छ कि छैन, भौतिक संरचना, आवश्यक कागजातसहित स्थलगत अनुगमनका आधारमा विद्यालय थप र नयाँ खोल्नेबारेमा स्पष्ट हुन सकिनेछ जसका लागि अभिलेख अत्यावश्यक हुन्

छ । 

Read More »

खेलकुद क्षेत्रको पनि सिन्डिकेट हटाइन्छ : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले खेलकुद क्षेत्रमा समेत सिन्डिकेट रहेको भन्दै त्यसलाई हटाइने बताएका छन् ।

नेपाल मगर खेलकुद संघले आज यहाँ आयोजना गरेको मगर खेलाडी सम्मान तथा सांस्कृतिक कार्यक्रममा गृहमन्त्री थापाले केही व्यक्ति र समूहले खेलकुद क्षेत्रमा सिन्डिकेट चलाउन खोजेको भन्दै त्यो स्वीकार्य नहुने बताए ।

उनले राजनीतिक र खेलकुद क्षेत्रमा मगर समुदायको विशिष्ट योगदान रहेको बताए ।

गृहमन्त्री थापाले शान्ति, सुशासन कायम हुनका साथै अपराधिक गतिविधिमाथि नियन्त्रण गर्नसके देशको आर्थिक विकास हुने भएकाले यस क्षेत्रमा सरकारलाई सहयोग गर्न सबैसँग आग्रह गरे ।

संघका उपाध्यक्ष तथा भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीमगरले मगरजातिको कला तथा संस्कृति सबै नेपाली जनताको सम्पत्तिका रुपमा रहेको बताउँदै यसको संरक्षण गर्न राज्यले ध्यान दिनुपर्ने बताए ।

नेपाल मगर संघका अध्यक्ष नविन रोक्का मगरले मगरात र तमुवानको छुट्टै गौरवशाली इतिहास रहेको चर्चा गरे ।

 

Read More »

२० सदस्यीय नेपाली क्रिकेट टोली छनोट, को–को परे ?

काठमाडौँ । बेलायतको लर्ड्समा हुने मेरिलोबन क्रिकेट क्लब (एमसिसी) र नेदरल्याण्ड्ससँग खेल्नका लागि आज २० सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको छनोट भएको छ ।

आइसिसीका प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको छनोट समितिले २० सदस्यीय टोलीको घोषणा गरेको हो । छनोट हुनेमा कप्तान खड्कासहित विनोद भण्डारी, सुवास खकुरेल र प्रदीप ऐरी छन् । उनीहरुले पुनरागमन गरेका हुन् ।

त्यसैगरी हरि क्षेत्री नयाँ अनुहारका रुपमा छनोट भएका छन् । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा हरिले उदीयमान खेलाडीको उपाधि जितेका थिए । त्यस्तै छनोट हुने अन्य खेलाडीमा सन्दीप लामिछाने, अनिलकुमार साह, ललित राजवंशी, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, रोहितकुमार पौडेल, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुशान भारी र सुनिल धमला छन् ।

नेपालले आगामी साउन १३ गते टी ट्वान्टी फरम्याटमा लर्ड्समा एमसिसी र नेदरल्याड्ससँग खेल्नेछ । उक्त प्रतियोगिताका लागि शनिबारदेखि बन्द प्रशिक्षण शुरु हुनेछ ।

 

Read More »