देश

नापी अधिकृत पक्राउ

काठमाडौँ, भदौ १ गते । अंशवण्डा गर्ने क्रममा जग्गा रेखाङ्कन तथा कित्ताकाट गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको अभियोगमा नापी कार्यालय गौर, रौतहटका नापी अधिकृत धीरेन्द्रकुमार लाल पक्राउ परेका छन ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव एवं प्रवक्ता रामेश्वर दंगालका अनुसार, आयोगको कार्यालय हेटौंडाबाट खटिई गएको टोलीले लाललाई १४ हजार रुपियाँ घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

Read More »

भारतीय पूर्वप्रधानमन्त्री वाजपेयीको निधन

३१ साउन, काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका ९३ वर्षीय वाजपेयी जुनमा नै नयाँदिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान -एम्स)मा भर्ना भएका थिए ।किड्नीमा संक्रमण र अन्य स्वास्थ्यसम्बन्धी समस्याका कारण उनी अस्पताल भर्ना भएका थिए । भारत रत्नबाट सम्मानित वाजपेयी तीन पटक भारतका प्रधानमन्त्री भए । सन् १९९६ मा १३ दिन, १९९८-१९९९ र अन्तिम पटक १९९९ देखि २००४ सम्म प्रधानमन्त्री रहे । उन कवि र समावेशी राजनीतिका पर्याय पनि हुन् ।

Read More »

देवानी र अपराध संहिता विषयमा भ्रमपूर्ण प्रचार नगर्न आग्रह

काठमाडौँ, साउन ३१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भदौ १ गतेदेखि लागू गरिने मुलुकी देवानी र अपराध संहिता सम्बन्धमा भ्रमपूर्ण प्रचार नगर्न आग्रह गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालय ध्रम्रबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले भन्नुभयो, “मुलुकी देवानी र मुलुकी अपराध संहिता लागू गर्ने कुरामा निकै भ्रमपूर्ण हल्ला चलाइएको छ, तर यो त पोहोर साल नै व्यापक छलफल गरेर संसद्ले पारित गरेको कानून हो ।” उहाँले अस्पतालमा उपचार गर्दा बिरामीको मृत्यु भएमा चिकित्सकलाई जन्मकैद हुने भन्ने हल्ला र भ्रम फिँजाउने काम नगर्न आग्रह गर्नुभयो ।

Read More »

Read More »

स्वतन्त्रता दिवसको अवसरमा भारतले नेपाललाई दियो ३० एम्बुलेन्स

३० साउन, काठमाडौं । भारतले नेपाललार्इ ३० वटा एम्बुलेन्स र ६ वटा बस उपलब्ध गराएको छ ।भारतको ७२ औं स्वतन्त्रता दिवसको अवसरमा नेपालस्थित भारतीय दूतावासले नेपालका विभिन्न अस्पताल, परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई एम्बुलेन्स र बसहरु उपलब्ध गराएको हो ।लैनचौरस्थित दूतावासमा बुधबार आयोजित समारोहमा भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपालका बिभिन्न संघ, संस्थाहरुलाई एम्बुलेन्स तथा बसहरु हस्तान्तरण गरेका हुन् ।समारोहमा भारतीय सेनामा गइ वीरगति प्राप्त गरेका तथा अपाङ्गता भएका नेपालका परिवारलाई ५ करोड ३५ लाख नगद तथा कम्मल पनि वितरण गरिएको थियो ।भारतीय स्वतन्त्रता दिवसकै अवसर पारेर भारतले यसअघि नै विभिन्न सामाजिक संघसंस्थालाई ६ सय ९२ वटा एम्बुलेन्स, १३६ वटा बस उपलब्ध गराइसकेको छ ।समारोहमा भारतीय राजदूत पुरीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दले देशवासीको नाममा दिएको सन्देश पढेर सुनाएका थिए ।सन्देशमा भारत स्वतन्त्र भएको ७१ वर्षयताका उपलब्धिहरुको चर्चा गरिएको छ ।समारोहमा भारतीय दूतावासका कर्मचारीहरु, उनीहरुका परिवारलगायत नेपालमा रहेका भारतीय समूदायको सहभागिता रहेको थियो ।समारोहमा भारतीय सांस्कृतिक केन्द्र, केन्द्रीय विद्यालय, मोर्डन इन्डियन स्कुलका विद्यार्थीहरुले देशभक्तिपूर्ण गीत गाएका थिए ।

Read More »

प्रबन्ध निर्देशक राजभण्डारी पदमुक्त

kamini-rajbhandari

काठमाडौँ, साउन ३० गते । सरकारले नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा  मंगलबार  साँझ बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको पुनर्गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।बैठकले प्रतिष्ठानमा डिल्लीराज घिमिरे, डा खड्क केसी, प्राडा मीना वैद्य मल्ल, उपरथी हिमालय थापा, हरि फुयाँल, डा शंकर शर्मा, भवानी राणा र लालबाबु यादवलाई तीन वर्षका निम्ति नियुक्त गर्ने निर्णय गरेको छ ।सरकारले बालबालिकासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, खाद्य तथा खाद्य सम्प्रभुताको अधिकारसम्बन्धी विधेयक र रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले बताउनुभयो ।बैठकले निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा महालेखा नियन्त्रक सुरेश प्रधानलाई तोक्नुका साथै मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने कार्यका लागि बूढानीलकण्ठ क्षेत्रको नौ आना जग्गा अधिग्रहण गर्न स्वीकृति दिने निर्णय गरेको छ । साथै बैठकले बोनस (चौथो संशोधन) नियमावली, २०७५ स्वीकृत गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

Read More »

उपचारमा ज्यान गए जन्मकैद

काठमाडौँ — वि.सं. १९१० सालमा जंगबहादुरले बनाएको मुलुकी ऐनलाई विस्थापित गर्ने गरी लागू हुन लागेको नयाँ ऐनले इलाजसम्बन्धी गरेको व्यवस्थामा बिरामीको ज्यान गए चिकित्सकलाई जन्मकैदसम्म हुने प्रावधान राखेको छ ।नयाँ मुलुकी फौजदारी संहिता ऐनको दफा २३१ को उपदफा (१) मा ‘बदनियत चिताई’ इलाज गर्नेको हकमा बिरामीको ज्यान गए जन्मकैद हुने व्यवस्था गरिएको हो ।ऐनमा चार खालका उपचारको अवस्थामा कसैको ज्यान गए यस्तो सजाय गर्ने भएको हो । नयाँ व्यवस्थाअनुसार कसैले कसैको ज्यान मार्ने वा अंगभंग गर्ने नियतले उपचार गरी ज्यान लिएमा जन्मकैदको सजाय हुनेछ । त्यस्तै एक किसिमको उपचार गर्नुपर्नेमा अर्कै उपचार गरी ज्यान गएमा पनि त्यही सजाय हुनेछ । कुनै औषधि खुवाउँदा वा खान सिफारिस गर्दा कसैको ज्यान मर्न वा अंगभंग हुन सक्छ भन्ने जान्दाजान्दै त्यस्तो औषधि खुवाउनेलाई पनि यही दफाअनुसार सजाय हुने ऐनमा उल्लेख छ । Read More »

Read More »

नारायणगढ–मुग्लिन सडक जीर्ण पुलका कारण दुर्घटना बढ्दो

muglinभरतपुर साउन २८ गते ।
घटना १ : एमएच ४२ टि ०३४३ नम्बरको भारतीय ट्रक शनिवार बिहान जुगेडीस्थित जुगेडी पुलवाट करिव ५० मिटर खोल्सामा खस्दा दुई जनाको मृत्यु र एक जना घाइते भए ।

घटना २ : ग १ ख ४०२१ नम्वरको बस गत वर्षको असार ६ गते चौध किलो स्थित खोर खोलाको पुलवाट करिव २० मिटर तल खस्दा एक जनाको मृत्यु र २२ जना घाइते भएका छन् ।

घटना ३ : बा६२ प ३७०४ नम्बरको मोटर साइकल केरावारी स्थित पुलवाट सय मिटर तल खस्दा मोटर साइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।नारायणगढ मुग्लिन सडकमा जीर्ण पुलकै कारण भएका यी केही प्रतिनिधि घटना मात्रै हुन् । सडक निर्माण पूरा भए पनि यहाँ रहेका जीर्ण पुलहरूको मर्मत सुधार तथा पुनर्निर्माण नगरिँदा पुलवाटै सवारी साधन खसेर ज्यान जाने र अङ्गभङ्ग हुने क्रम बढ्दो छ । Read More »

Read More »

मोबाइलमा शिवभक्तको पहिलो सम्बोधन ‘ओम् बोलबम’

काठमाडौँ, साउन २८ गते । टेलिफोन वा मोबाइलमा कतिपयले ‘हेलो’ होइन ‘ओम् बोलबम’को सम्बोधनबाट कुराकानी आरम्भ गर्न थालेका छन् ।साउन महिनाभर महादेवको स्तूतिमा लागिपरेका सबै शिवभक्तले यो सम्बोधनलाई चलनचल्तीमा ल्याएका छन् । यसो त कृपालुजी महाराजका भक्तले फोन उठाउँदा ‘राधेराधे’ सम्बोधन गर्न थालेको धेरै भइसक्यो । Read More »

Read More »

विराटनगरमा बम विस्फोट : मेयरको गाडीमा क्षति

इटहरीः प्रदेश १ को अस्थायी राजधानी रहेको प्रदेशकै एक्लो महानगर विराटनगरमा बम फिस्फोट भएको छ । विराटनगर महानगरको नयाँ र पुरानो भवनकोबीचमा पैदल हिड्ने ठाँउमा बिस्फोट भएको हो । दिउँसो २ बजेतिर विस्फोट भएको ठाँउ मेयरको कक्ष भएको पर्खालबाट तीन मिटर मात्रै टाढा रहेको छ ।विस्फोटले मेयरको गाडिमा सिसा फुटेर क्षति पुगेको छ भने बिस्फोट स्थलका सोफा र दराज र आसपासका धुजाधुजा भएको महानगरका कर्मचारी धिरज राईले बताए । Read More »

Read More »

लुटेराको गोलीबाट एक घाइते, नगद र सुन लुटियो

महेन्द्रनगर, धनुषा, साउन २५ गते । मिथिला नगरपालिका– ८ जमुनिबासमा गए राति अज्ञात समूहले लाखौँको लुटपाट गरेको छ । लुटेराको गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् । लुटेराको गोली लागेर स्थानीयवासी ३८ वर्षीय पुष्पलाल श्रेष्ठ गम्भीर घाइते हुनुभएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार बिहीबार राति डाँकाको समूहले श्रेष्ठको घरमा लुटपाट गर्नुका साथै उहाँँलाई गोली हानेको थियो । श्रेष्ठको तीघ्रामा गोली लागेको छ । उहाँलाई जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौँ लगिएको छ ।लुटेराले श्रेष्ठको घरबाट सात तोला सुन, १५ तोला चाँदी र रु एक लाभन्दा बढी नगद लुटपाट गरेको छ । लुटपाटका क्रममा लुटेराको समूहले श्रेष्ठ परिवारका अन्य सदस्यलाई समेत कुटपिट गरेको वडा नं ८ का वडाध्यक्ष देवनारायण महतोले बताउनुभयो । प्रहरी घटनास्थल पुग्नु अगावै लुटेरा भागेको बताइएको
छ ।

Read More »