देश

एमबीबीएस र बीडीएसको सिट सङ्ख्या तोकियो

काठमाडौँ, असोज ७ गते । नेपाल मेडिकल काउन्सिलले विभिन्न मेडिकल कलेजका लागि एमबीबीएस र बीडीएस तर्फको सिट संख्या निर्धारण गरेको छ । काउन्सिलले काठमाडौंँ विश्वविद्यालय अन्तर्गत १० मेडिकल कलेजका लागि ८९० सिट संख्या निर्धारण गरेको छ भने त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सात वटा मेडिकल कलेजका लागि ७६१ सिट तोकेको छ ।नेपाल मेडिकल काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले दिनुभएको जानकारी अनुसार विराट मेडिकल कलेजले एमबीबीएस तर्फ ७५ सिट पाएको छ । गतवर्ष पनि विराटले ७५ संख्या पाएको थियो । यस्तै कलेज अफ मेडिकल साइन्सेज भरतपुरले यसवर्ष एमबीबीएस तर्फ एकसय सिट पाएको छ । गत वर्ष पनि उक्त मेडिकल कलेजले एकसय सिट नै पाएको थियो । बीडीएसतर्फ यो वर्ष ३५ सिट मात्र पाएको छ । गत वर्ष बीडीएसतर्फ ४० सिट पाएको थियो ।
काउन्सिलका अनुसार देवदह मेडिकल कलेज रुपन्देहीले एमबीबीएसमा ४० सिट प्राप्त गरेको छ । कान्तिपुर डेन्टल कलेज काठमाडौले बीडीएसतर्फ ५० सिट पाएको छ । यो कलेजले गतवर्ष पनि ५० सिट पाएको थियो । सिनामंगलस्थित काठमाडाँै मेडिकल कलेजले एकसय सिट पाएको छ । बीडीएसमा केएमसीले ५० सिट प्राप्त गरेको छ । काठमाडौँ युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सेज धुलिखेलले यो वर्ष एमबीबीएसका लागि ७५ सिट पाएको छ । बीडीएसतर्फ भने ५० सिट मात्र पाएको छ ।
त्यसैगरी, लुम्बिनी मेडिकल कलेजले पाल्पाले एकसय सिट पाएको छ भने मणिपाल मेडिकल कलेज पोखराले पनि ७५ सिट पाएको छ । जोरपाटीस्थिति नेपाल मेडिकल कलेजले एकसय सिट पाएको छ । बीडीएसतर्फ एनएमसीले ५० सिट पाएको छ । नेपालगञ्ज मेडिकल कलेजले एकसय सिट एमबीबीएसतर्फ पाएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजले ९० सिट पाएको छ । गतवर्ष भन्दा यो वर्ष नोबेलको १० सिट कम भएको छ । बीडीएसतर्फ नोबेलले ३० सिट पाएको छ । गत वर्ष बीडीएसमा ३५ सिट पाएको थियो ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले ७५, नेसनल मेडिकल कलेज वीरगन्ज, युनिभर्सल मेडिकल कलेज भैरहवा, नेपाली सेना मेडिकल कलेज र चितवन मेडिकल कलेज प्रत्येकले एक÷एकसय सिट पाएका छन् । यस्तै, किस्ट मेडिकल कलेजले ९०, गण्डकी मेडिकल कलेजले ९५ सिट पाएका छन् । यो वर्ष पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले ६५ सिट पाएको छ भने धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एकसय सिट पाएको छ । काउन्सिलका प्रवक्ता डा. अधिकारीले काउन्सिल तथा विश्वविद्यालयले गरेको अनुगमनबाट सिट संख्या निर्धारण गरिएको जानकारी दिनुभयो ।

Read More »

यातायात भाडा दश प्रतिशत बढ्यो

yatayat

काठमाडौं, असोज ७ गते । सार्वजनिक यातायातको भाडा १० प्रतिशतले वृद्धि भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंमा काठमाडौंबाट घर जाने यात्रीका लागि बसको अग्रिम टिकट बुकिङ्ग खुला नगरेपछि भाडा वृद्धि गरिएको हो ।  पटक—पटक इन्धनको मूल्य वृद्धि भएको भन्दै व्यवसायीले दशैको अग्रिम टिकट खुला गर्न आनाकानी गरेका थिए । बृद्धि भएको भाडा आइतवार (७ असोज)बाट लागु हुनेछ ।
एक महिनामा दुइ पटक गरेर डिजेल प्रतिलिटर ६ रुपिँया वृद्धि भएपछि महासंघले बस भाडा वृद्धि गर्न वा डिजेलमा गरिएको मूल्य वृद्धि फिर्ता लिन ४८ घण्टे अल्टिमेटम दिएको थियो ।
२०७२ सालपछि यातायात भाडा वृद्धि भएको थिएन । भाडामा वृद्धिसँगै त्यसको समायोजना गर्न अध्ययन समिति समेत गठन गरिएको छ । हाल कायम रहेको भाडादर समयसापेक्ष कायम गर्न यातायात व्यवस्था विभागका प्राविधिक शाखाका निर्देशकको सयोजकत्वमा सम्बन्धित शाखाका इन्जिनियर, नेपाल यातायाता व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधि रहने गरी समिति गठन गर्ने निर्णय भएको हो ।
समितिले विस्तृत अध्ययन गरी मंसीर २९ गते सम्ममा सार्वजनिक यातायात क्षेत्रको भाडादर सायोजन गर्ने यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसुदन अधिकारीको उपस्थितिमा भएको निर्णयमा रोक्का भएका बस व्यवसायी समितिका खाता आंशिक रुपमा खोल्ने निर्णय पनि भएको छ ।
हाललाई समितिको अनिवार्य दायित्व भित्र पर्ने खर्चको भुक्तानी छिटोछरितो गर्ने व्यवस्था मिलाईदिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको हो ।
साथै दशैंका लागि बसको अग्रिम टिकट बुकिङ्ग लगायतका पूर्व निर्णय वमोजिम सम्पूर्ण कार्य पनि नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले गर्ने भएको छ ।
तर महासंघका महासचिव सरोज सिटौलाले भने विभागले आधिकारिक पत्र पठाएपछि मात्र निर्णय गर्ने जानकारी दिए । उनले एक÷दुई दिन भित्र अग्रिम टिकट खुलाउने अवस्था नरहेको समेत जानकारी दिए ।

Read More »

राष्ट्रपतिबाट राष्ट्रकविलाई जन्मदिनको शुभकामना

काठमाडौँ, असोज ७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले १०० वर्ष प्रवेश गर्नुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई लैनचौरस्थित घिमिरे निवासमा आज बिहान पुग्नु भइ जन्मदिनको शुभकामना दिनुभएको छ ।राष्ट्रपति भण्डारीले राष्ट्रकवि घिमिरेको सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील जीवनको कामना गर्दै शुभकामना दिनुभएको हो ।विसं १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा जन्मनुभएका कविवर घिमिरे नेपाली जनजीवनमा लोकप्रिय कवि हुनुहुन्छ ।

Read More »

मोटरसाइकल जुध्दा एकको मृत्यु, एक घाइते

acc

लहान, असोज ६ गते । सिरहाको जिरोमाइल–बरियारपट्टी सडकखण्डस्थित सुखीपुर नगरपालिका–२ मा गए राति दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् ।सुखीपुरबाट जिरोमिरोमाइलतर्फ आउँदै गरेको स९प १११ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको स२प १३०९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा स९प १११ नम्बरको मोटरसाइकल चालक सिरहाको बरियारपट्टि गाउँपालिका–४ निवासी बिकाउ यादवको मृत्यु भएको हो ।गम्भीर घाइते हुनुभएको उहाँको उपचारका क्रममा लहानस्थित सप्तऋषि अस्पतालमा मृत्यु भएको लक्ष्मीपुर पतारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविभुसन यादवले जानकारी दिनुभयो ।सो घटनामा स२प १३०९ मोटरसाइकलमा सवार सिरहाकै धनगढीमाई नागरपालिका–५ निमचोक निवासी २६ वर्षीय रामउदगार महतो गम्भीर घाइते हुनुभएको र उहाँको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेकोे बताइएको छ ।

Read More »

विश्व पर्यटन दिवसका अवसरमा विविध कार्यक्रम

काठमाडौं- नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा) ले ३९ औं विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागेको छ।सो क्रममा नाट्टाले आज बिहान प्रमुख धार्मिक तथा पर्यटकीयस्थल स्वयम्भूमा सरसफाइ गरेको छ। कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, पर्यटन व्यवसायी, स्वदेशी तथा विदेशी पर्यटकको सहभागिता थियो।आजै धनन्तरी फुटसल क्लब भत्केपुलमा आयोजना गरिने फुटसल प्रतियोगितामा प्रतियोगितामा पुरुष १४ र महिला तीन टोलीको सहभागिता रहने नाट्टाका सहकोषाध्यक्ष सुरेन्द्र भट्टराईले जानकारी दिए।नाट्टा अध्यक्ष सिएन पाण्डेले उक्त दिवसलाई उत्साहपूर्ण ढङ्गले सम्पन्न गर्न विभिन्न सङ्घ संस्थासँग मिलेर सामूहिक कार्यक्रम गरिएको बताए। ‘सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएकाले उक्त लक्ष्य पूरा गर्न यस्ता कार्यक्रमले सहयोग पुग्नेछ’, उनले भने।
सोही अवसरमा भोलि आइतबार नाट्टाको केन्द्रीय कार्यालय नक्सालमा रक्तदान कार्यक्रमको आयोजना गरिने भएको छ।

Read More »

आजदेखि इन्द्रजात्रा सुरु

काठमाडौँ, असोज ५ गते । इन्द्रजात्राको लिङ्गो शुक्रवार बिहान ८ः०५ बजे ठड्याएर इन्द्रध्वजोत्थान गरिँदैछ । यसै दिनदेखि काठमाडौँ उपत्यकामा इन्द्रजात्रा सुरु हुन्छ । विशेष गरी काठमाडौँमा एकसातासम्म यो जात्रा उत्सवका साथ मनाइन्छ । भक्तपुरको चित्तपोलबाट ल्याइएको लिङ्गो अहिले हनुमानढोका तलेजुको मूल प्रवेशद्वार बाहिर छ । शुक्रवार काठमाडौँका मानन्धर समुदायले यसलाई ठड्याउने छन् ।
जात्रामा सबै कार्य गर्न खटाइनुभएका सुरेन्द्र अमात्यका अनुसार लिङ्गो सुव्यवस्थित रूपमा ठड्याउन गङ्गा क्लबका उमेश कर्माचार्य, सिन्ह स्वाँ खलः का निरन श्रेष्ठ, श्रीकुमारी क्लवका राजकल्याण ताम्राकारको अगुवाइमा युवा तत्परताका साथ रहेका छन् । समरजङ्ग कम्पनीले जात्रामा सहयोग गर्ने छ । कम्पनीका प्रमुख प्रकाशचन्द्र पन्तले कम्पनी टोलीलाई जात्रामा सहयोग पु¥याउन हनुमानढोका दरवार क्षेत्रमा खटाउनुभएको छ ।
इन्द्रजात्रा पौराणिककालदेखि नै मनाउँदै आएको भएपनि यो जात्रामा काठमाडौँका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले त्यससँगै श्रीकुमारी रथयात्रा चलाएपछि काठमाडौँको तत्कालीन मध्य भित्री सहरमा यो रथयात्रा हुँदै आएको छ । असोज ८ गते रथयात्रा जैशिदेवल चिँकमुगल भई लगनटोल पुगेर उसै साँझ फर्कने र १२ गते नरदेवी पुगेर फर्कने र अन्तिम दिन नानीचयात्रा भनेर १२ गते किलागल पुगेर फर्काइने तालिका छ ।
लिङ्गो ठड्याएपछि हल्चोकको भैरव, मजिपाटको लाखे, किलागलको पुलुकिसी, महालक्ष्मी नाच भक्तपुरको महाकाली र रामचन्द्र नाच हनुमानढोका दरवारमा हाजिर हुनुपर्ने छ । यसैदिन आकाश भैरव, श्वेत भैरव, स्वच्छन्द भैरवको सृङ्गार तथा पूजन हुन्छ । मानन्धर समुदायले वौमत प्रदर्शन गर्दै नगर परिक्रमा गर्ने गर्छन् । यसै क्रममा श्रीकुमारी, श्रीगणेश र श्रीभैरवका लागि १०८ थरीका मिठाई पकवान् तयार भइसकेको जानकारी दिइएको छ ।
जात्रामा मुख्य सहभागिता रहने गरेको युवा क्लव सिन्ह स्वाँ खलःका अध्यक्ष निरन श्रेष्ठले जात्रामा समन्वय जरुरी रहेको बताउनुभयो । समन्वयका अभावका कारण बिगतमा श्रीतलेजुको पूजा रोकिन गएर रथयात्रा गोलमाल हुन भएको, खटिएका सुरक्षा निकायले जात्रामा सहभागी हुनुपर्नेको पहिचान गर्न नसकेर जात्रा स्थलमा प्रवेश निषेध गर्ने र राष्ट्र प्रमुखको दर्शन गर्दा शुभलाभ हुन्छ भन्ने मान्यताका यहाँका जेष्ठ नागरिकले राष्ट्रप्रमुखको मुहार अवलोकन गर्नै नपाइने स्थिति विगत वर्षदेखि भोग्दै आएको उहाँले बताउनुभयो । जात्रा स्थानीयको मन र मुटुको भाव पनि रहेकोले जात्रामा अनावश्यक कडिकडाउ यो पल्ट हुन नपाओस् भन्ने मान्यताका साथ काम गरिने उहाँको भनाइ छ ।

Read More »

मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ को मृत्यु

काठमाडौं, असोज ३ गते । मलेशियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या आज बिहानसम्म छ पुगेको छ । विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन् । उनीहरु मलेशियाको सेलेङगर शहरमा रोजगारीका क्रममा थिए । उनीहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको मलेशियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलले जानकारी दिनुभयो ।मलेशियास्थित सुनगाई बुलोच अस्पतालमा उपचारका क्रममा पाँच जनाको मृत्यु भएको उहाँले बताउनुभयो । सोही अस्पतालमा मदिरा सेवनबाट गम्भीर बिरामी परेका नौ नेपालीको उपचार भइरहेको छ । त्यस्तै काजङ अस्पतालमा पनि उपचारका क्रममा एक जनाको मृत्यु भएको छ । उक्त अस्पतालमा गम्भीर बिरामी पाँचको उपचार भइरहेको कार्यवाहक राजदूत खरेलले जानकारी दिनुभयो । व्याङटिङ, अमपाङ र क्लाङ अस्पतालमा एक÷एक जनाको उपचार भइरहेको छ ।मलेशियामा विषाक्त मदिरा सेवनबाट नेपालीको मृत्यु तथा घाइते भएको खबर सार्वजनिक भएलगत्तै त्यहाँस्थित नेपाली दूतावासले दुई टोली खटाएर उपचारमा सहजीकरण गरिरहेको कावा राजदूत खरेलले जानकारी दिनुभयो । कावा राजदूत खरेलले मृत्यु भएका तथा गम्भीर अवस्थामा उपचाररत नेपालीको अवस्था बुझ्न अस्पताल पुग्नुभएको थियो ।

Read More »

सबै अधिकार स्थानीय तहमा नपुगेको गुनासो

काठमाडौँ, असोज ३ गते । सिंहदरबारको अधिकार गाउँमा लैजान संविधानले सङ्घीय व्यवस्थाको मर्म अनुरुप सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार निर्माण गरेको छ । यसअघि केन्द्रमा भएका कतिपय अधिकार संविधान र स्थानीय सरकार सञ्चालन ऐनमार्फत आमनागरिकको घरदैलोमा पु¥याइएको छ । सङ्घ, सात वटा प्रदेश र ७५३ वटै स्थानीय तहमा विविध संरचना निर्माण भई काम प्रारम्भ गरेका भए पनि गाउँमा अधिकार पु¥याउन अझै पनि कतिपय समस्या रहेको जनप्रतिनिधिको भनाइ छ ।
सिंहदरवारसँग भएका कतिपय अधिकार संविधान र सङ्घीय व्यवस्थाले जनताको घरदैलोसम्म पु¥याए पनि आमनागरिकले भने अहिले पनि सिंहदवारको अधिकार गाउँमा पुगेको अनभूति गर्न नसकेको गुनासो जनप्रतिनिधिहरूले गरेका छन् ।
ललितपुरस्थित कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपीलाल सिङ्तान संविधानले स्पष्टै रूपमा सिंहदरवारको अधिकार गाउँमा पु¥याएको छ तर आवश्यक ऐनको अभावमा उक्त अधिकारको प्रत्याभूति जनताले गर्न नपाएको बताउनुभयो ।
‘संविधानको अनुसूची ८ ले स्थानीय सरकारलाई २२ वटा एकल अधिकार प्रदान गरेको छ । यो संविधानको ठूलो उपलब्धि हो’ सिङ्तानले भन्नुभयो, “तर उक्त अधिकार प्रयोग गर्न कतिपय कानुन सङ्घले त कतिपय प्रदेश सरकारले बनाउनुपर्ने भएकाले संविधानले दिएका अधिकार कार्यान्वयन गर्न विलम्ब भएको छ ”
उहाँका अनुसार स्थानीय तहका लागि आवश्यक कर्मचारी स्थानीय तह आफैंले पूर्ति गर्न सकिने अवस्था छैन । त्यसका लागि पनि सङ्घीय सरकारकै भर पर्नुपर्छ । स्थानीय तहले गर्ने अधिकांश काम कानुन निर्माण गरेर मात्र गर्नुपर्छ । त्यसका लागि पर्याप्त दक्ष जनशक्ति छैनन् र सीमित साधन र स्रोतको अभावमा स्थानीय सरकार धिमा गतिमा अगाडि बढेको छ ।
नेपाल नगरपालिका संघका उपाध्यक्ष एवं नुवाकोटस्थित बेलकोटगढी नगरपालिका उपप्रमुख कविता ढुङ्गानाले संविधानले स्थानीय तहमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका रहने व्यवस्था गर्नु ठूलो उपलब्धि भए पनि ती संरचना कार्यान्वयन गर्न सङ्घीय सरकारको सहयोग नभएको गुनासो गर्नुभयो ।
उहाँका अनुसार स्थानीय तहमा खटिएका कर्मचारी सङ्घीय सरकारप्रति नै उत्तरदायी हुने, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन गर्न ढिलाइ र सङ्घीय सरकारको बजेट निर्माणको काम पुरानै रूपमा हुँदा जनप्रतिनिधिको कामप्रति नागरिक सन्तुष्ट हुन नसकेका हुन् ।
ढुङ्गानाले भन्नुभयो, ‘संविधानले स्थानीय तहलाई कानुन बनाउने अधिकार प्रदान गरे पनि स्थानीय तहले बनाउने कानुन सङ्घ र प्रदेश सरकारसँग बाझिन सक्ने भएकाले खुलस्त कानुन निर्माण गर्न सकिने अवस्था छैन ।’
जिल्लास्थित विषयगत कार्यालय अहिलेसम्म पनि स्थानीय तहमा हस्तान्तरण नहुनु र सङ्घीय सरकारले स्थानीय र प्रदेश सरकारसँग आवश्यक सहजीकरण नगर्दा सिंहदवारको अधिकार काजगी दस्तावेजमा मात्र सीमित भएको गुनासो ढुङ्गानाको छ ।
संविधानको धारा २३५ ले सङ्घीयताको कार्यान्वयन गर्न तीन तहका सरकारसँग सहकारिता, सहअस्तित्व र समन्वयको आधारमा मात्र सम्भव हुने उल्लेख छ । संविधानको यो मर्मलाई तीनतहमै आत्मसाथ गरिनु जरुरी भएको जनप्रतिनिधिको भनाइ छ ।

Read More »

संविधानका गतिशील तीन वर्ष ‘अब समृद्धितर्फको यात्रा’

kp oli_1काठमाडौं  असोज ३ गते । । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका लागि कानून निर्माण लगायत सबै अभिभारा निर्धारित समयमा सम्पन्न गरेर मुलुक सुशासन, विकास र समृद्धिको बाटोमा अगाडि बढ्न लागेको बताउनुभएको छ ।  संविधान जारी भएपछिका गतिशील तीनबर्ष पार गरेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भन्नुभयो– यो अवधिमा संविधानको कार्यान्वयन र यसका प्रावधानलाई कानूनीरुपमा पूर्णता दिने, संरचनाहरू बनाउने, सार्वभौमसत्ता सम्पन्न जनताका अधिकार, सुरक्षा र सम्मानको प्रत्याभूति गर्ने र समृद्धितर्फको यात्रा तय गर्ने काम भएको छ ।

संविधान दिवसको पूर्वसन्ध्यामा गोरखापत्र दैनिकलाई दिनुभएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भन्नुभयो, समयमै कानून निर्माणका लागि पर्याप्त ध्यान नदिँदा वर्तमान सरकारलाई बढ्तै जोर परे पनि ती काम सम्पन्न गर्न सकिएकोमा सन्तोष लागेको छ ।
संविधान जारी गर्ने र कार्यान्वयन गर्ने क्रममा विभिन्न प्रतिकूलता रहे पनि नेपाली जनताको एकता, सजगता, संयम र सुझबुझले त्यस कार्यमा सफलता प्राप्त भएको पनि प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो । उहाँले यसबर्षदेखि असोज ३ गतेलाई राष्ट्रिय पर्वका रूपमा मनाउन लागिएको जानकारी पनि दिनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, बहुमतको स्थायी सरकार अहिले ‘समृद्ध नेपाल सुखी नेपाली’को सुस्पष्ट दृष्टिकोण कार्यान्वयनको चरणमा क्रियाशील छ र सरकारको ध्येय मुलुकमा सुशासन र आर्थिक विकासमा केन्द्रित छ ।
संविधानबाट हामीले राजनीतिक अधिकार प्राप्त गरेका छौं, अब सम्पूर्ण ध्यान सुशासन र समृद्धितर्फ केन्द्रित हुन्छ, उहाँले भन्नुभयो । सरकारले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य निर्धारण गरेको र त्यसमा सफलता हासिल गर्न बहुआयामिक प्रयास थालेको प्रधानमन्त्रीको भनाइ छ ।
‘हाम्रो मात्र प्रयासले विकासको गति ढिलो हुन सक्ने पक्षलाई ध्यानमा राखी छिमेकी मित्र, मित्र राष्ट्र, र दातृ संघसंस्थासमेतसँग सहयोग र सहकार्यको वातावरण बनाउन सरकार लागिरहेको समेत प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो । उहाँले संविधान जारी भएपछि बिग्रेको छिमेकीसँगको सम्बन्ध आफूले सुधारेको स्मरण समेत गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो–त्यसो गरिरहँदा राष्ट्रिय हित, प्रतिष्ठा र स्वाभिमान कुनै कुरामा सम्झौता गरेका छैनौं, यसबाट नेपालले एउटा नयाँ उचाइ हासिल गरेको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो – भौगोलिक बनावटका हिसावले नेपाल भू–परिवेष्ठित भनिनु एउटा कुरा हो तर अब नेपाल आफूलाई भू–परिवेष्ठित छु भन्ने कुण्ठित मानसिकताबाट माथि उठेको छ । संविधान दिवसको विशेष अवसरमा प्रधानमन्त्री ओलीसँग गोरखापत्रका सम्पादक श्रीओम श्रेष्ठ र प्रवन्ध सम्पादक श्रीधर आचार्यले लिनुभएको अन्तर्वार्ताका प्रमुख अंश :

 

संविधान जारी भएको तीनबर्षको अवधिमा संविधानको कार्यान्वयनलाई मुलुकको कार्यकारी प्रमुखको हैसियतमा यहाँले कसरी मूल्यङ्कन गर्नुभएको छ ?

मुख्य कुरा संविधान कस्तो बनेको छ भन्ने हो । संविधानले सार्वभौमसत्तासम्पन्न जनतालाई सम्पूर्ण रूपमा केन्द्रविन्दु मानेको छ । यसले राष्ट्र र राष्ट्रलाई समग्रतामा बुझ्ने परिभाषा अगाडि सारेको छ । यसले सार्वभौमसत्ता सम्पन्न जनताको सार्वभौमिकताको सही अर्थ के हो, त्यसको प्रयोग कसरी, कुन विधिबाट गर्न सकिन्छ भन्ने कुरा परिकल्पना गरेको छ ।
त्यसकारण मैले संविधानको मर्मलाई समातेर भन्ने गरेको छु – मुलुकको आर्थिक वृद्धिदर र प्रतिव्यक्ति आयको सरदर मापनबाट राष्ट्रको उन्नतिको हिसाब गरेर बस्दिनँ । संविधानको मर्म पनि कुनै पनि नेपाली भोको, नाङ्गो नरहोस्, अन्यायमा नपरोस् भन्ने हो ।
त्यसैले संविधान बन्ने वित्तिकै मेरो नेतृत्वमा सरकार बनेपछि मैले भनेँ–अब नेपालमा जनताको सरकार बनेको छ, कोही पनि नेपाली भोकै पर्दैन, कोही पनि नेपाली भोकले मर्दैन । भोकै पर्न दिइँदैन, भोकले मर्न दिइँदैन ।
हामीले विशेष अभियान चलाएका छौंँ । विकासका प्रयासहरू परिवर्तनका प्रयासहरू ढिलो शुरु भए तर यसैबर्ष हामीले साक्षरता अभियान विशेष महत्वका साथ चलायौं र तीन लाखभन्दा बढी स्कूल नगएका बालबालिकालाई स्कुल ल्यायौं । अब केही बाँकी छन्, आउँदो बर्ष त्यो पनि टुङ्ग्याउँछौं, विद्यार्थीलाई विद्यालय छोड्न दिँदैनौ ।
नेपालको संविधान समृद्धितर्फको यात्रा अगाडि बढाउन अनुकूल छ, उत्तम छ । यसले नेपालको सबैखालका (भौगोलिक, जातीय, पेशागत लगायत) विविधतालाई बुझेको छ । सबै विविधतालाई उत्तिकै सम्मानका साथ समेटेर सबैलाई अगाडि बढाउने नीति र बाटो लिएको छ । त्यसबाट राष्ट्रिय एकता निर्माण गर्न खोजेको छ, जुन सही छ ।

संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन गइरहँदा सत्तामा रहेका दलसमेतले असोज ३ गतेलाई कालो दिनका रूपमा मनाउँछौं भन्ने कुराहरू आइरहेका छन्,, संविधान दिवसमा सहभागी नहुने भन्ने कुरा पनि आइरहेका छन्, कार्यकारी प्रमुखको नाताले के आह्वान गर्न चाहनुहुन्छ ?

समस्याहरू हुन्छन् जस्लाई समाधान गर्न सकिन्छ र गर्नुपर्छ । राजनीतिका लागि मुद्दा बनाइन्छ र ती मुद्दा बाँकी राख्न खोजिन्छ । मान्छे भोकै छ भने उसलाई खान दिन सकिन्छ, खाएपछि ऊ सन्तुष्ट हुन्छ । भोको छैन तर उसले भोकले मरेँ मरेँ भन्छ भने उसलाई खान दियो भने उसले खाँदैन । किनभने भोकै छैन भने उसले खानै सक्दैन । तर ऊ भोकले मरेँ भनेर छट्पटाएको अभिनय गर्छ । किनभने उसमा भोकको मुद्दा बाँकी छ । भोको छ भन्ने देखाउनु छ र मुद्दा बाँकी राख्नु छ । मुद्दा बाँकी राख्ने कुरालाई त्यत्रो महत्व दिनुपर्ने आवश्यकता म देख्दिनँ । मुद्दा बाँकी राख्न खोजिएको हुन सक्छ । संविधान दिवसमा सहभागी नहुने कुरा मसँग कसैले भनेको छैन ।
नेपाललाई टुक्राउन चाहने कतिपय पृथकतावादी तत्व छन्, त्यस्ता तत्वलाई नेपालीले एक्ल्याउने र अस्वीकार गर्ने छन् । कहीँ कतैबाट सञ्चालित, कसैको स्वार्थका लागि काम गर्ने तत्वको देशभित्र घुसपैठ हुँदैन भन्न सकिन्न । यस देशको पानी खाएको कुनै पनि सच्चा सन्तानले देश टुक्राउने आपराधिक कुरा सोच्न पनि सक्दैन ।
अब सिङ्गै नेपाल संविधानको परिपक्वता र पूर्णताका बारेमा बहस गर्न तयार छ । संविधानमा कहीँ कहीँ कुनै सानातिना कुरा व्यवहारका क्रममा नमिलेका हुन सक्छन् । मैले भनेको छु– त्यस्ता कुरा देखिए भने संविधानमा संशोधन गर्न सकिन्छ । संविधान कुनै असंशोधनीय धर्म ग्रन्थ होइन, यो लोक सपार्ने मार्गदर्शक ग्रन्थ हो । त्यसकारण लोक सपार्नका लागि हामी खुल्ला छौं, लचिलो छौं । अनि त्यसमा बहस नगरेर मुद्दा बनाउन खोज्ने कुरा उचित होइन ।
र, मलाई लाग्छ, निर्वाचनमा सहभागी भएका र संसद्मा रहेका दलका नेताले भावनामा बगेर छिटपुट केही भनेको भए पनि संविधान नमान्नका पछाडि र संविधान नमान्ने भन्ने नाममा देशलाई विखण्डनतिर पु¥याउन खोज्ने कुत्सित मनसाय राख्नेतिर ऐक्यवद्धता जनिने गरी वा त्यस्तो गठबन्धन देखिने गरी वा त्यस्ता कुरालाई सहयोग पुग्ने गरी केही गर्नुहोला जस्तो लाग्दैन मलाई ।

यहाँले सुशासनको विषयलाई महत्वका साथ उठाउनुभयो, हालैका केही घटनाले सुशासनका सन्दर्भका केही प्रश्न उठिरहेका छन्, नयाँ चुनौतीहरू देखिएका छन् । प्रदेशका मुख्यमन्त्रीहरूले नै आफ्ना प्रहरी छैनन् भनेको सुनियो । यसबाट प्रदेशमा सुशासन प्रत्याभूत गर्ने कुरामा र केन्द्रीय नीतिमा केही ‘ग्याप’ छ भन्ने बुझिन्छ । प्रहरी प्रशासनमा सुधार र सुशासनका लागि नयाँ केही कदम चाल्दै हुनुहुन्छ ?

प्रदेश छुट्टै राष्ट्र नभई प्रदेश हो भन्ने कुरा हामीले बुझ्नुपर्छ । प्रदेश नयाँ संरचना भए पनि नेपाल राष्ट्रका प्रशासनिक इकाइहरू नै हुन् । राजनीतिक इकाइहरू नै हुन् । अहिले दुईवटा सदन भएको संघीय संसद् र त्यसपछि सातवटा प्रदेशसभा र ७५३ वटा स्थानीय तह (जसलाई हामीले स्थानीय सरकार भनेका छौं) र ७७ वटा जिल्ला समन्वय समिति क्रियाशील छन् । स्थानीय तह छुट्टै स्वतन्त्र सरकार होइनन् । सरकार नभनिएका समन्वय समिति पनि जनप्रतिनिधि संस्थाहरू नै हुन् । यी सबैका आ– आफ्ना काम, कर्तव्य छन् । नगरपालिका छ, नगरप्रहरी हुन्छ । प्रदेश सरकारसँग प्रदेश प्रहरी हुन्छ । हामीसँग यो छैन, त्यो छैन भन्ने ? बन्न पाएको छैन, सबैकुरा कहाँबाट हुन्छ ।
कुनै पनि संरचना गठन गरेर कहाँ राख्ने ?, ठाउँ छैन । विचित्रको स्थितिमा प्रदेशमा संरचना खडा गर्नुप¥यो । प्रदेश सभाको सभा गर्ने ठाउँ छैन । विभिन्न कार्यालय खाली गरेर कहीँ सभागृह बनाइयो, कहीँ मन्त्री क्वाटर बनाइयो कहीँ मन्त्रालय बनाइए । प्रदेश सरकारको संरचना थिएन ।
यस बीचमा ती सब व्यवस्थापन गरिए । यसबीचमा यतिधेरै कानून निर्माण गरिए, यति धेरै कानून संशोधन गरिए, सभा गठन भए, सरकारहरू बने । ती कसरी सञ्चालन गर्ने भन्ने कुरामा कोही अभ्यस्त थिएन । स्थानीय तहमा सरकार भनिएको छ, त्यसले कानून बनाउने भनिएको छ, कर लगाउने भनिएको छ, त्यहाँ न्यायाधीश हुने भनिएको छ, कसरी गर्ने ? ती कुराको त अभ्यास हुनुप¥यो ।
त्यसकारण कतिपय कुरा नमिलेका छन् यसमा ‘मलाई बाउले अंश दिएनन्’ भने जस्तो गरेर कुनै लडाई झगडाको विषय बनाउने होइन । कुन कुन ठाउँको जिम्मेवारी क–कसले लिँदा राम्रो हुन्छ, जनतालाई सेवा सुविधा, सहुलियत दिने र विकास कहाँ कहाँ कसरी गर्दा ठीक हुन्छ, ती चिज सल्लाह गरी गर्ने कुरा हुन् । कुनै विषयलाई उछाल्ने र उत्तेजक ढंगले प्रस्तुत गर्ने खालको प्रबृत्ति बनेको छ ।
जहाँसम्म शान्ति सुरक्षाको कुरा हो, म सिङ्गो नेपाली समाजलाई आग्रह गर्न चाहन्छु– नेपाली समाज अलिकति नैतिक, सामाजिक तथा मानवीय मूल्य मान्यता, आदर्शका हिसावले अलिक अधोपतनतिर गइरहेको छ । हाम्रो जस्तो अत्यन्तै उच्च मूल्य, मान्यता र आदर्शमा बाँचेको, ठूला ठूला संयुक्त परिवारमा बाँचेको सहिष्णु समाज दुनियाँमा अरूले कल्पनै गर्न नसक्ने समाजलाई कमजोर पार्न कोशिश गरिएको छ । हाम्रो समाजको नैतिक मूल्यमा अलिकति ह्रास आएको कुरा हामीले बुझ्नुपर्छ ।
मानिस सचेत प्राणी हो र त्यो सचेतना गलत ढङ्गले प्रयोग हुँदा आपराधिक कर्मतिर जानसक्छ । अहिले त्यही भइरहेको छ र नैतिक मूल्य मान्यतामा ह्रास आइरहेको छ । अहिले समाजको प्रवृत्ति अपराध उन्मूख भएको देखिन्छ । यसतर्फ हामी सजग हुन जरुरी छ र यस्ता अपराधलाई नियन्त्रण गर्न र समाजलाई मूल्यमान्यता, सुव्यवस्था र कानूनको राजतिर फर्काउन सरकार अत्यन्तै दृढ छ ।

संविधान निर्माण चुनौतीपूर्ण थियो तर त्यो काम सफलतापूर्वक सम्पन्न भयो । यसको कार्यान्वयनमा के चुनौती देख्नुहुन्छ ? साथै यहाँले अगाडि सार्नुभएको ‘समृद्ध नेपाल सुखी नेपाली’को अवधारणमा तपाईको आफ्नै कस्तो धारणा थियो र यसलाई सफल बनाउन कसरी अगाडि बढ्दै हुनुहुन्छ ?

यहाँले भन्नुभएको ठीकै हो– संविधान निर्माण चुनौतीपूर्ण कार्य थियो । त्यसका विभिन्न कारण छन् । तर हामीले संविधान बनायौं । त्यसको कार्यान्वयन पनि चुनौतीपूर्ण थियो, त्यसलाई पनि अगाडि बढायाँै । र, अब कतिपयले नचाहेको, नेपाली जनताले चाहेको दिशामा नेपाल अगाडि बढेको छ ।

कोही खुशी नहोला, तर लोकतन्त्र अलि कलिलै छ र लोकतन्त्रका संवाहकमा पनि परिपक्वता आउनु जरुरी छ । किनभने वास्तवमा नेपाली जनता गणतन्त्र घोषणापछि नै सार्वभौमसत्ता सम्पन्न भएका हुन् । यसको लामो इतिहास छैन । आफैले सत्ता सञ्चालन गरेको लामो इतिहास छैन । लोकतन्त्रलाई परिभाषित कसरी गर्ने ? लोकतन्त्रको एउटा मुख्य पक्ष हो –जनताको अभिमत । जुनसुकै बहानामा होस– जनताको अभिमतलाई अस्वीकार गर्नु लोकतन्त्रलाई अस्वीकार गर्नु हो । जनमतलाई अस्वीकार गर्नु अलोकतान्त्रिक प्रवृत्ति हो ।
तानाशाहहरूले पनि निर्वाचित सरकारलाई अपदस्थ गरिरहँदा एक–एक बहाना खोजेका हुन्छन् । तर जनताको अभिमत, भावनालाई अस्वीकर गर्दछन् र अस्तव्यस्तताको परिस्थिति सिर्जना गर्न खोज्छन् । त्यस्ता प्रवृत्ति नेपालमा पनि देखिन खोज्छन् । तर म भन्न चाहन्छु– त्यस्ता प्रवृत्तिले दुःख दिन सक्छन् तर त्यस्ता प्रवृत्तिको कुनै भविष्य छैन ।
स्पष्ट भए हुन्छ, नेपाली जनताले लोकतन्त्र लङ्गुरबुर्जा खेलेर ल्याएको होइन । नेपालको लोकतन्त्र बलिदानपूर्ण संघर्षबाट आएको हो र नेपाली जनता यसमा सजग छन् ।
जहाँसम्म किन समृद्ध नेपाल सुखी नेपालीको नारा दिइयो ? भन्ने छ, मानिस सुख चाहन्छ । यसका पछाडि हाम्रा पुर्खाका निष्कर्षहरू छन् – सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः … मानिस सुखी हुन चाहन्छ । सुखी कसरी हुने भन्दा समृद्धिबाट हुन्छ । धनसम्पत्ति प्रशस्त छ तर त्रास, डर छ भने सुखी रहनका लागि समृद्धि मात्रै पर्याप्त हुँदैन । त्यसकारण पुर्खाका निष्कर्ष, माक्र्सको निष्कर्ष, पुष्पलाल, मदन भण्डारीहरूका निष्कर्ष छन्– जनताको व्यवस्था, प्रतिस्पर्धाको व्यवस्था र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था । त्यही कुराको समष्टि हो सुशासन र विकासको बाटो हुँदै समृद्धि र सुखको प्राप्ति । हामी त्यसका लागि सबै प्रयासहरू अगाडि बढाउँदै छौंँ ।

Read More »

राजपाको मुख्य कार्यसूची संविधान संशोधन- नेता महतो

नेपालगञ्ज, बाँके, असोज २ गते । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपाको मुख्य कार्यसूची संविधान संशोधन नै भएको बताउनुभएको छ । आज यहाँ सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले संविधान अधुरो, अपुरो रहेकाले मधेशी, दलित र जनजातिका अधिकारलाई सम्बोधन गर्न नसकेको उल्लेख गर्नुभयो ।
संविधानलाई समयानुकूल संशोधन नगरेका कारण संविधान दिवसलाई उत्सवको रुपमा मनाउने अवस्था नरहेको उहाँले बताउनुभयो । संविधान संशोधनका विषयमा छ महिनासम्म पार्टीले आन्दोलन गरेको स्मरण गराउँदै नेता महतोले वर्तमान सरकारमा सहभागिताभन्दा पनि राजपाको मुख्य कार्यसूची संविधान संशोधन नै भएको र सरकारमा सहभागी नभए पनि बाहिरबाट समर्थन भने दिइरहेको उल्लेख गर्नुभयो ।
“सरकारलाई समर्थन गर्नु अपराध होइन दुई तिहाइको सरकारलाई अझ बलियो बनाउन हामीले समर्थन गरेका हौँ ।” महतोले भन्नुभयो, “साधु सन्त बन्न राजनीति गरेको होइन, सरकारले संविधान संशोधन, रेशम चौधरीको रिहाइ र राजनीतिक मुद्दा फिर्ता लिए सरकारमा जान कुनै समस्या छैन ।”
संविधान संशोधनका विषयमा नेपाल कम्युनिष्ट पार्टीसँग विगतमा पटकपटक वार्ता भए पनि कुनै विश्वासिलो वातावरण तयार नभएको बताउँदै उहाँले संविधान संशोधन आश्वासनका रुपमा नभई लिखितरुपमा आउनुपर्ने धारणा व्यक्त गर्नुभयो । 
Read More »
1 28 29 30 31 32 35