देश

छुटपुर्जीको व्यवस्था नहुँदा भारतीय गाडीधनीलाई सास्ती

वीरगञ्ज, चैत १३ गते । विआर २७ भि ३९२७ भारतीय नम्बरको गाडी लिएर सीमावर्ती भारतको सिकटा बजारबाट वीरगञ्जतर्फ आइरहेका अभिशेष कुमारले पश्चिमी पर्साको भिष्वा छोटी भन्सार कार्यालयमा छुटपुर्जीको लागि गाडी रोकछन् । तर, पछि थाहा हुन्छ, भिष्वा छोटी भन्सार कार्यालयमा छुटपुर्जी काटने व्यवस्था छैन ।

नजिकै रहेको प्रहरीचौकी भिष्वामा अन्ततः गाडी प्रवेश गराएर अभिशेष गन्तव्यतर्फ लाग्छन् । यो समस्या अभिशेषलाई मात्र होइन, सो नाकाबाट नेपाल भित्रिने सबै भारतीय नम्बर प्लेटका गाडीधनीलाई हुने गरेको छ । भिष्वा छोटी भन्सार कार्यालयमा भारतीय सवारी साधनलाई नेपाल भित्रिँदा छुटपुर्जी दिने व्यवस्था नहुँदा विगत लामो समयदेखि भारतीय सवारीधनीले यस्तै समस्या भोग्दै आएका छन् ।

सीमावर्ती भारतको सिकटा, भेलाही लगायतका ठाउँबाट दैनिक नेपाल भित्रिने दर्जनौँ भारतीय नम्बर प्लेटका सवारी साधनलाई भिष्वा छोटी भन्सार कार्यालयमा छुटपूर्जीको व्यवस्था नहँुदा ४० किलो मिटरको लामो यात्रा तय गरी वीरगञ्ज भन्सार कार्यालय पुग्नुपर्ने बाध्यता रहेको विआर २२ एस ७५५२ नम्बरका चालक सरताज अहमदको गुनासो छ ।

सीमावर्ती भारतबाट अहिले दैनिक २० देखि २५ भारतीय सवारी साधन पर्साको ग्रामीण क्षेत्रमा भित्रिन्छन् । प्रहरी चौकी भिष्वाका प्रहरी नायब निरीक्षक विजयकुमार साहीले राससलाई भन्नुभयो, “नेपाल प्रवेश गर्ने भारतीय गाडीलाई व्यावहारिक रूपमा ‘इन्ट्री’ गरेर जानदिने गरिएको छ ।”

छोटी भन्सार कार्यालयलाई छुटपुर्जी काटने अधिकार नभएकाले भारतका ग्रामीण नाकाबाट नेपाल भित्रिने भारतीय सवारी साधनलाई सीमाक्षेत्रका प्रहरीले रोक्ने, जथाभावी रकम लिने तथा गाडी जफत गर्ने जस्ता समस्या भोग्दै आएको भारतीय चालक सैजुलहकको गुनासो छ ।

वीरगञ्ज भन्सार कार्यालयका सुचना अधिकारी मनिषकुमार महतोले छोटी भन्सार कार्यालयलाई छुटपुर्जी काट्ने अधिकार नेपाल सरकारले नदिएकाले यस्तो समस्या आएको बताउनुभयो ।

नेपाल भारतबीच रहेको खुला सीमाका कारण छोटी भन्सार कार्यालयमा छुटपुर्जीको व्यवस्था नहुँदा एकातिर सरकारी राजश्व गुम्दै गएको छ भने अर्कोतिर ग्रामीण क्षेत्रमा ट्राफिक प्रहरी नहुँदा बिनाकागजपत्रका भारतीय गाडीहरु निर्वाधरूपमा नेपाल प्रवेश गर्ने तथा मोटरसाइकलमा चार जनासम्म बसेर यात्रा गर्ने जस्ता कार्यले दुर्घटनाको सम्भावना बढेर गएको स्थानीय बताउँछन् ।

ग्रामीण क्षेत्रमा रहेको छोटी भन्सार कार्यालयमा कर्मचारीको दरबन्दी रहेपनि कर्मचारी नबस्दा भारतीय सवारीधनीले मनपरीरूपमा नेपाल प्रवेश गर्ने गरेका छन् । छुटपुर्जीका लागि वीरगञ्जसम्म पुग्दा खर्चिलो हुने गरेकाले नेपाल सरकारले छोटी भन्सारमै छुटपुर्जीको व्यवस्था गर्नुपर्ने माग भारतीय सवारीधनीहरुको छ ।

Read More »

पार्टी एकता टुङ्ग्याउन नेकपाद्वारा कार्यदल गठन

चैत १३ गते । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० म्याग्दीले स्थानीय तहमा पार्टी एकतालाई पूर्णता दिन कार्यदल गठन गरेको छ ।मङ्गलबार पार्टीका गण्डकी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङको उपस्थितिमा जिल्ला संयन्त्रको चौँथो बैठकले स्थानीय तह र जनवर्गीय सङ्गठनको एकताको खाका तयार पार्न कार्यदल गठन गरेको हो ।बैठकले एकतालाई छिटो टुङ्ग्याउनका लागि साङ्गठनिक एकीकरणसम्बन्धी काम गर्नका लागि नेता हरिकृष्ण श्रेष्ठ, गोविन्द पौडेल, बालकृष्ण सुवेदी र टेकबहादुर विश्वकर्मा रहेको कार्यदल गठन गरेको हो ।कार्यदलले चैत १७ गतेसम्म एकीकरणको ठोस प्रस्ताव पेश गर्ने निर्णय भएको जिल्ला इन्चार्ज भुपेन्द्रबहादुर थापाले जानकारी दिनुभयो । पार्टीको सम्पत्ति एकीकरण तथा लेवी निर्धारणका लागि गोविन्द पौडेल, हरिकृष्ण श्रेष्ठ, देवेन्द्र केसी र शेरबहादुर केसी रहेको कार्यदललाई चैत २० गतेभित्र प्रस्ताव पेश गर्ने जिम्मेवारी दिइएको उहाँले बताउनुभयो ।यस्तै पार्टीको गाउँपालिकास्तरमा भेला सञ्चालन र पार्टी एकताका विषयमा छलफल गरी राय सुझाव लिनका लागि बेनी नगरपालिकामा गोविन्द पौडेल र बालकृष्ण सुवेदी, मङ्गलामा टेकबहादुर विश्वकर्मा र देवबहादुर घले, मालिकामा नवराज शर्मा र रेशम जुग्जालीलाई जिम्मेवारी तोकिएको छ ।यसैगरी धवलागिरिमा खुमबहादुर बानियाँ र शेरबहादुर केसी, रघुगङ्गामा देवेन्द्र केसी र विनोद केसी, अन्नपूर्णमा हरिकृष्ण श्रेष्ठ र देवराज सुवेदीलाई जिम्मेवारी तोकिएको इन्चार्ज थापाले जानकारी दिनुभयो ।

विप्लब समूहका कार्यकर्ताद्वारा पार्टी परित्याग

नेत्रविक्रम चन्द ९विप्लव० समूहका एक कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । बेनी नगरपालिका–४ सिङ्गा तातोपानीका प्रेम श्रीषले स्थानीय सञ्चार माध्यममा पत्रमार्फत विप्लव समूहको कुनै पनि सङ्घ सङ्गठनको साधारण सदस्यसमेत नरहेको जानकारी गराउनुभएको हो । विसं २०५३÷५४ देखि जनमिलिसिया हँुदै उक्त समूहमा आवद्ध भएका श्रीष विप्लव समूहको जिल्ला सदस्य र सो समूह निकट मगर मुक्ति मोर्चाको केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।सरकारले विप्लव समूहलाई लगाएको प्रतिबन्धका कारण आफूमाथि पटक–पटक धरपकड भएको र पेशा व्यवसाय गर्ने वातावरण नभएकाले उक्त समूहबाट अलग भएर स्वतन्त्र नागरिकको रूपमा रहने श्रीषद्वारा प्रेषित पत्रमा उल्लेख छ ।यसअघि प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको र चलाउँदै आएको सवारीसाधन प्रहरी कार्यालयमा राखेको उहाँले बताउनुभएको छ ।

Read More »

सूचना प्रवाह : अर्थ उत्कृष्ट, ऊर्जा कमजोर

काठमाडौँ, चैत १३ गते । लोकतन्त्र र पारदर्शीताको एक स्तम्भ मानिने सूचनाको हकको कार्यान्वयमा कुन मन्त्रालय वा निकाय उत्कृष्ट होला रु झट्ट अनुमान गर्दा जनतालाई प्रत्यक्ष सेवा दिने र जनसम्पर्क भएका मन्त्रालय र निकायले प्रभावकारीरुपमा सूचना प्रवाह गरेका होलान् भन्ने लाग्नसक्छ तर यथार्थ त्यस्तो छैन ।

राष्ट्रिय सूचना आयोगको ¬‘सूचनाको हक कार्यान्वयनको परीक्षण प्रतिवेदन, २०७५’ ९आरटिआइ अडिट¬० ले आम जनताको प्राय ः पहुँच नहुने तर सबै निकाय र नागरिकलाई प्रत्यक्षअप्रत्यक्षरुपमा अनिवार्य सम्बन्ध राख्ने अर्थ मन्त्रालयलाई उत्कृष्ट देखाएको छ । अध्ययनमा समेटिएका सङ्घीय सरकारका कूल २१ मन्त्रालयमध्ये सो मन्त्रालयले मात्र शत् प्रतिशत अङ्क १०० प्राप्त गरेको छ ।

सबैभन्दा न्यून अङ्क ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयले पाएको छ । सो मन्त्रालयको प्राप्ताङ्क ५२ छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि ६० अङ्क मात्रै पाएको छ । अर्थ मन्त्रालयपछि बढी प्राप्ताङ्क पाउनेमा तत्कालीन कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको ९४ देखिएको छ तर ५० भन्दा कम प्राप्त गर्ने मन्त्रालय देखिएको छैन । यसमा ९१ देखि १०० अङ्क पाउने पाँच मन्त्रालय छन् ।

¬“जनतासँग प्रत्यक्ष जोडिएका आम सरोकारका धेरै मन्त्रालयको सूचना प्रवाहको अवस्था नाजुक देखिन्छ”, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराबाट आज सार्वजनिक प्रतिवेदनमा भनिएको छ, “नेपाली समाज बढी मौनतामा विश्वास गर्छ, समाजलाई खुलापनमा परिवर्तन गर्न अझै गाह्रो छ ।”

आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सम्बन्धित मन्त्रालयमा सूचना अधिकारीको व्यवस्था, सूचनाको स्वतः प्रकाशन, सूचना मागको दर्ता किताब, सूचना माग र प्रवाहको तथ्याङ्क सङ्ग्रह, सूचनासम्बन्धी सन्देशमूलक जानकारीको व्यवस्था, बेवसाइटमा सूचना अधिकारीको विवरण, बेवसाइट अद्यावधिक रहेको, सूचना प्रवाहमा अग्रसरता, सूचनाको हकसम्बन्धी तालीम र सूचनाको हकको समष्टिगत मूल्याङ्कनकोस्तरका आधारमा सो अध्ययन गरिएको जानकारी दिनुभयो ।

उहाँले राणा शासन र पञ्चायतकालको विरोध गर्दै परिवर्तनका लागि जनताले लडेर ल्याएको गणतन्त्रमा पनि दिन मिल्ने सूचना लुकाउने वा नदिने प्रवृत्ति हुनु दुःखलाग्दो विषय भएको बताउनुभयो । सञ्चार विज्ञ तथा उच्चप्रशासक सो अध्ययनमा परीक्षकका रुपमा रहनुभएको थियो ।
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिमगठित सो आयोगले दश प्रश्नवालीका आधारमा विसं २०७३ देखि यस्तो परीक्षण गरी प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । विश्वव्यापीरुपमा सम्बन्धित मुलुकको सूचनाको हकको कानून र नागरिकका सूचनाको हकको पहुँचको अवस्थाको मापनमा १२३ मुलुकको अध्ययनमा नेपाल २२ औँ स्थानमा छ ।

क्यानाडामा मुख्यालय रहेको ‘सेन्टर फर ल एण्ड डेमोक्रेसी’ ले सो वरियता तय गरेको हो । नेपालको यो वरिता तुलनात्मक रुपमा सुधारोन्मुख छ । संविधानको मौलिक हकमा सूचनाको हक उल्लेख भएको मुलुकमा भने नेपाल दक्षिण एशियामै पहिलो मानिन्छ ।

नेपालको संविधानको धारा २७ मा मौलिक हकका रुपमा सूचनाको हकलाई समावेश गरिए पनि जनताले अपेक्षितरुपमा सूचना नमागेको र प्रशासनिक संयन्त्रलाई अझै पारदर्शी बनाउन नसक्दा स्थिति सन्तोषजनक नभएको आयोगको ठहर छ । सो हकअन्तर्गत नागरिकलाई सार्वजनिक निकायमा रहेका सार्वजनिक सरोकार र आफ्नो सरोकारका सूचना माग्ने र प्राप्त गर्ने अधिकार हुन्छ । पछिल्लो समयमा आयोगले सूचनाको हकमा ¬‘जनता जगाउने महाअभियान¬’ सञ्चालन गरी कानूनको व्यवहारिक प्रत्याभूतिको अवस्था सिर्जनाका लागि पहल गरेको जनाएको छ । सन् १९६६ मा स्वीडेनमा सूचनाको हकसम्बन्धी पहिलो कानून बनेको थियो ।

Read More »

(आज विश्व क्षयरोग दिवस) रोगभन्दा रोगीलाई हेर्ने दृष्टिकोण जटिल बन्दै

काठमाडौँ, चैत १० गते । अन्तर्राष्ट्रिय विमानको चाप कम गर्दै पर्यटन प्रवद्र्धन गर्ने प्रमुख लक्ष्यसहित काठमाडौंबाहिर निर्माणाधीन दुई ठूला विमानस्थलको निर्माण तोकिएको समयभित्रै सम्पन्न हुन सम्भावना बढेको छ । अहिलेकै गतिमा काम भए गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा क्षेत्रीय विमानस्थलको निर्माण समयमै सकिने जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजना अन्तर्गत ती परियोजना प्राथमकिताका साथ अगाडि बढाएको हो ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको दुवै विमानस्थलको निर्माण कार्य द्रुत गतिमा अगाडि बढाइएको छ । भैरहवा र पोखरा विमानस्थलको वर्षदिन यताको प्रगतिले समयभित्रै सम्पन्न हुने आधार तयार गरेको नागरिक उड्डयन मन्त्रालयको अध्ययन अनुसन्धान शाखाका उपसचिव दुर्गा भुर्तेलले बताउनुभयो ।
भैरहवा विमानस्थलमा तीन हजार मिटरको धावनमार्ग, अन्तर्राष्ट्रिय र प्रशासनिक भवन एवम् कन्ट्रोल टावर निर्माण कार्य अन्तिम चरणमा छ । चार वर्षअघि सुरु भएको विमानस्थलको स्तरोन्नति वर्षदिन यता तिब्रता पाएको छ ।
अधिग्रहणमा परेको १४० विघा जग्गाको मुआब्जा वितरण भइरहेको छ । २८८ विघाको मुआब्जा वितरण पक्रिया पनि सँगसँगै अगाडि बढाइएको छ । धावन मार्ग चार ‘लेयर’को बनाउने लक्ष्य राखिएको छ । “तीन ‘लेयर’को सम्पन्न भएको छ, चौथो ‘लेयर’ राख्ने कार्य आजैभोलि सुरु हुन्छ”– बताउनुहुँदै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको आयोजना प्रमुख प्रवेश अधिकारीले निर्धारित समय यो असारभित्र सम्पन्न हुने दाबी गर्नुभयो ।
भैरहवा विमानस्थलको प्रगति ६७ प्रतिशत रहेको छ । उपकरण जडान, विद्युतीकरण लगायतको ३० प्रतिशत कार्य ‘स्ट्रक्चर’मा निर्भर रहेकाले सम्पन्न भएलगत्तै प्रगति प्रतिशत बढ्ने आयोजना प्रमुख अधिकारीले तर्क गर्नुभयो ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सजिञ्व गौतमले ‘इलेक्ट्रो मेकानिकल कम्पोनेन्ट’ र उपकरण जडानसँगै सञ्चालनको लागि आवश्यक ‘सर्टिफिकेसन’ प्रकियामा जाने जनाउनुभयो । अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम नै निर्माण भइरहँदा ‘सर्टिफिकेसन’मा समस्या नहुने प्राधिकरणका महानिर्देशक गौतमको तर्क छ ।
मुआब्जा वितरणमा मात्रै २३ अर्ब रुपियाँ खर्चिन लागेको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणतर्फ छ अर्ब ८२ करोड खर्च हुँदैछ । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको कार्य नर्थ इस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप चीनले लिएको छ ।
क्षेत्रीय विमानस्थलको रूपमा विकास गर्न लागिएको पोखरा विमानस्थलको निर्माण २०२१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले पोखरा विमानस्थलको निर्माण प्रगति सन्तोषजनक रहेको बताउनुभयो । पचास रोपनी जग्गा अधिग्रहणको लागि मुआब्जा निर्धारणको कार्य भइरहेको छ ।
‘अर्थवर्क’को काम ७० प्रतिशत सकिएको छ । रनवे, टयाक्सी वेको निर्माण अन्तिम चरणमा रहेको पोखरा विमानस्थलमा ‘डोमेस्टिक, इन्टरनेसनल एप्रोन’को निर्माण ९८ प्रतिशत सम्पन्न भएको जनाइएको छ ।
पोखरा विमानस्थलको पूर्ण स्वरुपको उडान भर्ने लक्ष्य दुई वर्षपछि (जनबरी २०२१) निर्धारण गरिएको छ । विमानस्थल निर्माण २०११ मै सुरु हुने भनिए पनि नेपाल र चीन सरकारबीच २०१७ को मार्च महिनामा ऋण सम्झौता भएको थियो । वर्षदिन यता विमानस्थलको निर्माणले तिब्रता पाएको छ ।
पोखरा क्षेत्रीय विमानस्थल आयोजनाका प्रमुख विनेश मुनाकर्मीले नेपाल सरकारले चालु आर्थिक वर्षभित्र ३५ प्रतिशत निर्माण हुने लक्ष्य राखेकोमा ४० प्रतिशत पु¥याउने दाबी गर्नुहुन्छ । ‘रन वे, ट्याक्सी वे’को काम २० दिनभित्रै सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा पाँच अर्ब बजेट विनियोजन गरिएकोमा चार अर्ब ५० करोड भुक्तानी भइसकेको छ । विमानस्थलको जग्गा अधिग्रहण गर्न मुआब्जामा तीन अर्ब ५० करोड रुपियाँ खर्चिएको छ ।
चौधवटा भवन निर्माणको कार्य अगाडि बढाइएको छ । आयोजना प्रमुख मुनाकर्मीले ‘बेस, सब बेस, एप्रोन’को कार्य सकिएको जनाउनुभयो । विमानस्थल निर्माणमा ७० प्रतिशत ‘स्ट्रक्चरल’काम गर्नुपर्ने हुन्छ । आयोजना प्रमुख मुनाकर्मीले ४० प्रतिशत सकेपछि अगामी आर्थिक वर्षभित्र ‘स्ट्रक्चर’ले पूर्णता पाउनेमा विश्वस्त रहेको बताउनुभयो ।
नागरिक उड्डयन मन्त्रालयका अध्ययन अनुसन्धान शाखाका उपसचिव भुर्तेलले थोरै अवधिमा ३० प्रतिशत काम सम्पन्न भएकोमा समयभन्दा अघि नै पोखरा विमानस्थलको निर्माण सम्पन्न हुने अनुमान गरिएको बताउनुभयो । विमानस्थल निर्माणमा जग्गा मुआब्जासहित २१ अर्ब ६० करोड लाग्ने अनुमान गरिएको छ ।
पोखरा नेपालको मात्र होइन, अन्तर्राष्ट्रिय पर्यटकीय गन्तब्य हो । “छोटो समयमा विदेशबाट पोखरामै अवतरण गर्न सकिने भएपछि पर्यटन प्रवद्र्धन र विविधिकरण सशक्त हुनेछ, अन्नपूर्ण पदमार्ग, तातोपानी जस्तो पर्यटकीय गन्तव्यको महत्व थप बढ्नेछ,” आयोजना प्रमुख मुनाकर्मीले बताउनुभयो ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि चीन, श्रीलङ्कासँगै दक्षिण कोरिया, थाइल्यान्डको पर्यटकको आगमनमा वृद्धि हुने अपेक्षा गरिएको छ । नयाँ विमानस्थल निर्माणसँगै मुलुकको एकमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई चाप कम हुनेछ ।
दुबै विमानस्थल निर्माणको अनुगमन र समन्वयात्मक प्रयास प्रभावकारी रहेको दाबी गरिएको छ । गौरवको आयोजना रहेकोले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजनाको निगरानीलाई प्राथमिकतामा राखेको छ । दुबै विमानस्थल राष्ट्रिय चासोमा पर्नुका साथै आर्थिक अभाव समेत नभएकाले समयमै सकिने प्राधिकरणका महानिर्देशक गौतमले दाबी गर्नुभयो ।

Read More »

ठूला विमानस्थल तोकिएकै समयमा बन्ने

आजबाट एसईई परीक्षा

काठमाडौँ, चैत १० गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आइतबारबाट सुरु हुँदैछ । परीक्षामा कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमीले जानकारी दिएको छ । गत २०७४ सालमा चार लाख ६३ हजार सात सय परीक्षार्थी सम्मिलित भएका थिए । परीक्षा चैत २१ गतेसम्म सञ्चालन हुनेछ ।
परीक्षा नियन्त्रक विष्णु अधिकारीले शैक्षिक सत्रमा कम्तीमा ७५ प्रतिशत हाजिरी पुग्नुपर्ने व्यवस्था भएकाले सो हाजिरी नपुगेका कतिपय विद्यार्थी परीक्षामा सम्मिलित हुन नपाउने भएकाले सहभागी हुने भनिएका परीक्षार्थीको सङ्ख्या घट्न सक्ने बताउनुभयो । नियमिततर्फ चार लाख ५० हजार १८६ परीक्षार्थी सहभागी हुँदैछन् । उहाँका अनुसार देशभरि एक हजार ९६९ परीक्षा केन्द्र कायम गरिएको छ ।
यसपटकबाट सातवटै प्रदेशमा साधारणतर्फका अनिवार्य छवटा विषयको छुट्टछुट्टै प्रश्नपत्र तयार गरिएको छ । संस्कृत र प्राविधिकतर्फका परीक्षार्थीका लागि भने एउटै प्रश्नपत्र हुनेछ । परीक्षामा ७२ हजार ६७१ जनशक्ति परिचालन हुनेछन् । तीमध्ये सुरक्षाकर्मीमात्र २९ हजार ५३५ छन् ।
यस वर्षबाट एसईई परीक्षा प्रदेशमार्फत सञ्चालन हुने भनी सरकारले घोषणा गरे पनि सङ्घीय सरकारले हस्तान्तरण नगरेको र प्रदेशले सञ्चालनका लागि चासो नदिएकाले सङ्घमार्फत परीक्षा सञ्चालन गरिएको छ ।

Read More »

सुरक्षा व्यवस्था कडा, तीन गोटेसँ मोटरसाइकल चढबा पर प्रतिवन्ध

जनकपुरधाम चैत ०७ गते ।होलीके मध्यनजर करैत स्थानीय प्रशासन जनकपुरमे सुरक्षा सतर्कता बढओलक अछि । होलीके वहानामे होबएबला कोनो प्रकारक अप्रिय घटनाके रोकबाक उद्देश्यसँ जिल्ला प्रहरी कार्यालय धनुषा जनकपुरमे सुरक्षा व्यवस्था कडा बनओलक अछि । होलीके दिन जनकपुरक शान्ति सुरक्षा चुस्त दुरुस्त रखबालेल नगर क्षेत्र भितर मात्र पैघ संख्यामे सुरक्षाकर्मी परिचालन करबाक तैयारी रहल प्रहरी उपरीक्षक शेखर खनाल जानकारी देलन्हि । पछिला वर्षसभक होलीक अनुभवके देखैत एहि वर्ष सुरक्षा व्यवस्थामे कडाई कएलगेल ओ बतओलन्हि । होलीके दिन तीन आदमी सवार भऽ कऽ मोटरसाइकल सञ्चालन पर पूर्ण रुपेँ प्रतिबन्ध लगाओलगेल अछि । तहिना मादक पदार्थ सेवन कऽ मोटरसाइकल सहित अन्य सवारी साधन चलएबा पर रोक लगाओलेल अछि तऽ उल्लंघन करएबला उपर कानुनी कारबाही कएल जाएत जिल्ला प्रहरी कार्यालय धनुषा जनओलक अछि । सभ्य आ सँस्कृत रुपेँ भाइचाराके पावनि होली खेलबालेल स्थानीय प्रशासन सम्पूर्ण सभसँ आग्रह कएने अछि । शान्ति सुरक्षा सुदृढ करबाक उद्देश्यसँ जनकपुरक प्रत्येक चौक पर सुरक्षाकर्मीके ड्युटीके संगहि मोटरसाइकल मोबाइल टोली, गाडीमे पुलिसक मोबाइल टोली, सादा पोषाक सहितक रुपमे सुरक्षाकर्मी परिचालन कएल जाएत जिल्ला प्रहरी कार्यालय धनुषा जनओलक अछि ।

Read More »

जनकपुरमे होली शुक्रदिन

जनकपुरधाम चैत ०७ गते ।जनकपुर सहित अगलबगल क्षेत्रमे शुक्रदिन होली मनाओल जा रहल अछि । पहाडी जिल्लासभमे बुधेदिन होली मनाओलगेल अछि । मुदा जनकपुरमे हरेक वर्ष अन्तगृह परिक्रमाक दोसर दिन होली मनएबाक परम्परा रहलाक कारण शुक्रदिन होली मनाओल जाएत । अन्तगृह परिक्रमा आई सम्पत्र भेल अछि ।
धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी सहितक मिथिलाञ्चल क्षेत्रमे विशेष उल्लासके साथ होली मनाओल जाति अछि । तराईक अन्य जिल्लासभमे सेहो खुशीयाली आ धुमधामकेसँग होली मनाओल जाति अछि । एकआपसमे रंग, अबीर लगा कऽ नाचि कऽ जोगिरा गाबि कऽ होलीके विशेष उत्सवके रुपमे मनाओल जाति अछि । रंसभक पावनि होली आपसी मेलमिलाप आ सदभावनाके सन्देश दैत अछि । होलीक अवसर पर इष्टमित्र, परिवार आ साथी भाय एक स्थान पर जम्मा भऽ कऽ रंग अबिरसँ मनोरञ्जन करबाक परम्परा अछि । त्रेतायुगमे हिरन्यकश्यपु नामक दानव अपन पुत्र भगवान प्रल्हादकेँ मारएलेल अपन बहिन होलिकाके सँग आगिमे राखि देने छल । भगवान विष्णुक प्रतासँ प्रल्हादकेँ किछु नहि भेल मुदा आगिसँ नहि जरबाक वरदान प्राप्त होलिका ओहि अग्नीमे जरि कऽ नष्ट भऽ गेल कम्बन्दती होली पर्वसँ जुडल अछि । होलिका दहनके स्मरणमे जनकपुरक विभिन्न चौक चौराहा पर संवत सेहो जराओल जाति अछि ।हिन्दु धर्मावलम्बीसभ एहिके महत्वपूर्ण पावनिके रुपमे लैत अछि । एम्हर होलीके अवसर जनकपुरक विभिन्न युवा क्लबसभ मटका फोर कार्यक्रमके आयोजना कएने अछि । तहिना होलीके मध्यनजर करैत जनकपुरक सुरक्षा व्यवस्था कडा बनाओलगेल जिल्ला प्रहरी कार्यालय धनुषा जनओलक अछि ।

Read More »

मेयर साह एहि वर्षक महामुर्ख

जनकपुरधाम चैत ०७ गते ।प्रत्येक वर्ष जँका एहुबेर होलीके पूर्व संध्यामे जनकपुरमे महामुर्ख सम्मेलनक आयोजन कएलगेल अछि । हिन्दु धर्मावलम्बीसभक पावनि होलीके अवसर पर मिथिला नाट्यकला परिषद (मिनाप) महामुर्ख सम्मेलनक आयोजन कएलक अछि । आधुनिकताके कारण होलीके मौलिकता हरा रहल कहैत मिनाप हरेक वर्ष महामुर्ख सम्मेलन आ होरी महोत्सवके आयोजन करैत आबि रहल अछि । बुधदिन जानकी मंदिरक प्रांङणमे मिनापद्धारा आयोजना कएलगेल महामुर्ख सम्मेलनमे एहि वर्ष जनकपुरधाम उपमहानगरपालिकाक मेयर लालकिशोर साहकेँ महामुर्खक उपाधि देलगेल अछि । विशिष्ट व्यक्तिके महामुर्खक उपाधी देबक विगत २२ वर्षक परम्परा अनुसार मिनाप एहि वर्ष साहकँे उपाधि देने अछि । विगत वर्ष मिनाप राष्ट्रियसभा सदस्य वृषेशचन्द्र लालकेँ महामुर्ख उपाधि देने छल । छथि । एहिसँ पहिने मिनाप वरिष्ठ राजनीतिक विश्लेषक सीके लाल, राजनीतिज्ञ रामचन्द्र झा, वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, समाजसेवी पवन सिंहानीया सहितक व्यक्तिके महामुर्खक उपाधिसँ सम्मानित कऽ चुकल अछि । संगहि एहि अवसर पर अन्यसभकेँ पटमुर्ख, डपौरशंख सहितक उपाधिसँ सम्मानित कएलगेल । एहि अवसर पर जनकपुरक विभिन्न व्यक्तिसभकेँ विभिन्न उपाधि सेहो दलगेले छल । तहिना बहुतरास कविसभ होलीक अवसर पर व्यंगात्मक कविता एवम जोगिरा वाचन कएने छलथि ।
महामुर्ख सम्मेलनक मानपदवी
रामचन्द्र मण्डल (प्रदेशसभा सदस्य)– वैशाख नन्दन
परमेश्वर साह ( प्रमुख सचेतक राजपा) – डपौर शंख
मेघनाथ यादव (अध्यक्ष नेपाल शिक्षक संघ प्रदेश २)– बज्रकीट
परमेश्वर कापडि (मैथिली विभागक पूर्वअध्यक्ष)– हराशंख
जीवनाथ चौधरी (अध्यक्ष मैथिली विकास कोष)– मुसरी लाल
कृष्णा सिंह (प्रवक्ता राजपा)– वंशकुरहरि
रोशन जनकपुरी (साहित्यकार)– चपाट नन्दन
मनोजकुमार चौधरी (अध्यक्ष बस व्यवसायी संघ) – बोतलानन्द
सम्झना वर्मा (कांग्रेस नेतृ)– जिलेबिया
पुनम झा मैथिल (कवियत्री)– मनतोरिया
उदय बरबरिया (मेयर शहीदनगर नगरपालिका)– लोरहा शंकर

Read More »

आई अन्तगृह परिक्रमा, लाखौके सहभागिता

जनकपुरधाम चैत ०७ गते ।मिथिलाक प्रसिद्ध १५ दिनक धार्मिक यात्रा मिथिला मध्यमा परिक्रमा वृहस्पतिदिन सम्पन्न भऽ रहल अछि । १४ दिन धार्मिक यात्रा पुरा कऽ अन्तिम दिन जनकपुरक परिक्रमा कऽ नेपालक सभसँ पैघ धार्मिक यात्रा सम्पन्न होइत अछि । धनुषाक ठेरा कचुरीसँ मिथिला बिहारीक डोलासँग शुरु भेल मिथिला मध्यमा परिक्रमा जनकपुरक अन्तगृह परिक्रमा करैत सम्पन्न होइत अछि । परिक्रमामे आने वर्षजँका लाखौके संख्यामे श्रद्धालुसभक सहभागिता देखलगेल अछि । नेपाल तथा भारतक विभिन्न धार्मिक स्थानक परिक्रमा कऽ वृहस्पतिदिन जनकपुर पहुँचल परिक्रमा अन्तगृहके बाद सम्पन्न होेइत अछि । अन्तगृह परिक्रमाक क्रममे श्रद्धालु जनकपुर क्षेत्रक पाँच कोशक परिक्रमा करैत अछि जाहि कारणेँ एकरा पँचकोशी परिक्रमा सेहो कहल जाति अछि । अन्तगृह परिक्रमा कएलाक बाद पारिवारिक सुख, स्वास्थ्य लाभ आ दिर्घायु भेटैत अछि जनविश्वास अछि । नेपाल भारत दुनु देशक धार्मिक साँस्कृतिक एवम पारम्परिक सदभावक प्रतिक बनल परिक्रमा यात्रामे नेपालक १२ तथा भारतक ३ स्थानमे विश्राम स्थल अछि । मिथिला महात्ममे एहि विश्राम स्थलके पौराणिक एवम धार्मिक महत्वके विषयमे अलग अलग व्यख्यान कएलगेलाक कारण भक्तजनसभमे अटुट आस्था रहल अछि । मिथिला महात्म अनुसार १८ अम शताब्दीसँ एहि धर्म यात्राकेँ माध्यमिकी परिक्रमाके रुपमे मनाओल जा रहल अछि । सभसँ लम्बा दुरीके एहि धार्मिक यात्रामे नेपालमे १०७ आ भारतमे २६ कऽ कऽ कुल १३३ किलोमिटर भूमिके पैदल यात्रा तय कएल जाति अछि । परिक्रमामे भारतक अयोध्या, मथुरा, हरिद्धार, दरभंगा, सीमाढी, बैधनाथधाम सहितक स्थानक साधुसंतसभक उल्लेख्य रुपमे सहभागीता छल ।
परिक्रमामे सहभागि श्रद्धालुसभक सुविधाके ध्यानमे रखैत स्थानीय युवा क्लब, संघ संस्था निः शुल्क शिविरसभकेँ सञ्चालन करैत आएल अछि । शिविरमे परिक्रमामे सहभागी तिर्थालुसभक लेल निःशुल्क दवाई, पानि, खाधान्न समाग्री वितरण कएल जाइत अछि । जनकपुर युथ क्लब, संरचना नेपाल, बाल्मिकि सेवा समिति, पिडाडी युवा क्लब सहितक संघ संस्थासभ शिविर सञ्चालन कऽ कऽ श्रद्धालुसभकेँ सेवा प्रदान करैत आएल अछि । एम्हर परिक्रमाके देखैत स्थानीय प्रशासन शान्ति सुरक्षा कायम करबालेल पैघ संख्यामे सुरक्षाकर्मी परिचालन कएने अछि ।

Read More »
1 10 11 12 13 14 67