स्थानीय

प्रदेश नं २ को समृद्धिका लागि प्रधानमन्त्रीको प्रतिबद्धता

2

जनकपुरधाम, भदौ २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालमा सबै भन्दा बढी विकास प्रदेश नं २ मा नै हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।प्रदेश नं २ को आज प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा यस प्रदेशमा समृद्धिका हरेक उपायहरुलाई अबलम्बन गर्ने बताउनुभयो ।उहाँले यस प्रदेशमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, पूर्व–पश्चिम रेल्वे, फास्ट ट्र्याक निर्माण, औद्योगिकग्राम स्थापना, धार्मिकस्थलको संरक्षण र विकास, मेडिकल कलेज र विश्व विद्यालयको स्थापना, सिँचाइका पूर्वाधारहरुको विकास, कल कारखानाको स्थापना, जनता आवास योजना, तराईमा प्रत्येक वर्ष हुने आगलागीबाट बचाउनको लागि टिनको छाना निर्माण लगायतका विकास निर्माणका योजना विस्तारको गृहकार्य अगाडि बढाइएको जानकारी दिनुभयो ।प्रधानमन्त्री ओलीले युवालाई वैदेशिक रोजगारीमा जान रोक्नको लागि आवश्यक रोजगारीका अवसर सिर्जना गरिने बताउँदै प्रदेश नं २ अन्य प्रदेशको तुलनामा सम्भावना बोकेको प्रदेश भएको हुँदा परिवर्तन ल्याउनको लागि अब बिलम्ब गर्न नहुने बताउनुभयो ।उहाँले प्रदेश नं २ ले कुल जिडिपीको १६.२ प्रतिशत योगदान मात्र पु¥याइरहेकोमा यो प्रतिशत बढाउन उचित सिँचाइ र कृषिको आधुनिकिकरण गरिनुपर्ने बताउनुभयो । उहाँले तराई–मधेसमा चुरे संरक्षण गर्न नसकेका कारण यहाँका उर्वरभूमि मरुभूमिकरण तर्फ उन्मुख भएको हुँदा यसलाई रोक्नुपर्ने आवश्यत्ता औँल्याउनु भयो ।उहाँले तराई–मधेस भएर बग्ने ठूल–ठूला नदी जस्तै कोशी–कमला डाइभर्सन लगायतका सिँचाइका आयोजना कार्यान्वयन तर्फ अग्रसर हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।प्रधानमन्त्री ओलीले भन्नुभयो, “मधेसको उर्वरभूमिको सही सदुपयोग गर्न सक्नुपर्दछ । सहकारिताको माध्यमबाट यहाँ उत्पादन हुने अन्न, फलफूल विदेश निर्यात गर्न सक्नुपर्दछ ।” उहाँले शहरी विकास मन्त्रालयले ७० प्रतिशत बजेट तराई– मधेसको लागि छुट्याएको जानकारी दिँदै पाँच वर्षभित्र हुलाकी सडक निर्माण सम्पन्न हुने बताउनुभयो ।प्रधानमन्त्री ओलीले भन्नुभयो, “रेलगाडी, कलकता बन्दरगाह जाने पानी जहाज सबै यही प्रदेश भएर कुद्ने छ ।” उहाँले नेपालको झण्डा फरफराएर हिँडेको पानी जहाज समुद्रमा कुदेको नेपाली जनताले देख्ने बताउनुभयो ।प्रधानमन्त्री ओलीले जनता आवास योजना अन्तर्गत प्रदेश नं २ को ८ जिल्लामा एक÷एक हजारको दरले आठ हजार घर निर्माण गरिने र आगलागीबाट जोगाउनको लागि खरको छाना हटाएर टिनको छाना लगाउने योजना रहेको जानकारी दिनुभयो ।उहाँले जनकपुरधामस्थित मणिमण्डपमा उत्खननबाट भेटिएको पौराणिक वस्तुलाई दृष्टिगत गर्दै यसको संरक्षण तथा सम्बद्र्धन गर्नको लागि मणिमण्डप निर्माण गर्नको लागि सरकारले बजेटको व्यवस्था गरेको जानकारी दिनुभयो । उहाँले यस प्रदेशमा एक विश्व विद्यालयको स्थापना तथा राजविराजमा गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको नाममा एक मेडिकल कलेजको स्थापना गर्ने सोच रहेको बताउनुभयो ।प्रधानमन्त्री ओलीले जनकपुर प्राचीनकालदेखि नै बौद्धिक वर्गको क्षेत्र रहेको बताउँदै अहिले यस क्षेत्रमा देखिएको दाइजो, बोक्सीको नाममा महिलामाथि हुने हिंसा देखेर आफ्नो मन दुखेको बताउनुभयो । उहाँले अन्धविश्वास, असभ्यता र अमानवियताको विरुद्ध आफैले आफैलाई सच्याउनुपर्ने आवश्यकतामा जोड दिँदै विभेद्कारी मानसिकताको अन्त्य हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।यस प्रदेशमा धार्मिक पर्यटनको सम्भावनालाई मध्यनजर गर्दै जलेश्वर, सिम्रोनगढ, जनकपुर, धनुषाधाम, सखडाभगवती लगायतका धार्मिकस्थललाई विकास गर्ने सोच सरकारको रहेको प्रधानमन्त्री ओलीले जनाउनुभयो । प्रधानमन्त्री ओलीले आफूले भारतीयमन्त्री नरेन्द्र मोदीलाई जनकपुर र मुक्तितनाथको दर्शन गराएपछि यस क्षेत्रमा पर्यटकको उल्लेख्य वृद्धि भएको चर्चा गर्नुभयो ।प्रधानमन्त्री ओलीले पूर्व–पश्चिम तथा उत्तरदक्षिण रेल्वे निर्माण जसरी पनि गर्ने आफ्नो इच्छा रहेको बताउँदै यसका लागि दुबै छिमेकी राष्ट्रसँग सकारात्मक रुपले संवाद भइरहेको बताउनुभयो । उहाँले रेल्वे सञ्चालनपछि यहाँका उत्पादनलाई अन्य देशमा निर्यात गर्न र अन्यत्रबाट मालसामान आयात गर्न पनि सहज हुने छ भन्नुभयो ।प्रधानमन्त्री ओलीले सङ्घीय सरकार कुनै किसिमले पनि विभेद्कारी नरहेको बताउँदै प्रदेश सरकारले योजना बनाएर दिए कार्यन्वयनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले राजनीतिलाई हारजित हैन यसलाई राष्ट्र निर्माणको एउटा माध्यम बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।उहाँले विभिन्न राजनीतिक दलमा भएको विविधतालाई कलहको विषय बनाउन नहुने भन्दै आफू सप्तरीको जनतालाई आफ्ना कुरा भन्न गएको र उक्त कुरा बताएर फर्किंदा राजमार्गमा पुगिसकेपछि मलेठमा गोली चलेको थाहा पाएँ, त्यो गोली किन चल्यो, कसरी चल्यो, कसले चलायो आफूलाई केही थाहा नभएको उल्लेख गर्नुभयो ।प्रधानमन्त्री ओलीले भन्नुभयो, “कसै कसैले हल्ला चलाएको छ, संविधान संशोधन हुँदैन, त्यसमा कुनै सत्यता छैन ।” उहाँले समय, जनताको भावना र आवश्यकता अनुसार संविधान संशोधन हुने बताउँदै यस्ता आफवाह र हल्लाकोपछि नलाग्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “संविधान गतिशील छ, यो आवश्यकताअनुसार संशोधन हुन्छ ।”प्रधानमन्त्री ओलीले जन्मको आधारमा नागरिकता प्राप्त गरेका सन्तानले वंशजको नागरिकता पाउने बताउँदै, यसको लागि चाडै नै नियम लागू हुने जानकारी दिनुभयो । उहाँले बाबु वा आमामध्ये एकजना कसैको नेपाली नागरिकता भए उसका सन्तानले नागरिकता पाउने कानूनी व्यवस्था भइरहेकोसमेत जानकारी दिनुभयो ।उहाँले लोकतन्त्र सबैभन्दा राम्रो शासन पद्दति भएको बताउँदै जनताले दिएको विश्वास र अभिभारालाई जनप्रतिनिधिले कायम राख्न सक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको विश्वासलाई धोका दिनुहुँदैन, जनतालाई लोकतन्त्र भनेको विधिको शासन हो, भन्ने कुरालाई सार्थक बनाउनेकार्य जनप्रतिनिधिबाट हुनुपर्दछ ।”प्रधानमन्त्री ओलीले अहिले दुबै छिमेकी राष्ट्र भारत र चीनसँगको सम्बन्ध उत्तिकै राम्रो रहेको बताउँदै ‘समृद्ध नेपाल सुखी नेपाल’ भन्ने हाम्रो अभियानलाई सार्थक बनाउन सबैतिरबाट सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो ।उहाँले विभिन्न क्षेत्रमा भारतले बाँधेको बाँध र त्यसबाट उत्पन्न डुबानको समस्याका बारेमा भारतीय प्रधानमन्त्रीसँग खुलस्त रुपमा कुरा गरेको र भारतीय प्रधानमन्त्री मोदी समस्या समाधानका लागि सकारात्मक रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “भारत नेपालको साझा समस्यालाई पारस्परिक रुपमा समाधान गरिनुपर्दछ, भारत यसको लागि सकारात्मक छ ।”प्रदेश सभामुख सरोज यादवको अध्यक्षतामा भएको प्रदेश २ को प्रदेशसभा बैठकलाई प्रधानमन्त्री ओलीले १ घण्टा ३८ मिनेटको समय लिएर सम्बोधन गर्नुभएको थियो ।

Read More »

प्राविधिक वार्ता टोली भोलि भारत जाने

काठमाडौँ, साउन २२ गते । भारतसँगको वाणिज्य सन्धि पुनरावलोकन गर्नका लागि नेपाली प्राविधिक वार्ता टोलीे बुधबार भारत जाने भएको छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रवीशङ्कर सैँजुको नेतृत्वको टोलीले सन् २००९ मा भएको नेपाल भारत वाणिज्य सन्धि कार्यान्वयन गर्दा हालसम्म देखिएका कमी, कमजोरी तथा आगामी दिनमा गर्नुपर्ने सुधारका बारेमा कार्यसूची तय गरेर भारत जाने भएको छ । Read More »

Read More »

नवनियुक्त राज्यमन्त्रीले लिए शपथ

 

 

 

 

 

 

 

जनकपुरधाम- प्रदेश २ सरकारले नियुक्त गरेको राज्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन्। बुधबार जनकपुर चुरोट कारखाना परिसरस्थित प्रदेश मुख्यालयमा आयोजित एक समारोहकाबीच राज्यमन्त्रीहरु सुरेश मण्डल, डिम्पलकुमारी झा र अभिराम शर्माले पद तथा गोपनियताको शपथ लिएका हुन्।

तीन राज्यमन्त्रीको शपथ ग्रहणसँगै प्रदेश २ सरकारले पूर्णता पाएको छ। प्रदेश सरकारले सरकार गठन भएको पाँच महिनापछि मन्त्रिपरिषदलाई पूर्णता दिएको हो ।

मण्डलले उद्योग तथा पर्यटन, झाले भौतिक पूर्वाधार र शर्माले सामाजिक विकास राज्यमन्त्रीमा शपथ लिएका छन्। नवनियुक्त राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री लालबाबु राउतले पद तथा गोपनियताको शपथ दिलाएका छन्।

संघीय समाजवादी फोरम र राजपा गठबन्धनको प्रदेश २ सरकारमा फोरमले आफ्ना मन्त्रीहरु पठाइ सकेपनि आन्तरिक विवादका कारण राजपाले नाम पठाउन सकेको थिएन्।

 

 

 

 

 

Read More »

शुरु भयो डुबानको मौसम : सिरहा जलमग्न (फोटोफिचर)

सिरहा  । लागातारको वर्षाले मिर्चैयाको विभिन्न चोकमा पानी जमेकाले जनजीवन प्रभावित भएको छ । शनिबारदेखि भइरहेको बर्षाले मिर्चैयाको केन्दुबिन्दु मानिने थाना चौक, बजार एरिया र कटारी चौक लगायतका स्थानहरुमा पानी जमेकाले आवतजावतमा समस्या भइरहेको छ ।

नालाको उचित व्यवस्थापनको अभावमा मिर्चैयामा पानीको निकास नहुँदा पूर्व पश्चिम लोकमार्गमा समेत पानी जमेकोले सबारीसाधन आगमनमा समस्या भईरहेको छ । मिर्चैयामा नाला निर्माणका लागि खनिएका खाल्डोहरु अधुरै रहँदा स्थानीय व्यवसायीहरुको पसलको अगाडी पानी जमेकोले थप सकस भएको छ । मिर्चैयाको थाना चौक एरिया र बजार एरियाको अधिकांश घरमा पानी पसेको छ । वर्षाले मिर्चैयाका सडक तथा बाटोहरु जलमग्न र हिलाम्य भएको छ ।

मिर्चैया नगरपालिका अन्तर्गत रहेका जिर्ण एवम् कच्ची सडक तथा गल्लीको सडकहरु पनि वर्षाले हिलाम्य भएको हो ।

नगरभित्र ढल तथा पानी निकासको लागि नालाको उचित व्यवस्थापन नहुँदा समान्य वर्षा हुँदा पनि पानी सडकमै जम्ने गरेकाले हिलाम्य हुने गरेको छ ।

सडकमा पानी जमेर हिलाम्य हुँदा पैदल हिँडडुल गर्न समेत कठिनाई भएको छ । पटक–पटक यस्ता समस्याहरुले मिर्चैया नगरपालिकाबासी आजित भएपनि नगरपालिकाले समस्या समाधान गर्न खासै चासो देखाएको छैन ।

पानीको उचित निकास नहुँदा सर्बसाधारणको घर–घरमा पानी पसेपनि नगरपालिकाले कुनै चासो नदिएको राजपा नेपालका नेतृ चन्द्रकला साहले आरोप लगाइन् ।

वर्षाले जिल्ला मिर्चैयाको साथै, गोलबजार, लहान, सुखिपुर, कल्याणपुर, बस्तिपुर, धनगढीमाई, सिरहा सदरमुकाम लगायत ग्रामिण क्षेत्रको सडक प्रभावित बनेको छ ।

 

Read More »

किसानको पीडा : भारतले किन छाड्दैन नहरमा पानी ?

पर्सा । भारतको तर्फबाट गण्डक नहरमा पानी आउँदा नेपालको खेतीकिसानी प्रभावित भएको छ ।

गण्डकको नहर भारतीय भूमि, पर्साको जानकी टोल हुँदै रौतहटको बागमतीसम्म पुगेको छ । तर गत साउन २७, २८ र २९ गते आएको बाढीले नहरमा पुर्याएको क्षति हालसम्म मर्मत सम्पन्न नहुँदा किसान मर्कामा परेका छन् ।

भारत र नेपाल दुवैतर्फ गण्डक नहरको मर्मत कार्य भइरहेको नारायणी सिंचाइ व्यवस्थापन डिभिजन कार्यालयका प्रमुख राजेन्द्रप्रसाद साहले बताए । उनी भन्छन्, ‘भारतले पानी नदिएको होइन । गत वर्ष आएको बाढीका कारण नहरमा थुप्रै क्षति भएको छ । क्षति भएको ठाउँमा मर्मत भइरहेकोले पानी आउन ढिला भएको हो ।’

भारततिर १० भन्दा बढी ठाउँमा क्षति पुर्याएको छ । यही क्षतिका कारण गत गहुुँको सिजनमा पनि पानी दिएको थिएन । अहिले पनि मर्मत कार्य धमाधम भइरहेको भारतको रामनगरमा रहेका जल संसाधन विभागका प्रमुख शैलेन्द्र प्रसादले दाबी गरे ।

उनले रातोपाटीसँग फोनमा कुरा गर्दै भने, ‘आज पनि काम भइरहेको थियो तर पानी पर्न थालेपछि काम रोकिएको हो । मौसमले साथ दियो भने जुलाई १० तारिखभित्र पानी छाड्नेछौँ । यदि यस्तै पानी परिरह्यो भने नहरमा समयमा पानी छाड्न गाह्रो हुन्छ ।’

डिभिजन कार्यालयका प्रमुख साहले यदि नहर सञ्चालनमा आएन भने वैकल्पिक उपाय अपनाउने बताए । उनले भने, ‘मलाई विश्वास छ २५ देखि ३० गतेभित्रमा पानी आउँछ तर मौसम खराब भयो र ठेकेदारले काममा लापरवाही गरे भने ढिलो पनि हुनसक्छ । ढिलो भयो भने वैकल्पिक उपाय अपनाउनेछौँ ।’

किसानलाई मर्का परिरहेको कुरा आफूलाई पनि थाह भएको र अहिले त्यसको व्यवस्थापनमा लागेको बताउँदै उनले भारतीय पक्षलाई पनि काम छिटो सकियोस् र पानी छाड्न पाइयोस् भन्ने चाहना रहेको बताए ।
विहार सरकारले पनि त्यहाँका जल संसाधन विभागलाई छिटो मर्मत कार्य सकेर नेपाललाई पानी छाड्न निर्देशन दिएको प्रमुख साहले बताए ।

गण्डक सम्झौताअनुसार भारतले नेपालतर्फ आठ सय क्युसेक पानी छाड्नुपर्छ । तर केही वर्षयता मुस्किलले ५ सयदेखि ६ सय क्युसेक मात्रै पानी छाड्ने गरेको यहाँका किसान बताउँछन् । नहर दुई हजार छ सय क्युसेक क्षमताको रहेको छ ।

सन् १९७६ मा भारतले दुई चरणमा गण्डक नहर निर्माण सम्पन्न गरेर नेपाललाई हस्तान्तरण गरेको थियो । पर्साको जानकी टोलबाट नेपाल प्रवेश गर्ने र रौतहटको बागमतीमा गएर मिसिने नहरलाई पूर्वी नहर भन्ने गरिन्छ । यो नहर ९५ किलोमिटर लामो छ । पर्सादेखि रौतहटसम्मको ३१ हजार ४ सय हेक्टर जग्गालाई सिञ्चित गर्ने लक्ष्य रहेको सम्झौतामा उल्लेख छ । तर भारतले पर्याप्त मात्रमा पानी नछाडेका कारण रौतहटसम्म समेत पानी नपुगेको किसानहरूले पीडा सुनाए ।

 

Read More »

सरकारलाई १३ वटा विधेयक मस्यौदा हस्तान्तरण

धनुषा– प्रदेशका लागि आवश्यक कानून निर्माण गर्न सरकारले गठन गरेको विधेयक मस्यौदा सहजीकरण समितिले १३ वटा विधेयक निर्माणपछि प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।

समितिका संयोजक एवं प्रदेश नं. २ का मुख्यन्यायधिवक्ता दिपेन्द्र झाले मुख्यमन्त्री लालबाबु राउतलाई सोमबार ति विधेयक मस्यौदाहरु हस्तान्तरण गरेका हुन् ।

यस अघि नै समितिले बुझाएको ८ वटा विधेयक मध्ये २ वटा प्रदेश सभाले पारित गरि सकेको छ भने अन्य ६ वटा विधेयक प्रदेश सभामा छलफलका क्रममा रहेका छन् ।

समितिले सोमबार हस्तान्तरण गरेको विधेयकहरुमा  लैङ्गिक तथा  घरेलु हिंसा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, विद्युत प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक २०७५ , प्रदेशीय व्यवस्था बमोजिम वन जंगल संरक्षण र व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेश नं. २ गुठी व्यवस्थापन विधेयक, २०७५, प्रदेश नं. २ को विश्वविद्यालयसम्बन्धी व्यवस्था गर्न बनेको ऐन २०७५,  प्रदेश नं. २ फ्रिक्वेन्सी मोडुलेशन (एफ. एम. रेडियो) सञ्चालन तथा नियमन गर्न बनेको विधेयक, २०७५, प्रदेश नं. २ वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको सामाजीक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक, २०७५, प्रदेश नं. २ प्रदेश लोक सेवा आयोग (कार्य्विधि) सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक, २०७५, प्रदेश २ शिक्षा ऐन , २०७५,  प्रादेशिक प्रशासनका लागी आवश्यक कर्मचारी भर्ना सम्बन्धि विधेयक, २०७५, गाउँ सभा र नगर सभाको कानून निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ , प्रदेश नं २ कोप्रदेश सभासचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेश प्राकृतिक प्रकोप व्यवस्थापन सम्बन्धि विधेयक २०७५  छन्  । यसअघि प्रदेश सभा दर्ता भएका विधेयकहरुमा मुख्यमन्त्री तथा मन्त्रीहरुको सेवा सुविधा सम्बन्धि विधेयक र प्रदेशसभा पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधा सम्बन्धि विधेयक पारित भै सकेको छ भने, मुख्य न्यायाधिवक्ताको काम कर्तव्य तथा अधिकार सम्बन्धि विधेयक, नीति आयोगको  काम कर्तव्य तथा अधिकार सम्बन्धि विधेयक , प्रदेश प्रहरी ऐन २०७५, जिल्ला नगर तथा गाँउ सभा संचालन सम्बन्धि कार्य्विधि विधेयक , लिखत प्रमाणीकरण सम्बन्धि विधेयक २०७५ , स्थानीय तह पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धि विधेयकमाथि छलफल जारी छ ।

 

Read More »

महोत्तरी जिल्लामा सात हजार भन्दा बढी बालबालिका कुपोषणको शिकार

गौशाला ।  महोत्तरी जिल्लामा छ महिनादेखि ५९ महिनासम्मका सात हजार बढी बालबालिका कुपोषणको शिकार भएका छन् ।

जिल्ला अस्पताल महोत्तरीका चिकित्सक गिरेन्द्र झाले जिल्लाको दुई हजार २०० बालबालिकामा कडा कुपोषण र पाँच हजार दुई बालबालिकामा मध्यमखालका कुपोषण फेला परेको बताए।

चिकित्सक झाका अनुसार जिल्लाको ग्रामीण भेगमा बसोबास गर्ने बालबालिका गरिबीका कारण चाहिए जति खाना खान नपाएर कुपोषणका शिकार भएका छन् । त्यस्तै शहरी क्षेत्रका बालबालिका सन्तुलन मिलाएर खाना नखाएका कारण कुपोषणको शिकार भएका छन् ।

जिल्ला अस्पताल महोत्तरीले जिल्लाका बालबालिकामा फेला परेको कडा खालको र मध्यम खालको कुपोषण हटाउनका लागि जिल्ला अस्पताल जलेश्वरलगायत जिल्लाको अन्य करीब एक दर्जन विभिन्न अस्पताल तथा स्वास्थ्यचौकीमा विशेष कार्यक्रम लागू गरिएको छ ।

महोत्तरी जिल्लामा अहिले छ महिनादेखि ५९ महिना उमेर समूहका ७० हजार ६२५ जना बालबालिका रहेका छन् ।

 

Read More »

अभिभावक भन्छन्, ‘शिक्षिकाले पिट्दा छोराको अप्रेशन नै गर्नुपर्यो’

बीरगञ्ज । वीरगञ्जको गोल्डेन फ्युचर सेकेण्डरी स्कुलकी शिक्षिकाले विद्यार्थीलाई हिर्काउँदा विद्यार्थीको अपरेशन नै गर्नुपरेको हो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १० अशोक वाटिका बस्ने मनोज ठाकुरको छोरा आलोक शर्मालाई शिक्षिका सुमन झाले कुटपिट गर्दा उनको ढाँडमा चोट लागेर अपरेशन नै गर्नुपरेको पीडित परिवारले बताएका छन् ।

गएको जेठ २७ गते गोल्डेन फ्युचर सेकेण्डरी स्कुलमा अध्ययनरत विद्यार्थी आलोकलाई तेश्रो घण्टीमा शिक्षिका सुमनले व्याकरण पढाउने क्रममा प्लाष्टिकको पाइपले ढाँडमा हिर्काउदा चोट लागेको बालकले बताएका छन् ।

घरमा अभिभावकलाई भने विद्यालयमा शिक्षकबाट फेरी कुटाई खाने डरले आलोकले केही पनि नभनेको तर हिँड्नलाई पनि अप्ठ्यारो गर्ने, खाना पनि नखाने गरेपछि परिवारले उनलाई चिकित्सकलाई देखाएका थिए ।

चिकित्सकले औषधी लेखेर दिएपछि पनि ठीक नभएपछि पुन डा.रोशन अलीकोमा भर्ना गराएपछि एक्सरे गराउँदा डाक्टरले अपरेशन गर्नुपर्ने बताए । ढाँडामा लागेको चोटको बारेमा आलोकले शुरुमा नबताए पनि केही दिनपछि विद्यालयमा शिक्षकले कुटेको बताएका थिए ।

यस विषयमा विद्यालयमा पनि जानकारी गराउँदा समेत विद्यालयबाट कुनै किसिमको जवाफ नआएको पीडितका अभिभावकले बताए । उनीहरुले विद्यालयकी शिक्षिकाले नै लठ्ठीले हिर्काएको आरोप लगाएका छन् । तर, विद्यालयका प्रिन्सिपल डिजे गुरुङले भने विद्यालयमा २७ गते तीनजना विद्यार्थीहरुबीच झगडा भएपछि सामान्य सजाय मात्रै दिएको बताएका छन् । उनले २८ गतेदेखि विद्यालय बन्द भएपछि शिक्षिकाले त्यसरी कुटपिट गरेको आफूलाई कुनै जानकारी नभएको बताउदै यस विषयमा विद्यालय खुलेपछि छानविन गर्दा समेत त्यस्तो कुटपिट नभएको दावी गरे ।

उनले विद्यालय बन्द भएपछि पनि धेरै दिनपछि मात्रै अभिभावकहरुले आपूmलाई जानकारी दिएको र सोही अनुसार आपूm अस्पतालमा पुगेर घाइते बालक र अभिभावकहरुलाई भेट गरि आवश्यक उपचार खर्चको पनि व्यवस्था गरिदिएको बताए ।

अभिभावकका अनुसार अस्पताल प्रशासनले पनि बालकलाई लागेको चोट निकै गम्भीर भएकोले अपरेशन गर्नुपरेको र कुटपिट नै भएको हो भने कानुनी प्रक्रियामा जान समेत सुझाव दिएको अभिभावकले बताएका छन् ।

 

Read More »