admin

दशैंको तयारीमा जुट्यो जनकपुर

जनकपुरधाम- नेपालीहरुको महान चाड विजया दशमी आउन केहिदिन मात्र बाँकी रहेको अवस्थामा जनकपुरमा तयारीलाई तीव्रता दिइएको छ। यहाँका स्थानीय युवा क्लबहरुले दशैंलाई भव्यता दिन तयारीमा जुटेका हुन्।प्रमुख शक्तिपीठ राजदेवी मन्दिरसहित एक दर्जनभन्दा बढी स्थानमा शक्ति स्वरुपा दुर्गाको मूर्ति स्थापना गरी यहाँ दशैँमा पूजाअर्चना गर्ने गरिन्छ। दशैँमा पूजा हुने राजदेवी मन्दिरसहित अन्य स्थानको सरसजावटमा जनकपुरका युवा क्लबहरुले तयारी शुरु गरेका छन्।दशैं आउन एक महिना बाँकी रहँदै युवा क्लबहरु सरसजावट लगायतका कार्यमा सक्रिय हुने गरेका छन्। राम मन्दिर परिसर भित्र रहेको राजदेवी मन्दिरसहित मूर्ति स्थापना गरी पूजा गरिने ठाउँहरुमा आकर्षक पण्डाल, रंगीचंगी बल्ब लाइट लगाउने कार्य शुरु भइसकेको छ।राजा जनकका कुलदेवता भनिएको प्रसिद्ध राजदेवी मन्दिरमा आकर्षक पण्डाल र भिलिमिली बत्तीहरु जडान गर्ने कार्य शुरु भइसकेको त्यहाँ पूजाको समन्वय गर्दै आइरहेका महावीर युवा कमिटीका अध्यक्ष रोशन शेखर जयसवालले बताए। पण्डाल, बत्ती लगायत पूजा व्यवस्थापन गर्न १० लाखभन्दा बढी खर्च हुने अनुमान रहेको उनको भनाइ छ।यसैगरी स्थानीय रामानन्द युवा क्लबले हरेक वर्ष झैँ यस वर्ष पनि माटोको मूर्ति निर्माण गरी पूजाको तयारीमा जुटेको छ। पूजालाई भव्यता प्रदान गर्न क्लबले रामानन्द चोकमै पण्डाल निर्माण थालेको छ। घटस्थापनादेखि शुरु हुने पूजाअर्चना विजया दशमीसम्म चल्ने बताउँदै क्लबका अध्यक्ष मनमोहन साहले दशैँलाई भव्यता प्रदान गर्न नियमित पूजाका साथै भजन संध्या लगायतको कार्यक्रम गरिने जानकारी दिए। पूजा सम्पन्न गर्न १० लाख खर्च लाग्ने अनुमान रहेको बताउँदै साहले टोल छिमेक, नगरवासीको सहयोगले १९ वर्षदेखि पूजा सम्पन्न हुँदै आएको बताए।यसका साथै जनकपुरको मुरली चोक, भ्रमरपुरा चोक, पिडडीया माइस्थान, रजौल लगायतको क्षेत्रका युवा क्लबहरु दशैँमा दुर्गा पूजालाई भव्यता प्रदान गर्न सरसजावटमा जुटेका छन्।यहाँका युवाहरुले दशैँलाई भव्यता प्रदान गरेर धर्मसंस्कृति जोगाउन सक्रिय योगदान गरेको राम युवा कमिटीका पूर्व अध्यक्ष प्रमोद चौधरीले बताए। जनकपुरको दशैँको आफ्नो अलग पहिचान रहेको बताउँदै युवाहरुले परिश्रम गरेर भव्यता प्रदान गर्दै आइरहेको चौधरीले बताए।नेपालमै प्रसिद्ध रहेको दशैँमा जनकपुरको दुर्गा पूजा हेर्न पर्यटकहरुको समेत घुइँचो रह्ने गरेको छ। अन्य दिन सबेरै साँभ बन्द हुने जनकपुर दशैँ लागि सकेपछि अबेर रातीसम्म खुल्ला रहने गर्दछ। विभिन्न पूजास्थलहरुमा हुने भजन किर्तन तथा धार्मिक कार्यक्रममा स्थानीय तथा पर्यटक रमाएका हुन्छन्।

Read More »

पाँच बलात्कारीलाई दश बर्ष जेल

गाईघाट- उदयपुरको कटारी नगरपालिका–४ का एक १४ वर्षीय बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई जिल्ला अदालतले मङ्गलबार दश वर्ष ६ महीना जेल सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले बालिका बलात्कार गर्ने पाँचै जनालाई जेल सजायसँगै रु दुई लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो । दण्ड सजाय पाउने चारै जनाको उमेर १५ वर्षदेखि १८ वर्ष रहेको छ ।

जिल्ला अदालतका नायब सुब्बा कमला निरौला १६ वर्ष नपुगेका एक जनालाई तत्काल सुधारगृहमा पठाउने तथा १६ वर्ष माथिकालाई कारागार पठाउने तयारी भइरहेको छ । पन्ध्र वर्षीय अभियुक्तलाई भने सात वर्ष जेल सजायको फैसला भएको हो ।

विसं २०७४ भदौ १६ गते पाँचै जनाले कटारीको खेलकूद मैदानमा १४ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । बालिकाको अभिभावकको उजुरीको आधारमा गत भदौ १७ गते चार जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय कटारीले बलात्कारसमबन्धी मुद्दा दर्ता गरेको थियो । एक जना अझै फरार रहेका छन् ।

Read More »

प्रधानमन्त्री ओली न्यूयोर्कमा

न्यूयोर्क, असोज १७ गते । प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा आज न्यूयोर्क आइपुग्नुभएको छ ।प्रधानमन्त्री ओली कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोस्टारिकाको भ्रमणमा जानुभएको थियो । उहाँका साथमा धर्मपत्नी राधिका शाक्य पनि रहनुभएको छ । प्रधामन्त्री ओलीले सान होजेमा कोस्टारिकाका राष्ट्रपति क्वेसाडासँग दुई पक्षीय भेटवार्ता गर्नुभएको थियो । उहाँले सान होजेमै शान्ति विश्वविद्यालयले प्रदान गरेको मानार्थ विद्यावारिधिको उपाधि स्वीकार गर्नुभएको थियो ।प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा उहाँका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहनुभएको छ । प्रधानमन्त्री ओली बिहीहबार कतार हुँदै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

Read More »

विश्व शिक्षक दिवस मनाइँदै

काठमाडौँ, असोज १७ गते । ‘शिक्षा अधिकारको तात्पर्य, योग्य शिक्षकको अधिकार’ भन्ने नाराका साथ विश्व शिक्षक दिवसका अवसरमा आज नेपालमा पनि विभिन्न कार्यक्रम गरिएको छ ।संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को०ले सन् १९९४ देखि हरेक अक्टोबर ५ मा यो दिवस मनाउने घोषणा गरेको थियो । दिवसका अवसरमा नेपाल शिक्षक महासङ्घले ललितपुरमा ¥याली आयोजना गरेको छ भने युनेस्को काठमाडौँको सहयोगमा आज एकदिवसीय कार्यशालाको आयोजना गरेको छ ।महासङ्घका अध्यक्ष बाबुराम थापाले आफूहरूको पेशागत माग र सुविधाका विषयमा गरिएको सम्झौता कार्यान्वयनमा सरकारले तदारुकता देखाउनुपर्ने भन्दै अन्यथा आन्दोलनमा जाने चेतावनी दिनुभयो ।

Read More »

देश र जनताका लागि उत्तरदायी हुनुपर्ने–मुख्यमन्त्री राई

विराटनगर, असोज १७ गते । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनप्रतिनिधिले देश र जनताका लागि उत्तरदायी भएर काम गर्नुपर्ने बताउनुभएको छ । प्रदेश समन्वय परिषद्को प्रथम बैठकको आज यहाँ उद्घाटन गर्दै उहाँले जनताको भावनासँग जोडिएर जनप्रतिनिधिले विकास निर्माणको कार्यलाई तीव्रता दिन सके समृद्ध नेपाल र सुखी नेपाली बन्न धेरै समय लाग्दैन भन्नुभयो ।मुख्यमन्त्री राईले प्रदेश र स्थानीय तहबीच नीतिगत तालमेल हुनुपर्ने भन्दै दुबै सरकारले प्राकृतिक स्रोत, साधन र सम्पदाको उचित बाँडफाँड गरेर अघि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।स्थानीय सरकारले अधिकारको जथाभावी प्रयोग नगर्न सुझाव दिँदै मुख्यमन्त्री राईले जनताको हित र स्वार्थलाई केन्द्रमा राखेर जनप्रतिनिधिले काम गर्नुपर्ने धारणा राख्नुभयो । परिषद्को संयोजकसमेत रहनुभएका मुख्यमन्त्री राईले स्थानीय तहमा देखिएका समस्या हल गर्न बैठकले मद्दत गर्ने कुरामा जोड दिनुभयो ।कार्यक्रममा सभामुख प्रदीपकुमार भण्डारीले नयाँ संरचनाअनुसार बनेको स्थानीय तह र प्रदेश सरकारबीच तालमेल हुनुपर्ने बताउनुभयो । प्रदेश नं १ अन्तर्गत १४ जिल्लाका १३७ स्थानीय तहका प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समितिका संयोजक एवं सहसंयोजक सहभागी रहेको सो कार्यक्रममा प्रदेश समन्वय परिषद्को बैठकसम्बन्धी कार्यविधि, २०७५ को मस्यौदा, परिषद्को अधिकार क्षेत्रको विषय र आवश्यक देखिएका अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।कार्यक्रममा प्रदेश समन्वय परिषदको वर्तमान अवस्था र आगामी कार्यदिशा विषयमा मुख्यसचिव केदार न्यौपाने र प्रदेश समन्वय परिषद्को बैठक सम्बन्धी कार्यविधि, २०७५ को मस्यौदाका विषयमा सचिव शेरजङ्ग कार्कीले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

Read More »

सातै प्रदेशमा यात्रु सहायता कक्ष

काठमाडौँ, असोज १७ गते । ट्राफिक प्रहरीले चाडबाडको समयमा सुरक्षित रुपमा गन्तव्यस्थलसम्म पुग्ने वातावरण बनाउन सातै प्रदेशमा यात्रु सहायता कक्ष स्थापना गर्न लागेको छ ।
नेपालीको महान् पर्व दशैँ नजिकिएसँगै ट्राफिक प्रहरीले सातै प्रदेशका सवारीसाधन धेरै आवतजावत गर्ने विभिन्न जिल्लाका स्थानमा यात्रु त्यस्तो सहायता कक्ष राख्न लागेको हो । प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयका प्रहरी उपरीक्षक जनक भट्टराई चाडबाडमा यात्रुलाई सहज, सुरक्षित र व्यस्थित तवरले गन्तव्यसम्म पु¥याउन विशेष अभियान सञ्चालन गर्न लागेको बताउनुहुन्छ ।
“लामो दूरीका सवारीसाधनमा दुईवटा चालक भए नभएको, ‘रिफ्रेस’ सेन्टरमा सवारीसाधन लगे नलगेको, चालकबाट सवारीसाधन चलाए नचलाएलगायतका जाँच गर्छौं”, उहाँ भन्नुहुन्छ । त्यस्तै मादकपदार्थ सेवनबाट दुर्घटना धेरै हुने गरेको भन्दै ट्राफिक प्रहरीले देशभर दिउँसोको समयमासमेत मादक पदार्थ सेवन गरेको नगरेकोबारे परीक्षण गर्न लागेको छ । निर्देशनालयले देशभरका १४ सडकखण्डमा टाइम कार्डसमेत लागू गरिसकेको छ । टाइम कार्ड लागू हुँदा निश्चित समयमा गन्तव्यस्थलसम्म पुग्नुपर्ने भएकोले दुर्घटना न्यूनीकरण हुनेछ ।
नागढुङ्गा–चितवन, बल्खु–हेटौँडा, काठमाडौँ–सिन्धुलीलगायतका क्षेत्रमा आउँदै गरेका पर्वलाई लक्षित गरेर थप जनशक्ति खटाइएको निर्देशनालयले जनाएको छ । लामो दूरीका सवारीसाधनलाई भने अनिवार्यरुपमा रिफ्रेस सेन्टरमा सवारीसाधन लैजानुपर्ने व्यवस्था गरिएको छ ।
काठमाडौँमा भने १३ स्थानमा यात्रु सहायता कक्ष यसअघि नै स्थापना गरेर सेवा प्रदान गरिएको छ । कलङ्की, स्वयम्भू, नयाँ बसपार्क, सातदोबाटो, गौशाला, चाबहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानो बसपार्क, नागढुङ्गा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिसकिएको छ ।
यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन् त्यीमध्ये काठमाडौँ उपत्यकामा मात्र झण्डै १२ लाख सवारीसाधन रहेका छन् । महानगरीय ट्राफिक महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त चाडबाडलाई लक्षित गरेर महाशाखाले विभिन्न कार्यक्रम सञ्चालन गरेको बताउनुहुन्छ ।
महाशाखाले थानकोट, नागढुङ्गा, जगाती, फर्पिङ, बालाजुलगायतका नाकामा उपत्यका बाहिरिने सवारीसाधनलाई मापसे जाँच गर्ने, तीव्र गतिका सवारी चालकलाई कारवाही गर्ने र क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई कारवाही गर्ने जनाएको छ ।
यसैगरी टिकट काउण्टरमा सादा पोशाकमा प्रहरी परिचालन गर्ने, टिकट काउण्टरमा हुने ठगी नियन्त्रण, टिकटअनुसारको मूल्य भए नभएको हेर्ने, दोहोरो टिकट काट्नेलाई कारवाही गर्ने, नागढुङ्गामा सवारीसाधन बिग्रेर घण्टौँ हुने सवारी चापलाई हटाउन ४० टन क्षमताको क्रेन नागढुङ्गामा राख्ने भएको छ । हाल देशभर ट्राफिक दरबन्दी दुई हजार ४०० को हाराहारीमा रहेकोमा काठमाडौँ उपत्यकामा मात्र एक हजार ८५ रहेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरको ट्राफिक व्यवस्थापनको जिम्मा पाएको महानगरीय ट्राफिक प्रहरी महाशाखामा उक्त जनशक्ति रहेको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला यात्रुलाई सहजरुपमा गन्तव्यस्थलसम्म पु¥याउनका लागि महासङ्घले सबै समिति तथा चालक सहचालकलाई निर्देशन दिइसकेको बताउनुहुन्छ । “सवारीसाधनलाई कमी हुन नदिनका लागि महासङ्घले नयाँ बस थप्ने योजना बनाएको छ”, उहाँ भन्नुहुन्छ ।
महाशाखाले यस वर्ष दशैँमा झण्डै २२ देखि २५ लाख यात्रु बाहिरिने भन्दै सोहीअनुसार ट्राफिक व्यवस्थापन मिलाएको जनाएको छ । उपत्यकामा सवारीसाधनको तुलनामा ट्राफिक जनशक्ति अपुग हो । उपत्यकामा एउटा ट्राफिक प्रहरीले एक हजारभन्दा बढी सवारीसाधनको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको छ ।

Read More »

ज्येष्ठ नागरिकलाई अपहेलना गरे सुविधाबाट वञ्चित

भक्तपुर, असोज १७ गते । ज्येष्ठ नागरिकलाई अपहेलना गर्ने परिवारका सदस्यलाई सूर्यविनायक नगरपालिकाले दिने सेवा सुविधाबाट वञ्चित गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सूर्यविनायक नगरपालिकाले मंगलवार प्रतिबद्धता पत्र सार्वजनिक गर्दै सो घोषणाा गरेको हो ।
नगरपालिकाले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा भनिएको छ, ‘नगरपालिकाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकलाई परिवारका सदस्यबाट कुनै अपमानजन्य व्यवहार भएको प्रमाणित भएमा त्यस्तो अपमानजन्य व्यवहार गर्ने परिवारका सदस्यलाई नगरपालिकाबाट प्रदान गरिने सबै प्रकारका सेवा सुविधाबाट वञ्चित गरिनेछ ।’
प्रतिबद्धता जनाउनेमा सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत नगरपालिकाको १० वटै वडाका वडाध्यक्ष, नगरपालिका क्षेत्रभित्र बस्ने प्रतिनिधि सभाका सदस्य महेश बस्नेत, प्रदेशसभाका सदस्य शशीजंग थापा, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुँवर, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट लगायतका रहेका छन् । उक्त प्रतिबद्धता व्यवहारमा कार्यान्वयन गरिने नगरपालिकाका प्रमुख बासुदेव थापाले बताउनुभयो ।

Read More »

सरकार र जनताको पहलमा नयाँ अभियान – गृहमन्त्री थापा

चितवन, असोज १७ गते । गृहमन्त्री रामबहादुर थापाले घरेलु हिंसा अन्त्यका लागि सरकार र जनताको संयुक्त पहलमा नयाँ अभियान शुरु गर्ने बताउनुभएको छ ।
प्रेस सेन्टर र प्रेस चौतारी चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अपराध नियन्त्रणका लागि जनस्तरबाट अभियान शुरु गर्ने बताउनुभएको हो ।
देशभरमा ३६ हजारभन्दा बढी विद्यालय र सात हजारभन्दा बढी वडा कार्यालय रहेको भन्दै उहाँले विद्यालय र वडा कार्यालयको माध्यमबाट लाखौँ युवा परिचालन गरेर घरेलु हिंसा नियन्त्रण अभियान सञ्चालन गरिने बताउनुभयो । घरेलु हिंसाको मुख्य कारण मदिरा र लागुऔषध रहेको भन्दै उहाँले मदिराको नियमन, अनुगमन र नियन्त्रण गर्नुका साथै लागुऔषध उन्मूलन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “घरेलु हिंसा अन्त्यका लागि आन्दोलनका रुपमा अभियान सञ्चालन गर्छाैं ।”
गृहमन्त्रीले सरकार गठन भएपछि समृद्ध नेपाल र सुखी नेपाली अभियानअन्तर्गत महत्वपूर्ण काम भएको दाबी गर्नुभयो ।सरकार गठन अघि भएका चन्दा आतङ्क र विष्फोटका घटनामा कमी आएको भन्दै उहाँले एकाधिकार, भ्रष्टाचारजस्ता गतिविधि न्यून भएको बताउनुभयो । उहाँले भन्नुभयो “गुण्डा प्रायजसो भूमिगत अवस्थामा छन्, तस्करी निस्तेज गरेर परिणाम राजश्वमा गुणात्मकरुपमा वृद्धि भएको छ ।” गृहमन्त्री थापाले निर्मला पन्त प्रकरणमा अनावश्यक राजनीतिकरण भएको बताउनुभयो । उहाँले गृह प्रशासनले सुक्ष्म ढङ्गबाट अनुसन्धान गरिरहेको भए पनि घटनामाथि विभिन्न तरिकाले राजनीतिकरण भएको छ भन्नुभयो ।
पन्तको हत्या भएको भोलिपल्टै उच्चस्तरीय अनुसन्धान टोली त्यसतर्फ पठाइएको भन्दै गृहमन्त्री थापाले अपराधीलाई कानूनको कठघरामा ल्याउन गृहमन्त्रालय गम्भीर भएर अघि बढिरहेको जानकारी दिनुभयो ।
छानबिन टोलीले बुझाएको प्रतिवेदनको निष्र्कषको आधारमा दोषीलाई कारवाही प्रक्रिया अघि बढाउने र अनुसन्धानलाई जारी राख्ने उहाँले बताउनुभयो ।यसअघि निर्मला पन्तजस्ता धेरै नारी बलात्कृत हुँदै आएको र ९५ प्रतिशत अपराधीलाई पक्राउ गर्न प्रहरी सफल भएको उहाँले बताउनुभयो ।
अर्काे एक प्रसङ्गमा उहाँले ३३ किलो सुनको अनुसन्धानको क्रममा चार हजार किलो सुनको तस्करी पत्ता लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “३३ किलो सुन मात्रै नभएर चार हजार किलो सुन यो सरकार आउनु अघिदेखि तस्करी भइरहेको थियो भन्ने कुरा पत्ता लागेको छ । सुन तस्करीको सञ्जाल ध्वस्त भएको छ ।”
साना ठूला माछा जालमा आउन बाँकी रहेको भन्दै उहाँले जबसम्म तिनीहरु कानूनको कठघरामा आउँदैनन् तबसम्म अनुसन्धान चलिरहने बताउनुभयो ।

Read More »

जेठानी हत्याको आरोपमा बिकाकुमारीसहित दुर्इ जना पक्राउ

जनकपुरधाम- आफ्नै जेठानीको हत्या गरेको आरोपमा धनुषा प्रहरीले देवरानीसहित दुईजनालाई पक्राउ गरेको छ। धनुषाको हँसपुर नगरपालिका-८ की २८ वर्षीया संजुदेवी मण्डलको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मण्डलकी देवरानी २४ वर्षीया बिकाकुमारी मण्डल र सोही ठाउँ बस्ने २७ वर्षीया लालबाबु मण्डललाई पक्राउ गरेको हो।३ असोजमा अंजु आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। शुरुमा अंजुको आफैं मृत्यु भएको बताइएपनि पोष्टमार्टमको रिपोर्टमा उनको घाँटी थिची हत्या गरिएको भनी खुलेको थियो।
पोष्टमार्टमको रिपोर्ट आइसकेपछि अनुसन्धान शुरु गरेको प्रहरीले अंजुको देवरानी बिका र स्थानीय लालबाबुले घाँटी थिची हत्या गरेको खुलासा भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
बिका र लालबाबुले अंजुको हत्या किन गरेको विषयमा थप अनुसन्धान भइहरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी दीपेन्द्रबहादुर शाहीले बताएका छन्।
स्थानीयवासीका अनुसार बिका र लालबाबुबीच अवैध सम्बन्ध रहेको अंजुले जानकारी पाएकी थिइन्। आफूहरुको अवैध सम्बन्धबारे अंजुले थाह पाएको र बाहिर सार्वजनिक गर्न सक्ने आशंकामा उनको हत्या गरेको स्थानीयवासीले आशंका गरेका छन्।
पक्राउ परेका बिका र लालबाबुले संजुको हत्या गरेको प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ। वारदातमा प्रयोग गरिएको ग्लोब्ससमेत फेला परेको प्रहरीले जनाएको छ।

Read More »

गैरकानुनी रुपमा इन्टरनेट सञ्‍चालन गर्ने ब्रम्हदेव पक्राउ

जनकपुरधाम- अवैध रुपमा इन्टरनेट सञ्चालन गर्ने एकजनालाई प्रहरीले धनुषाबाट पक्राउ गरेको छ। येस नेट नेपालको नाममा गैर कानुनी रुपमा इन्टरनेट सञ्चालन गर्दै आएका धनुषाको मिथिला नगरपालिका-३ बस्ने ३४ वर्षीय ब्रम्हदेव पण्डितलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले पण्डितलाई इन्टरनेट सञ्चालनमा गर्न प्रयोग हुने विभिन्न सामग्रीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। ब्रम्हदेवले नेपाल दुरसंचार प्राधिकरणको अनुमतिबिना विगत सात महिनादेखि येस नेट नामक संस्थाको नामबाट इन्टरनेट सेवा सञ्चालन गर्दै आइरहेका थिए। ब्रम्हदेवले अवैध रुपमा आफ्नो घरका साथै जनकपुरको विभिन्न स्थानमा इन्टरनेट सेवा वितरण गर्दै आएका थिए।
प्रहरीले दिएको जानकारी अनुसार ब्रम्हदेवले जनकपुर-१ स्थित शत्रुध्न साहको घर र आफ्नो घरमासमेत येस नेट नेपाल नामक इन्टरनेट सञ्चालन गर्दै आएका थिए।
अवैध रुपमा इन्टरनेट सञ्चालन गर्दै आइरहेको सूचनाको आधारमा छापामारी गरी प्रहरीले ब्रम्हदेवसहित उपकरणहरु नियन्त्रणमा लिएको छ। प्रहरीले शत्रुध्नको घरबाट माइक्रोटिक राउटर एक थान, नोकिया लेखिएको राउटर थान १, मेडिया कन्भर्टर थान १, डिभाइस थान १, पीओई थान ५, सर्ट केवल वायर थान ६, इलेक्ट्रिक केवल वायर थान २, मल्टी प्लग थान १, वाइफाइको स्वीच राउटर थान १, वाइफाइमा लाग्ने तार ८० मिटर लगायतका सामान बरामद गरेको छ।

Read More »
1 86 87 88 89 90 114