admin

सरकारलाई आर्थिक र राजनीतिक रुपान्तरण गर्न समय दिनुपर्ने – अध्यक्ष थापा

विराटनगर, साउन १७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण गर्नका लागि अझै समय दिनुपर्ने बताउनुभएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश समितिको प्रदेश नं १ विराटनगर महानगरपालिका–७ स्थित कार्यालय उद्घाटनपछि आज पत्रकारसँगको भेटघाटमा उहाँले सो कुरा बताउनुभएको हो । Read More »

Read More »

प्रधानन्यायाधीशको सुनुवाइ पेचिलो बन्दै

काठमाडौँ, साउन १७ गते । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको अनुमोदनसम्बन्धी निर्णय बुधबार पनि गर्न सकेन । सत्तापक्ष र प्रतिपक्षले जोशीको पक्ष र विपक्षमा दलीय अडान राखेपछि निर्णय प्रक्रिया पेचिलो बन्दै गएको छ । निर्णय प्रक्रिया लम्बिँदा समितिको काम कारबाहीमाथि समेत प्रश्न उठुन थालेका छन् । बुधबारको निर्णय प्रक्रिया रोकिएपछि बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ ।
यसअघिको रुलिङअनुसार बुधबार समिति निष्कर्षमा पुग्ने अपेक्षा गरिएको थियो । तर, समिति दलगत अडानमा अल्झिएपछि निर्णय प्रक्रिया नै प्रारम्भ भएन । निर्णय प्रक्रिया प्रारम्भ नहुनुमा दलहरूले एक अर्कालाई आरोपित गरेका छन् । विशेषगरी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख विपक्षी दल नेपाली काँग्रेसबीच निर्णय प्रक्रिया प्रारम्भ गर्ने वा नगर्ने नै विवाद छ । बुधबारको बैठकमा विपक्षी दल काँग्रेसले बुहमतीय प्रक्रिया अघि बढाइए समिति बहिस्कार गर्ने चेतावनी नै दिएको थियो । Read More »

Read More »

कक्षा पाँचमा एक विद्यार्थी पाँच शिक्षक

जाजरकोट, साउन १७ गते । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ रल्लीमा रहेको महाकवि आधारभूत विद्यालयको कक्षा पाँचमा एक विद्यार्थीलाई पढाउन पाँच शिक्षक खटिएका छन् । उक्त विद्यालयको कक्षा एकमा पाँच, कक्षा दुईमा नौँ, कक्षा तीनमा १०, कक्षा चारमा पाँच र कक्षा पाँचमा एक जना विद्यार्थी पढ्दै आएका छन् । विद्यालयमा पनि पाँचै शिक्षकको दरबन्दी छ ।

Read More »

Read More »

स्थानीय तह र प्रदेशका कारण बढ्यो करको भार

काठमाडौंँ, साउन १६ गते । सर्वसाधारण नागरिकले कर तिर्न सक्ने क्षमता मूल्याङ्कन नगरी प्रदेश र स्थानीय तहले करको दर र दायरा वृद्धि गर्दा आमनागरिक मर्कामा परेको गुनासो बढ्न थालेको छ ।सङ्घीयता कर्यान्वयन भई तीन तहको सरकार निर्माण भएसँगै करको दर र दायरा फराकिलो बन्दै गएपछि यस्तो गुनासो बढेको हो । कर बृद्धिको विरोधमा कतिपय स्थानीय तहमा सडक आन्दोलन नै हुन थालेको छ भने स्थानीय वासिन्दामा असन्तुष्टि पनि बढेको छ । स्थानीय र प्रदेश सरकारको क्षेत्र भित्रका नागरिकको आर्थिक क्षमताको मूल्याङ्कन विना नै करको दर र दयारा तोक्दा आमनागरिकले जनप्रतिनिधिको आलोचना गर्न थालेका छन भने बढाइएका करको क्षेत्र र दायरा संविधान र ऐन संगत नै भएको दाबी जनप्रतिनिधिको छ । Read More »

Read More »

तुइन हटाउने प्रधानमन्त्रीको अठोट पूरा हुँदै

काठमाडौँ, साउन १६ गते । तुइनमुक्त देश बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको अठोट पूरा हुने अवस्थामा पुगेको छ । प्रधानमन्त्री ओलीले तीन वर्ष अघि पहिलो पटक कार्यकारी प्रमुखका रूपमा पदभार ग्रहण गरेपछि देशलाई तुइनमुक्त बनाएर झोलुङ्गे पुल निर्माण गर्ने निर्णय गर्नुभएको थियो ।
देशभर तुइनलाई झोलुङ्गे पुलले विस्थापित गर्न सम्भाव्य भएका १३६ वटा मध्ये १०५ वटा झोलुङ्गे पुल निर्माण भइसकेका छन् भने बाँकी ३१ मध्ये २६ बटा झोलुङ्गे पुल यसै वर्ष भित्र पूरा हुने सस्पेन्सन ब्रिज डिभिजन (एसबीडी) कार्यालयका योजना प्रमुख गुरुप्रसाद शर्माले जानकारी दिनुभयो । Read More »

Read More »

आजदेखि युएईमा आममाफी लागू, नेपाली दूतावासले भन्यो– सक्दो उपयोग गर्नुहोस्

१६ साउन, युएई । युएई सरकारले आफ्नो देशमा अवैध रूपमा बसेका विदेशी नागरिकको सहजताको लागि आज अगस्ट १ बाट तीन महिनासम्मका लागि आम माफी दिएको छ । नेपाली दूतावासले यो आममाफीको सक्दो उपयोग गर्न आफ्ना नागरिकलाई आग्रह गरेको छ ।आममाफी लागू भएपछि अब बिनाभिसा लुकीछिपी युएईमा रहेका जुनसुकै देशका नागरिकले बिनाजरिवाना र बिना सजायँ आफ्नो देश जान वा काम र भिसा दिने स्पोन्सर पाएमा वैधरूपमा पुनः युएईमै काम गर्न पाउने भएका छन् । यो अवसरको फाइदा लिन युएईस्थित विभिन्न देशका कुटनैतिक नियोगहरुले सूचना जारी गरी आफ्ना नागरिकहरुलाई सुचित गरेका छन् ।

नेपाली दूताबास अबुधाबीले गैरकानूनीरुपमा युएईमा रहेका नेपालीहरु लाई स्वदेश फर्कन वा वैधानिक बन्ने प्रक्रियामा जान विज्ञप्तिमार्फत आग्रह गरेको छ । दूताबासले युएईभित्र रहेका सबै अवैध नेपालीहरुलाई आफ्नो सम्पर्कमा आउनसमेत आग्रह गरेको छ ।युएईले गैरकानूनी रुपमा रहेका नेपालसहितका विदेशी कामदारलाई अगस्ट १ देखि तीन महिनाको आममाफी दिनेबारे सम्बन्धित देशका दूतावासलाई औपचारिक जानकारी गराएपछि नेपाली दूतावासले पनि यो सुविधाको फाइदा लिन नेपालीहरुलाई आग्रह गरेको हो ।कार्यवाहक राजदूत सागरप्रसाद फुँयालका अनुसार भिसाको अवधि सकिएर बसेका, भिजिट भिसामा आएर ओभरस्टे भएका, राहदानी नभएका नेपालीले दूताबासको सहयोगमा आवश्यक कागजात बनाएर नेपाल फर्कन पाउनेछन् ।

नेपाली दूताबासले आम माफीको सक्दो उपयोग गर्न युएईमा रहेका नेपालीलाई आग्रह गरेको छ । र, यसका लागि दूताबासको सम्पर्कमा आउन अवैधरुपमा बसिरहेका नेपालीलाई आग्रह गरिएको छ

विनाकुनै जरिवाना वा जेल सजायँ युएई छोडेर जान सकिने वा नयाँ स्पोन्सर र काम खोजेर आफ्नो कानुनी अवस्था वैधानिक बनाउन सकिने भएका कारण यो सुनौलो मौकाको उपयोग गर्न दूतावासका श्रम सहचरी मोतिलाल भुसालले सुझाएका छन् ।

आममाफीकोे प्रक्रियाअनुसार अवैधानिक तवरले युएई प्रवेश गरेकाहरुको हकमा उनीहरू युएई विना कुनै जरिवाना र विना जेलसजायँ स्वदेश फर्कन सक्छन् । तर, उनीहरुलाई २ वर्ष युएई आउन प्रतिबन्ध लाग्नेछ । यद्यपि आजिवन प्रतिबन्ध कसैलाई लाग्ने छैन ।यसभन्दा अघि ब्ल्याकलिस्टमा परेका तथा कुनै कानुनी मुद्दा भएको खन्डमा एम्नेस्टीको सुविधा पाइने छैन । तर कम्पनिबाट फरार भएको मुद्दा परेकाहरुको हकमा इम्मिग्रेसनले त्यस्ता फरार मुद्दाहरु हटाइ विना कुनै प्रतिबन्ध युएईबाट बाहिर जान दिने प्रावधान रहेको छ ।

आफ्नो स्थिती वैधानिक बनाएर काम गर्न चहानेहरुले युएईको मानव संशाधन तथा इमिरिटाइजेसन मन्त्रालयको भर्च्युल जब मार्केट वेबसाइटमा आफुलाइ रजिस्टर गर्न सक्नेछन र आफ्नो अवस्था बैधानिक गरिसकेकाहरुलाई उपयुक्त काम खोज्न ६ महिनासम्मको अस्थायी भिसा प्रदान गर्न सकिने प्रावधान समेत रहेको छ ।घर फर्कन चाहने अवैधानिक कामदारहरुले नजिकको इम्मिग्रेसन कार्यालयमा आफ्नो राहदानी वा ट्राभल डकुमेन्ट, प्लेन टिकट र २२० दिरहम दस्तुर सहित “एक्सिट परमिट“ को लागि आवेदन दिन सक्नेछन । एक्जिट परमिट प्राप्त गरेको १० दिन भित्र युएई छोडिसकेको हुनु पर्नेछ ।आफ्नो अवस्था वैधानिक बनाउन चहानेहरुले ५०० दिरहम दस्तुर सहित आवेदन दिनुपर्नेछ ।

युएईमा अबैधानिकरुपमा बसिरहेका नेपालीले अब सहजै स्वदेश फर्कन पाउनेछन् । नेपाल फर्केपछि उनीहरु २ वर्षसम्म युएई फर्कन पाउने छैनन् । तर, उनीहरुमाथि आजीवन प्रतिबन्ध भने लाग्ने छैन

एम्नेस्टी आवेदन आफुसंग राहदानी नभएकाहरुले समेत दिन पाउनेछन । युएई भरी ९ वटा एम्नेस्टी केन्द्रहरु इम्मिग्रेसन कार्यालयहरुमा खोलिएका छन स जुन बिहान ८ देखि बेलुका ८ बजेसम्म खुल्ला रहनेछन । आफै इम्मिग्रेसनमा उपस्थित हुन नसक्नेहरुको हकमा उनीहरुको मेडिकल रिपोर्ट वा सम्बन्धित दुतावासको पत्रका आधारमा एक्जिट परमिट दिन सकिने प्रावधान समेत रहेको छ ।अध्यागमन विभागबाट यात्रा अनुमति र दूताबासबाट आउटपास लिएर नेपालफर्कन सक्ने कार्यवाहक राजदूत फुँयालले जानकारी दिएका छन्यदि उक्त समयमा कामदार अनुमति भिसा लगाउन नसकेमा अतिरिक्त शुल्क तिरी पुनः अस्थायी भिसामा बस्न पाइने छ। स्वदेश फर्किन चाहेमा युएईले नो इन्ट्री छाप बिनै स्वदेश फर्कने अवसर दिने, ४८ घण्टासम्मको ट्रान्जिट भिसामा शुल्क नलाग्ने बताइएको छ ।राहदानी नभएका नेपालीको हकमा दूताबासमार्फत निवेदन दिएर राहदानी बनाउन सकिने दूताबासले जनाएको छ । दूताबासले परराष्ट्र मन्त्रालय वा राहदानी विभागको समन्वयमा यहीबाट शिघ्रातिशिघ्र राहदानी उपल्बध गराउने प्रक्रिया शुरु गरेको कार्यवाहक राजदूत फुँयालले बताएका छन्।आममाफीको सुविधा साउन १६ देखि कातिक १४ सम्म रहेका कारण यो तीन महिनाको अवधिलाई सदुपयोग गर्न नेपाली दूतावास अबुधाबीले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

 

Read More »

प्रधानन्यायाधीश प्रकरणमा राजनीतिकरणः कांग्रेस बोक्ने, कम्युनिस्ट फाल्ने !

१६ साउन, काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने कि नगर्ने भन्ने प्रश्नमा राजनीतिकरण सुरु भएको छ । संसदीय निर्णयको पर्खाइमा रहेको यो विषयलाई सत्तापक्ष र प्रतिपक्षले दुबैले राजनीतिकरण गरेका छन् ।सत्तारुढ नेकपाका नेताहरु जोशीको नाम अनुमोदन नगर्ने अडानमा छन् । तर, सुरुमा मौन रहेका कांग्रेसका नेताहरु विस्तारै जोशीको पक्षमा खुलेर उभिन थालेका छन् ।संवैधानिक परिषदका सदस्यसमेत रहेका विपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डलाई फोन गरेर जोशीको नाम अनुमोदन गर्न दबाव दिएको खबर छ । तर, प्रधानमन्त्रीले यो संसदको विषय भएकाले आफूले केही नभन्ने देउवालाई जवाफ दिएको समाचार बाहिर आएको छ । Read More »

Read More »

प्रदेशमा कर्मचारीको दरबन्दी थप

काठमाडौँ, साउन १४ गते । सरकारले प्रदेश तहमा रहने कर्मचारी दरबन्दीको संख्या थप गरेको छ । सात वटा प्रदेशमा गरी २१ हजार ३९९ जना कर्मचारी रहने गरी प्रदेश तहमा कर्मचारीको दरबन्दी कायम गरिएको छ ।सरकारले यस अघि संगठन तथा व्यवस्थापन (ओएनएम) सर्भे गर्दा प्रदेशमा १५ हजारको हाराहारीमा मात्र कर्मचारी रहने जनाएको थियो । प्रदेश तह क्रियाशील भई काम बढ्दै गएपछि कर्मचारीको दरबन्दी संख्या बढाएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । Read More »

Read More »

सदनमा सभामुखको रुलिङ ‘सभामुख उपसभामुखको विषयमा छलफल गर्न मिल्दैन’

Krishna-Bahadur

काठमाडौँ, साउन १४ गते । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सभामुख वा उपसभामुख फरकफरक दलको हुने वा नहुने विषय अदालतमा विचाराधीन रहेको भन्दै त्यसमा बहस नगर्न सांसद्हरूलाई रुलिङ गर्नुभएको छ ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पटकपटक त्यस विषयलाई संसद्मा उठाउँदै आएको छ । आइतबार पनि कांग्रेस सांसद् लक्ष्मी परियारले उक्त विषय उठाउनुभएको थियो । सदनको विशेष समयपछि रुलिङ गर्दै सभामुख महराले संविधानको धारा १०५ अनुसार अदालतमा विचाराधीन विषय संसद्मा छलफल हुन नसक्ने भन्दै रुलिङ गर्नुभएको हो । Read More »

Read More »

विपद्का घटनाबाट मुलुकभर ४५५ जनाको ज्यान गयो

काठमाडौँ, साउन १४ गते । चार महिनामा विपद्का घटनाबाट मुलुकभर ४५५ जनाको ज्यान गएको छ ।गृह मन्त्रालयले दिएको जानकारी अनुसार २०७५ वैशाख १ गतेदेखि साउन १२ सम्म डुबेर, आगलागी, डुंगा सवार, बाढी, पहिरो, लेक लाग्नु, चट्याङलगायतका विपद्का घटनाबाट मृत्यु भएको हो । Read More »

Read More »
1 43 44 45 46 47 50