admin

नेविसङ्घ महाधिवेशन मङ्सिर २ मा

nsuकाठमाडौंँ, भदौ ३ गते । नेपाल विद्यार्थी सङ्घको १२ औं महाधिवेशन आगामी मङ्सिर २ गते हुने भएको छ । सङ्घको १२ औं महाधिवेशन सम्पन्न गर्न पार्टीबाट गठित सहजीकरण संयन्त्रले तीन महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने गरी समय थप गरेको छ । पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा रहेको संयन्त्रलाई नेविसङ्घका विद्यार्थी नेताहरूले तीन महिनाभित्र महाधिवेशन गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । महाअधिवेशन तयारीसम्बन्धी कार्यतालिकालाई आधार मानेर संयन्त्रले मङ्सिर २ गते महाधिवेशन गर्न निर्देशन दिएको हो ।
संयन्त्रका सदस्य एवं पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी मङ्सिर २ गते सङ्घको १२ आँैं महाधिवेशन गर्न निर्देशन दिएको जानकारी दिनुभयो । उहाँले सङ्घभित्र धेरै समस्या छन् तर पनि सङ्घका नेताहरूले जिल्ला, प्रदेश र केन्द्रको महाधिवेशन गर्न तयार पारेको कार्यतालिका अनुसार नै मिति तय भएको बताउनुभयो ।
महाधिवेशनको मिति तय भए पनि नयाँ सङ्घीय संरचना अनुसार सङ्घको विधान अझै बनेको छैन । सङ्घमा नेतृत्वको टकराव र अनेक खाले विवादले ग्रस्त नेविसङ्घ अब कसरी अगाडि बढ्छ भन्ने प्रश्न भने कायमै छ । नेता पौडेलका अनुसार नेविसङ्घका नेताहरूले तोकिएकै समयमा महाधिवेशन गर्ने प्रतिबद्धता जनाएका छन् ।

Read More »

पन्ध्र हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित

काठमाडौँ, भदौ ३ गते । नेपाल यातायात मजदुर सङ्घले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित भएको बताएको छ ।सङ्घका अध्यक्ष धर्मराज भण्डारीले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयसँगै देशभरका ४०० समितिमा कार्यरत १५ हजार श्रमिक कर्मचारी रोजगारीबाट विस्तापित भएको बताउनुभयो ।सङ्घको शनिबार बसेको बैठकले भदौ १ बाट लागू भएको मुलुकी देवानी संहिताले दुर्घटनाबाट मृत्यु भएमा सवारी चालकलाई १० वर्ष कैद तोकेको भन्दै आपत्ति जनाएको छ ।
बैठकले मुलुकको संरचनाअनुसार गत महाधिवेशनले सङ्घको विधान परिमार्जन गरेकाले सोअनुसारको संरचनाका लागि देशभर अभियान थाल्ने, नयाँ स्थानमा सङ्गठन विस्तार गर्ने, तोकिएको न्यूनतम पारिश्रमिक सबै यातायात मजदुरमा लागू गराउने, सामाजिक सुरक्षा ऐन लागू गराउन पहल गर्ने, विषयगत विभाग गठन गर्दै जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको छ ।
सङ्घ आबद्ध महासङ्घ नेपाल ट्रेड युनियन काङ्ग्रेससँग छलफल गर्दै यातायात मजदुरका हकहित अधिकारका लागि सङ्घ देशभर पुग्ने अध्यक्ष भण्डारीले बताउनुभयो ।

Read More »

दुवै रेलमार्ग निर्माणको गृहकार्य तीव्र

rail-marga

काठमाडौँ, भदौ ३ गते । बहुप्रतीक्षित काठमाडौं–केरुङ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन (प्रि–फिजिविलिटी स्टडी) तथा रक्सौल–काठमाडौँ रेलमार्गको ‘फिल्ड वर्क’ कार्य सम्पन्न भएको छ । रेल विभागका प्रवक्ता प्रकाश उपाध्यायले काठमाडौं–केरुङ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन तथा रक्सौल–काठमाडौँ रेलमार्गको ‘फिल्ड वर्क’ कार्य सम्पन्न भएको जानकारी दिनुभयो । पूर्व सम्भाव्यता अध्ययन तथा ‘फिल्ड वर्क’ पछि अब छिट्टै नै थप निर्माण प्रक्रिया अगाडि बढाइने तयारी भइरहेको उहाँले बताउनुभयो । Read More »

Read More »

एघारौं राष्ट्रिय सूचना दिवस आज, सूचनाको हक कार्यान्वयनमा वृद्धि

काठमाडौंँ, भदौ ३ गते । नेपालमा सूचनाको हकसम्बन्धी संवैधानिक र कानुनी व्यवस्था भएपछि सार्वजनिक चासोको सूचना माग्ने र पाउने हकको कार्यान्वयन क्रमिकरूपमा वृद्धि भइरहेको छ ।विगत ११ वर्षको अवधिमा सूचना प्राप्तिमा महत्वपूर्ण उपलब्धिहरू हासिल भएका छन् । एघारौं राष्ट्रिय सूचना दिवस आइतबार विभिन्न कार्यक्रमका साथ मनाइरहँदा सूचनाको हकसम्बन्धी व्यवस्था, यस अवधिमा हासिल भएका उपलब्धि र यसका चुनौतीका विषयमा विभिन्न दृष्टिकोणबाट बहस र छलफल पनि भइरहेका छन् ।वि.सं. २०६५ साल भदौ ३ गते सूचनाको हकसम्बन्धी ऐन लागू भएपछि हरेक वर्ष विभिन्न कार्यक्रमका साथ राष्ट्रिय सूचना दिवस मनाउन थालिएको हो । आइतबार ११ औँ राष्ट्रिय सूचना दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले आम जनतालाई आफ्नो सरोकार र सार्वजनिक चासोको सूचना माग्ने र पाउने अभियानमा लाग्न आह्वान गर्नुहुँदै यस अवधिमा केही महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो । Read More »

Read More »

शिक्षा नीति बदल्नु पर्दछ – मुख्यमन्त्री गुरुङ

पोखरा, भदौ २ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बेरोजगार उत्पादन गर्ने शिक्षा नीति बदल्नु पर्ने बताउनुभएको छ ।कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ पाउदूरस्थित धारापानी माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहको उद्घाटन गर्दै उहाँले अबको शिक्षा प्रविधियुक्त हुनुपर्ने उल्लेख गर्नुभयो ।जनता आफँै उद्यमी बन्ने खालको शिक्षाको खाँचो औँल्याउँदै उहाँले ढिकुरपोखरीमा एग्रोयन्जिनियरिङ क्याम्पस स्थापना गर्न ढिलाइ गर्नु नहुने बताउनुभयो ।पाँच वर्षमा गरिबी ५० प्रतिशत घटाएर प्रदेशलाई मुलुककै नमूना प्रदेशका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले आगामी पाँच वर्षभित्र वृद्धभत्ता मासिक रु पाँच हजार पु¥याउने योजना रहेको बताउनुभयो ।सङ्घीय सांसद दुर्गा विकले विगतको शिक्षा प्राविधिक नहुँदा धेरै नेपाली बेरोजगार बस्नु परेको स्मरण गर्दै शिक्षालाई व्यावहारिक बनाउनुपर्नेमा जोड दिनुभयो ।नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले नैतिक शिक्षाको खाँचो रहेको बताउँदै रोजगारमूलक शिक्षा विद्यालय तहबाटै पठनपाठन गराउनुपर्नेमा जोड दिनुभयो ।प्रदेशसभा सदस्य राजीव पहारीले सो विद्यालयलाई रु ३३ हजार मूल्य बराबरका दुई वटा युरोगाड सहयोग गर्दै अन्नपूर्ण गाउँपालिका–३ मा एक घर एक धारा अभियानलाई पूर्णता दिन आफ्नोतर्पmबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।पूर्व सांसदद्वय सोमनाथ अधिकारी प्यासी र सीता गिरी वली, समाजसेवी पुण्यप्रसाद पौडेल, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवर, शिक्षा समन्वय एकाइका प्रतिनिधि विष्णु पराजुली, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य कुलबहादुर गुरुङ कुलु, अन्नपूर्ण–३ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङ, माछापुच्छे« माविका प्रधानाध्यापक घनश्याम पौडेललगायतले शिक्षामा आमूल परिवर्तनको खाँचो औँल्याउनुभएको थियो ।हीरक जयन्ती मूल आयोजक समितिका अध्यक्ष भेषराज पौडेलको अध्यक्षतामा सम्पन्न उक्त अवसरमा मुख्यमन्त्री गुरुङले विद्यालयको हातामा हीरक स्तम्भको शिलान्यास गर्नुभएको थियो ।

Read More »

प्रधानमन्त्री ओलीद्वारा पाकिस्तानी समकक्षीलाई बधाई

pm oli

काठमाडौँ, भदौ २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले इमरान अहमद खान नियाजी इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीको उच्चपदमा नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले आफ्ना पाकिस्तानी समकक्षी खानलाई आज पठाउनु भएको बधाई सन्देशमा नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै नवनिर्वाचित प्रधानमन्त्रीको सफल कार्यकालका निम्ति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । पाकिस्तानका प्रधानमन्त्रीले आजै पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

Read More »

प्रदेश नं २ को समृद्धिका लागि प्रधानमन्त्रीको प्रतिबद्धता

2

जनकपुरधाम, भदौ २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालमा सबै भन्दा बढी विकास प्रदेश नं २ मा नै हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।प्रदेश नं २ को आज प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा यस प्रदेशमा समृद्धिका हरेक उपायहरुलाई अबलम्बन गर्ने बताउनुभयो ।उहाँले यस प्रदेशमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, पूर्व–पश्चिम रेल्वे, फास्ट ट्र्याक निर्माण, औद्योगिकग्राम स्थापना, धार्मिकस्थलको संरक्षण र विकास, मेडिकल कलेज र विश्व विद्यालयको स्थापना, सिँचाइका पूर्वाधारहरुको विकास, कल कारखानाको स्थापना, जनता आवास योजना, तराईमा प्रत्येक वर्ष हुने आगलागीबाट बचाउनको लागि टिनको छाना निर्माण लगायतका विकास निर्माणका योजना विस्तारको गृहकार्य अगाडि बढाइएको जानकारी दिनुभयो ।प्रधानमन्त्री ओलीले युवालाई वैदेशिक रोजगारीमा जान रोक्नको लागि आवश्यक रोजगारीका अवसर सिर्जना गरिने बताउँदै प्रदेश नं २ अन्य प्रदेशको तुलनामा सम्भावना बोकेको प्रदेश भएको हुँदा परिवर्तन ल्याउनको लागि अब बिलम्ब गर्न नहुने बताउनुभयो ।उहाँले प्रदेश नं २ ले कुल जिडिपीको १६.२ प्रतिशत योगदान मात्र पु¥याइरहेकोमा यो प्रतिशत बढाउन उचित सिँचाइ र कृषिको आधुनिकिकरण गरिनुपर्ने बताउनुभयो । उहाँले तराई–मधेसमा चुरे संरक्षण गर्न नसकेका कारण यहाँका उर्वरभूमि मरुभूमिकरण तर्फ उन्मुख भएको हुँदा यसलाई रोक्नुपर्ने आवश्यत्ता औँल्याउनु भयो ।उहाँले तराई–मधेस भएर बग्ने ठूल–ठूला नदी जस्तै कोशी–कमला डाइभर्सन लगायतका सिँचाइका आयोजना कार्यान्वयन तर्फ अग्रसर हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।प्रधानमन्त्री ओलीले भन्नुभयो, “मधेसको उर्वरभूमिको सही सदुपयोग गर्न सक्नुपर्दछ । सहकारिताको माध्यमबाट यहाँ उत्पादन हुने अन्न, फलफूल विदेश निर्यात गर्न सक्नुपर्दछ ।” उहाँले शहरी विकास मन्त्रालयले ७० प्रतिशत बजेट तराई– मधेसको लागि छुट्याएको जानकारी दिँदै पाँच वर्षभित्र हुलाकी सडक निर्माण सम्पन्न हुने बताउनुभयो ।प्रधानमन्त्री ओलीले भन्नुभयो, “रेलगाडी, कलकता बन्दरगाह जाने पानी जहाज सबै यही प्रदेश भएर कुद्ने छ ।” उहाँले नेपालको झण्डा फरफराएर हिँडेको पानी जहाज समुद्रमा कुदेको नेपाली जनताले देख्ने बताउनुभयो ।प्रधानमन्त्री ओलीले जनता आवास योजना अन्तर्गत प्रदेश नं २ को ८ जिल्लामा एक÷एक हजारको दरले आठ हजार घर निर्माण गरिने र आगलागीबाट जोगाउनको लागि खरको छाना हटाएर टिनको छाना लगाउने योजना रहेको जानकारी दिनुभयो ।उहाँले जनकपुरधामस्थित मणिमण्डपमा उत्खननबाट भेटिएको पौराणिक वस्तुलाई दृष्टिगत गर्दै यसको संरक्षण तथा सम्बद्र्धन गर्नको लागि मणिमण्डप निर्माण गर्नको लागि सरकारले बजेटको व्यवस्था गरेको जानकारी दिनुभयो । उहाँले यस प्रदेशमा एक विश्व विद्यालयको स्थापना तथा राजविराजमा गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको नाममा एक मेडिकल कलेजको स्थापना गर्ने सोच रहेको बताउनुभयो ।प्रधानमन्त्री ओलीले जनकपुर प्राचीनकालदेखि नै बौद्धिक वर्गको क्षेत्र रहेको बताउँदै अहिले यस क्षेत्रमा देखिएको दाइजो, बोक्सीको नाममा महिलामाथि हुने हिंसा देखेर आफ्नो मन दुखेको बताउनुभयो । उहाँले अन्धविश्वास, असभ्यता र अमानवियताको विरुद्ध आफैले आफैलाई सच्याउनुपर्ने आवश्यकतामा जोड दिँदै विभेद्कारी मानसिकताको अन्त्य हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।यस प्रदेशमा धार्मिक पर्यटनको सम्भावनालाई मध्यनजर गर्दै जलेश्वर, सिम्रोनगढ, जनकपुर, धनुषाधाम, सखडाभगवती लगायतका धार्मिकस्थललाई विकास गर्ने सोच सरकारको रहेको प्रधानमन्त्री ओलीले जनाउनुभयो । प्रधानमन्त्री ओलीले आफूले भारतीयमन्त्री नरेन्द्र मोदीलाई जनकपुर र मुक्तितनाथको दर्शन गराएपछि यस क्षेत्रमा पर्यटकको उल्लेख्य वृद्धि भएको चर्चा गर्नुभयो ।प्रधानमन्त्री ओलीले पूर्व–पश्चिम तथा उत्तरदक्षिण रेल्वे निर्माण जसरी पनि गर्ने आफ्नो इच्छा रहेको बताउँदै यसका लागि दुबै छिमेकी राष्ट्रसँग सकारात्मक रुपले संवाद भइरहेको बताउनुभयो । उहाँले रेल्वे सञ्चालनपछि यहाँका उत्पादनलाई अन्य देशमा निर्यात गर्न र अन्यत्रबाट मालसामान आयात गर्न पनि सहज हुने छ भन्नुभयो ।प्रधानमन्त्री ओलीले सङ्घीय सरकार कुनै किसिमले पनि विभेद्कारी नरहेको बताउँदै प्रदेश सरकारले योजना बनाएर दिए कार्यन्वयनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले राजनीतिलाई हारजित हैन यसलाई राष्ट्र निर्माणको एउटा माध्यम बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।उहाँले विभिन्न राजनीतिक दलमा भएको विविधतालाई कलहको विषय बनाउन नहुने भन्दै आफू सप्तरीको जनतालाई आफ्ना कुरा भन्न गएको र उक्त कुरा बताएर फर्किंदा राजमार्गमा पुगिसकेपछि मलेठमा गोली चलेको थाहा पाएँ, त्यो गोली किन चल्यो, कसरी चल्यो, कसले चलायो आफूलाई केही थाहा नभएको उल्लेख गर्नुभयो ।प्रधानमन्त्री ओलीले भन्नुभयो, “कसै कसैले हल्ला चलाएको छ, संविधान संशोधन हुँदैन, त्यसमा कुनै सत्यता छैन ।” उहाँले समय, जनताको भावना र आवश्यकता अनुसार संविधान संशोधन हुने बताउँदै यस्ता आफवाह र हल्लाकोपछि नलाग्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “संविधान गतिशील छ, यो आवश्यकताअनुसार संशोधन हुन्छ ।”प्रधानमन्त्री ओलीले जन्मको आधारमा नागरिकता प्राप्त गरेका सन्तानले वंशजको नागरिकता पाउने बताउँदै, यसको लागि चाडै नै नियम लागू हुने जानकारी दिनुभयो । उहाँले बाबु वा आमामध्ये एकजना कसैको नेपाली नागरिकता भए उसका सन्तानले नागरिकता पाउने कानूनी व्यवस्था भइरहेकोसमेत जानकारी दिनुभयो ।उहाँले लोकतन्त्र सबैभन्दा राम्रो शासन पद्दति भएको बताउँदै जनताले दिएको विश्वास र अभिभारालाई जनप्रतिनिधिले कायम राख्न सक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको विश्वासलाई धोका दिनुहुँदैन, जनतालाई लोकतन्त्र भनेको विधिको शासन हो, भन्ने कुरालाई सार्थक बनाउनेकार्य जनप्रतिनिधिबाट हुनुपर्दछ ।”प्रधानमन्त्री ओलीले अहिले दुबै छिमेकी राष्ट्र भारत र चीनसँगको सम्बन्ध उत्तिकै राम्रो रहेको बताउँदै ‘समृद्ध नेपाल सुखी नेपाल’ भन्ने हाम्रो अभियानलाई सार्थक बनाउन सबैतिरबाट सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो ।उहाँले विभिन्न क्षेत्रमा भारतले बाँधेको बाँध र त्यसबाट उत्पन्न डुबानको समस्याका बारेमा भारतीय प्रधानमन्त्रीसँग खुलस्त रुपमा कुरा गरेको र भारतीय प्रधानमन्त्री मोदी समस्या समाधानका लागि सकारात्मक रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “भारत नेपालको साझा समस्यालाई पारस्परिक रुपमा समाधान गरिनुपर्दछ, भारत यसको लागि सकारात्मक छ ।”प्रदेश सभामुख सरोज यादवको अध्यक्षतामा भएको प्रदेश २ को प्रदेशसभा बैठकलाई प्रधानमन्त्री ओलीले १ घण्टा ३८ मिनेटको समय लिएर सम्बोधन गर्नुभएको थियो ।

Read More »

संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव अन्नानको निधन

kofi

काठमाडौँ, भदौ २ गते । संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव तथा नोबेल शान्ति पुरस्कार विजेता कोफी अन्नानको निधन भएको छ । ८० वर्षीय अन्नानको शनिबार निधन भएको हो ।सामान्य बिरामकै क्रममा उहाँको शनिबार निधन भएको हो । कोफी अन्नान फाउन्डेसनले छोटो समयको बिरामपछि शनिबार अन्नानको निधन भएको जनाएको छ ।उहाँ संयुक्त राष्ट्रसंघको नेतृत्व गर्ने पहिलो अफ्रिकन हुनुहुन्छ । । उहाँले सन् १९९७ देखि २००६ सम्म सफलतापूर्वक महासचिवको नेतृत्व गर्नुभएको थियो।उहाँले  सिरियाको शान्ति स्थापनाका लागि राष्ट्रसंघको विशेष दूतका रुपमा समेत काम गर्नुभएको थियो ।

Read More »

वाजपेयीको अन्त्येष्टिमा नेपालका मन्त्रीदेखि नेतासम्म सहभागी हुने

भदौ १,काठमाडौं–भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको आज अपराह्न ४ बजे अन्त्येष्टि गरिने भएको छ । उनको अन्त्यष्टिमा नेपालका मन्त्रीदेखि नेतासम्म सहभागी हुने भएका छन् ।वाजपेयीको अन्त्येष्टिमा सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् । यस्तै नेपाली कांग्रेसले कार्यबाहक सभापतिसमेत रहेका उपसभापति विमलेन्द्र निधिलाई अन्त्यष्टिमा सहभागीका लागि पठाउँदैछ ।तीन पटक भारतको प्रधानमन्त्री बनेका वाजपेयीको ९३ वर्षको उमेरमा बिहीबार अपराह्न निधन भएको थियो । वाजपेयीको पार्थिव शरीर बिहीबार रातभर उनको कृष्ण मेनन मार्गस्थित निवासमा राखिएको थियो । श्रदाञ्जलीका लागि  बिहान ९ बजे उनको पार्थिव शरीर भारतीय जनता पार्टीको मुख्यालयमा राखिएको छ । शवयात्रा दिउँसो १ बजे शुरु हुनेछ । वाजपेयीको अत्येष्टि राजघाटस्थित महात्मा गान्धीको नजिक गरिने बीबीसीले जनाएको छ । उनको निधनमा भारत सरकारले सात दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । दिल्लीसहित मध्यप्रदेश, उत्तरप्रदेश, राजस्थान, बिहार, झारखण्ड, पञ्जाबका विद्यालय तथा कलेजमा छुट्टी दिइएको छ ।
Read More »

पुनःनिर्माणलाई तीव्रता दिने प्रतिबद्धता

Sushil-Gyawaliकाठमाडौँ, भदौ १ गते । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बिहीबार पदभार ग्रहण गर्नुभएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई दोस्रो पटक प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । मंगलबार उहाँलाई प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीलगायतका कर्मचारीले स्वागत गर्नुभयो । पदवहाली गरेसँगै उहाँले पुनर्निमाणका सबै कार्यलाई तोकिएको समयसिमाभित्रै सम्पन्न गर्ने गरी तीब्रता दिइने प्रतिवद्धता ब्यक्त गर्नुभयो । त्यसका लागि उहाँले आफ्नो कार्याकालमा सुरु गरिएको पञ्चवर्षीय योजनाकोे मध्यावधि समीक्षा गरी निर्णय लिने जानकारी दिनुभयो । Read More »

Read More »
1 2 3 12