भारतीय बाटोको प्रयोग गर्न बाध्य

गौशाला, ८ भदौ । महोत्तरी जिल्लाको बथनाहा गाविसका हजारौँ जनता वर्षौंदेखि जिल्ला सदरमुकाम आउन भारतीय बाटो प्रयोग गर्न बाध्य भएका छन् । जिल्लाको पश्चिम दक्षिण कुनामा भारतसँग जोडिएर रहेको बथनाहा गाविसका बासिन्दा आफ्नो सरकार र सम्बन्धित निकायको उदासिनताका कारण आफ्नै जिल्लाको सदरमुकाम जलेश्वर आउनका लागि भारतीय बाटो प्रयोग गर्न बाध्य रहेको स्थानीय नेपाली काँग्रेस नेता कालिकान्त झाले बताउनुभयो ।

गृहमन्त्री, सचिव र आईजिपीलाई बोलाएर जानकारी लिन्छुः प्रधानमन्त्री

dahal

काठमाडौं, ८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तरजातीय बिवाहमा दलित युवाको हत्या भएको भन्ने घटनाबारे गृहमन्त्री, गृहसचिव र आईजिपीलाई बोलाएर जानकारी लिने बताउनुभएको छ । बुधबार संयुक्त राजनीतिक दलित संघर्ष समितिले पेश गरेको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले काभ्रे घटना गम्भीर प्रकृतिको प्रतिनिधिमूलक घटना भएको भन्दै तुरुन्तै गृहमन्त्री, गृहसचिव र आईजीपीलाई बोलाएर घटनाको यथार्थ बुझ्ने बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘तपाईहरुले घटनाको जानकारी गराउनुभयो, त्यसका लागि धन्यवाद ।

आत्मघाती विस्फोटको तयारीमा रहेका बालक पक्राउ

बग्दाद, भदौ ७ । इराकमा आत्मघाती बिस्फोटको तयारी गरिरहेको अवस्थामा एक बालकलाई पक्राउ गरिएको छ । १५ वर्षीय एक बालकलाई बिस्फोटक पदार्थसहितको बेल्ट लगाएको अवस्थामा किरकुकमा पक्राउ गरिएको इराकी प्रहरीले जनाएको छ ।

सरकारले बिजनेस नदिए पनि संसद्मै ४३ विधेयक विचाराधीन

काठमाडौँ, भदौ ७ गते ।  सरकारले संसद्लाई ‘बिजनेस’ दिन नसकिरहेका बेला दुई वर्षभन्दा पुराना विधेयक भने संसद्मै अलपत्र छन् ।  विभिन्न चरणमा रहेका ती विधेयक सरकार परिवर्तनको चपेटामा दुई वर्षदेखि विभिन्न अवस्थामा विचाराधीन छन् ।
विधेयक संसद्मा दर्ता गराएर विभिन्न चरणमा रहेका बेला हुने सरकार परिवर्तनको असर कानुन निर्माणमा पर्ने गरेको छ ।  नयाँ मन्त्रीले विधेयकको प्राथमिकता अनुसार अघि बढाउन संसद्लाई आग्रह नगरेपछि विधेयक यथास्थितिमा लामो समयसम्म रहने गरेका छन् ।

नागरिक सचेत नभए देश विकास असम्भव : पूर्व मुख्यसचिव पौडेल

तुलसीपुर(दाङ), भदौ ७ गते । नेपाल सरकारका पूर्व मुख्य सचिव एव वाग्मती सरसरफाईका अभियन्ता लिलामणि पौडेलले सचेत र जिम्मेवार नागरिक नभएको देशको विकास असम्भव हुने बताउनुभएको छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घले सोमबार तुलसीपुरमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।नेपाली जनताको सोच सरकारमुखी भएका कारण कुनै पनि क्षेत्रको सोचेजति विकास हुन नसकेको भन्दै पौडेलले जनता नउठ्दासम्म विकास सम्भव नहुने बताउनुभयो ।